Daily Archives: 07/02/2012

कुष्ठरोगी घरनिकाला


दल्ली (जाजरकोट), माघ २४ – कुष्ठरोगी भएकै कारण घरनिकाला गरिएका रुकुमका भागीदल विश्वकर्मा खगेनकोट, दल्लीस्थित स्वास्थ्यचौकीको शरणमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थल छेउमा आगलागी


BREAKING NEWS
All flights cancelled as fire sweeps through grassland near TIA runway Tribhuvan International Airport (TIA) has cancelled all the domestic and international flights this evening after the grassland near the runway caught fire. Three fire brigade vehicles have been mobilised to douse the fire.

Source: Nepal TV

विमानस्थल छेउमा आगलागी


काठमाडौं, माघ २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको छेउ (पूर्वपट्टी) घाँसे मैदानमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ। सेनाले अभ्यास गर्दा अनियन्त्रित भइ आगो फैलिएको हो। आगो नियन्त्रणमा काठमाडौँ, भक्तपुर र ललितपुरका सबै दमकलहरुको प्रयोग गरिएको विमानस्थलमा कार्यरत डीआइजी नारायण बस्ताकोटीले एभिन्युज टेलिभिजनलाई बताए। पढ्नेक्रम जारी राख्नुहोस्

थाइल्यान्डलाई हराएर नेपाल समूह विजेता


एसीसी यु-१९ महिला क्रिकेट उपाधिमा हृयाटि्रक गर्ने अभियानमा रहेको नेपाली टिम सोमबार थाइल्यान्डलाई चार विकेटले हराएर समूह ‘ए’ विजेता बनेको छ। नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो। नेपालले आफ्नो  समूहका चारै खेल जितेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

घट्टेकुलोमा पनि ग्यास खोसियो


शेखर अधिकारी
काठमाडौं, माघ २४ – चर्को अभाव झेरिरहेका मैतिदेवी–घट्टेकुलो क्षेत्रका उपभोक्ताले मंगलबार बिहान श्रीकृष्ण ग्यासको गाडी नियन्त्रणमा लिएका छन् ।स्थानीय डिलर नविन किराना पसलमा ग्यास भित्र्याउनै लाग्दा सुइँको पाएर पुगेका उपभोक्ताले गाडी नियन्त्रणमा लिइ ग्यास बाँडेका छन् । डिलर मालिकले बाटोबाटै ग्यास दिन नमानेपछि उपभोक्ताले सहज वितरण नभए ‘जे पनि हुन सक्छ’ भन्दै आक्रोसित भएपछि ग्यास बाँडिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

‘अनुशासनहीन’ लडाकुको चेक नियन्त्रणमा


कलेन्द्र सेजुवाल, दशरथपुर (सुर्खेत), माघ २४ – माओवादी सेनाको दशरथपुरस्थित छैटौं डिभिजनबाट बुझेका केही लडाकुहरुले स्वैच्छिक अवकाशबापत चेक बुझे पनि डिभिजनका कमाण्डरहरुले नियन्त्रणमा लिएको आरोप लगाएका छन्। हालसम्म चेक बुझेका करिब चार दर्जन लडाकुहरुको चेक नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ। नाम उल्लेख गर्न नचाहने एक लडाकुले मुख्यालयस्थित ब्रिगेडअन्तर्गत ७ नम्बर बटायिलन कमाण्डर अर्जुनले आफ्नो साढे दुई लाख रुपैयाँको चेक जवरजस्ती कब्जामा लिएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

वाइसीएलद्वारा माओवादी नेताका गाडी नियन्त्रण


दिलबहादुर छत्याल,

कैलाली, माघ २४ – लडाकुले पाएसरह भत्ता पाउनुपर्ने माग गर्दै विद्रोहमा उत्रिएका एकीकृत नेकपा माओवादीका भातृ संगठन वाइसीएल कार्यकर्तालहरुले पोलिटव्युरो सदस्य तथा सेती महाकाली राज्य समिति इन्चार्ज धर्मेन्द्र बास्तोलाको गाडी नियन्त्रणमा लिएका छन्। उनीहरुले नेता भीमबहादुर कटायतको गाडीसमेत नियन्त्रणमा लिएको वाइसीएल केन्द्रीय सदस्य ललित थापाले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्