युवतीहरू पुस्तक होइन, भात खान्छन्


नेपाली चलचित्रमा संकटकाल घोषणा गर्ने तयारी भैरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘लुट’ ले बजार पिटेको छ। काठमाडौंमा मात्र यो चलचित्रले १ करोडभन्दा बढी कमाइ गरिसकेको रिपोर्ट आएको छ भने उपत्यकाबाहिर पनि यसले अन्य चलचित्रको दाँजोमा राम्रो कमाइ गरिरहेको छ। नेपाली चलचित्र क्षेत्रमा ‘दर्पणछायाँ’ पछि अत्यधिक कमाइ गर्ने चलचित्रमा दरिएपछि लुटका कलाकार एवं निर्देशकहरूको भाउ पनि बढेको छ। कुनै स्थापित नायकबिना नै लुटले नेपाली चलचित्रको बजारमा वर्चस्व कायम गरेपछि नवलपरासीमा जन्मिएका यसका नायक एवं प्रसिद्ध नाट्यकर्मी सौगात मल्लसँग साप्ताहिकका कृष्ण भट्टराई, अश्विनी कोइराला र फोटो पत्रकार नवराज वाग्लेले पुरानो बानेश्वरस्थित भत्काइँदै गरेको गुरुकुल भवनको अघि बसेर लामो कुराकानी गरेका थिए।
यता गुरुकुलको भवन भत्काइँदैछ, उता तपाईंको चलचित्र लुटले पैसा कमाएको कमायै छ, कस्तो विरोधाभास ?
भाडामा भएका कारण कुनै न कुनै दिन गुरुकुलको भवन भत्कनु त छँदै थियो। कति ढिलो वा छिटो भन्ने कुरा हो। त्यसैले गुरुकुलको भवन भत्कनुमा मलाई धेरै अचम्म लागेको छैन। बरु हिरोका रूपमा लुटले जसरी सफलता प्राप्त गरिरहेको छ, त्यसले मलाई अनौठो सन्तुष्टि दिइरहेको छ।
तपाईं कुनै हिरोइज्म भएको कलाकार होइन, तर पनि लुट चल्यो, यसको कारण के होला ?
नेपाली चलचित्रको सबैभन्दा बिझाउने पक्ष नै संवाद हुने गरेको थियो। सजीव संवाद नहुनु नेपाली चलचित्रको कमजोरी हो भन्ने बुझेका कारण हामीले त्यसमा निकै मेहनत गरेका थियौं। उध्रेको चोली… गीतले पनि दर्शक तान्न मद्दत गर्‍यो।
यस्तै संवाद नेपाली दर्शकले रुचाउँछन् भन्ने कुराचाहिँ कसरी थाहा पाउनुभयो ?
गुरुकुलमा ‘जात सोध्नु जोगीको’ नाटक सुपरहिट भयो। एउटै नाटक हेर्न सात पटकसम्म मानिस आएको देख्दा हामी छक्क परेका थियौं। उक्त नाटक दर्शकले मन पराउनुमा त्यसको हास्यरस भएको संवाद मुख्य कारण हो भन्ने हामीले ठम्याएका थियौं। निर्देशक निश्चल बस्नेतले जस्तो स्क्रिप्ट ल्याउनुभएको थियो, त्यसमा संवाद र चरित्रलाई अलि जोड दिँदा चलचित्र राम्रो हुन्छ भन्ने हामीलाई लागिसेकेको थियो। विशेष गरी हाकु काले राम्रोसँग जम्छ भन्ने थियो।
भनेपछि लुट हिट हुन्छ भन्ने पहिलै थाहा थियो ?
हामी लुट चल्छ भन्ने निष्कर्षमा पुगिसकेका थियौं। काठमाडौं सहर, हेर्दा लाग्छ रहर… अनि बल होइन पासा दिमाग चाहिन्छ, दिमागजस्ता डाइलग मानिसको मुखमा झुन्डिन्छ भन्ने थाहा थियो। फेरि यस्ता डाइलगहरू दीर्घकालीन अर्थ राख्नेछन् …. हामी चलचित्र हिट हुन्छ भन्ने कुरामा ढुक्क थियौं।
कागबेनी, दासढुंगाजस्ता चलचित्रमा तपाईंको अभिनयको प्रशंसा भयो, तर तिनले पैसा कमाएनन्, यो चलचित्रले तपाईंलाई कमर्सियल्ली सक्सेस हिरो बनाएको छ, के अब तपाईंमा हिरोइज्म आएको हो ?
निर्देशकहरूमा सौगात अभिनय त गर्छ, तर उसका चलचित्रले कमाइ गर्दैन भन्ने पर्न थालेको थियो। त्यसलाई ब्रेक गर्न पनि एउटा कमर्सियल्ली हिट चलचित्र दिनु बाध्यता भैसकेको थियो। त्यसैले निर्देशकसँग सल्लाह गरेर मैले पात्र, चरित्र र संवादमा धेरै मेहनत गरे। कागबेनी हेरेर बाहिर निस्किएका दर्शकले ‘थुइक्क, यस्तो पनि चलचित्र हुन्छ ?’ भनेर गाली गरेको पनि मैले सुनेको थिएँ। म त्यसलाई दोहोर्‍याउन चाहन्नथेँ। यो चलचित्रमा मैले संवाद लेख्ने काम पनि गरें। पहिले उध्रेको चोली गीत नराख्ने कुरा थियो, फिल्मलाई कमर्सियल्ली अघि बढाउन उक्त गीत राखियो। यसरी चलचित्र व्यावसायिक बन्यो। यसमा कलाको मर्म नमरोस् भनेर निकै ध्यान पुर्‍याएको थियो। त्यसो त एउटा हिट चलचित्र दिँदैमा म कमर्सियल्ली सक्सेस हिरो भएँ भन्दिनँ। आगामी दुई-चार चलचित्रको अवस्था हेरेर मात्र म के भएँ भन्ने निर्णय दिन सक्छु।
लुटलाई नेपाली चलचित्रको टर्निङ प्वाइन्ट भन्न सकिन्छ ?
सकिँदैन, हिजो कागबेनी, त्योभन्दा अघि नुमाफुङलाई पनि समीक्षकहरूले नेपाली चलचित्रको टर्निङ प्वाइन्ट भने। यद्यपि अर्को कागबेनी वा नुमाफुङ बनेन। आज लुटलाई पनि त्यसै भनियो र वर्षौंसम्म यस्ता चलचित्र बनेनन् भने यस्ता कुरा गफमै सीमित हुन्छन्। अहिले युवा पुस्ताका निर्देशक एवं कलाकार जुर्मुराएको अवस्था छ, केही न केही नयाँ त पक्कै आउँछ। केहीमा म आफैं संलग्न छु।
लुटमा जस्ता किसिमका संवाद छन्, त्यो आमव्यक्तिको संवाद होइन भनेर आलोचना पनि भएको छ, के भन्नुहुन्छ ?
यो सभ्य व्यक्तिको कथा होइन। आफूलाई डन मान्ने, असफल व्यक्ति, जो चाँडै पैसा कमाउन चाहन्छ, त्यस्ता युवाहरूको कथा हो। त्यहाँका धेरैजसो पात्रको आर्थिक एवं सामाजिक धरातल कमजोर छ भन्ने कुरा चलचित्रले राम्रैसँग भन्छ। धेरैजसो पात्र जेल बसेर फर्किएका छन्। त्यसैले यस्ता संवाद ठीक छन्।
तपाईं नाटकबाट आएको कलाकार, नेपाली चलचित्रमा जम्नुभयो, यसले नेपाली नाटकलाई असर गर्दैन ?
गर्दैन, ’cause चलचित्र र नाटक दुवै कला अभिव्यक्त गर्ने माध्यम हुन्। यत्ति हो, चलचित्रमा काम गर्दा नाटकमा भनेजति समय दिन सकिँदैन। यदि म नेपाली चलचित्रमा जमें भने नेपाली चलचित्रका मुख्य धारका लागि चिन्तन गर्ने विषय हो।
आज गुरुकुल भत्कँदैछ, धेरैको छहारी खोसियो, के भन्नुहुन्छ ?
गुरुकुल नाटकघर मात्र थिएन, यो हामीजस्ता धेरै कलाकारका लागि मन्दिर थियो। यो भत्किएर नयाँ ठाउँमा बनेन भने त्यो नेपाली कलाकै लागि दुर्भाग्य हो तर नयाँ स्थानमा फेरि गुरुकुल निर्माण हुन्छ र नियमित नाटक हुन्छ भन्ने मलाई लाग्छ।
यदि गुरुकुल नभएको भए सौगात मल्ल आजको स्थानमा पुग्थ्यो ?
यति चाँडै पुग्ने थिइनँ होला, तर प्रतिभामा यति बल हुन्छ कि कुनै पनि कारणले ऊ पछि पर्न सक्दैन। उसलाई उसको प्रतिभाले माथि पुग्न बाध्य तुल्याउँछ। गुरुकुलले टेको अवश्य दिएको हो, तर सौगात मल्लका लागि गुरुकुल सबै थोक हो भन्नु ऊप्रति अन्याय गर्नु हो।
तपाईंले कति पढ्नुभएको ?
नेपालबाट त एसएलसी पनि गरेको छैन । छोराको मायाले क्याम्पस पढोस् भनेर बुबाले भारतबाट सर्टिफिकेट किनेर ल्याइदिनुभएको थियो ।
तपाईं एसएलसी पनि उत्तीर्ण गर्न नसकेको मानिस, कसरी अभिनयमा यति माथि आउनुभयो ?
आखिर नेपालमा पढ्नु भनेको सर्टिफिकेट पाउनु हो। त्यो मसँग आइसकेको छ। अभिनय पढेर सिक्ने कुरा होइन रहेछ। नत्र हामीसँग एमए उत्तीर्ण गरेका मानिस अभियन सिक्न आउने थिएनन्। मैले नजानेर नपढेको होइन, पढ्न मन नलागेर नपढेको हुँ।
त्यसो भए पढ्न छाडेर के गर्नुहुन्थ्यो ?
मानिसको अनुहार हेर्थें। उनीहरूको जुँगा, पहिरन, बोल्ने शैली र व्यवहार हेर्थें। मलाई मानिसहरू किन स्कुल, कलेज धाउँछन् भनेर अचम्म लाग्छ। ’cause पुस्तकमा जे कुरा पढ्न पाइन्छ, त्योभन्दा धेरै कुरा एउटा जीवित मानिसमा हुन्छ।
तपाईंको अभिनय एवं अध्ययनशीलता देख्दा नपढेको भन्ने त लाग्दै लाग्दैन, किन ?
’cause म रुचिका कुरा पढ्छु। पुस्तक मात्र होइन, मान्छे पढ्छु, समाज पढ्छु। राजनीति र विश्वजीवन पढ्छु। अँ, यसैका लागि मैले १ लाख रुपैयाँभन्दा बढीका पुस्तक किनेको छु। परीक्षामा उत्तीर्ण हुनु र पढ्नु दुई फरक कुरा हुन्।
तपाईं ३० वर्ष नाघिसक्नुभयो, विवाह हुन सकेको छैन, किन ?
’cause मेरो ब्याङ्क वाइलेन्स जिरो छ। अभिनयबाहेक मेरो अर्को कुनै पेसा छैन। अभिनय गर्दा जति पैसा प्राप्त हुन्छ, त्यसले खाने, लगाउने एवं पुस्तक किन्नेबाहेक अरू काम गर्न सकिँदैन। नेपालका युवतीहरू मजस्तो पुरुषसँग विवाह गर्न रुचि राख्दैनन्। आखिर नेपाली युवतीहरू पुस्तक होइन, भात खान्छन्।
तर फरक-फरक युवतीसँग संगत गरेको देखिन्छ, कसैसँग प्रेम त होला नि ?
अँ, चलचित्रमा होला। ’cause चलचित्रलाई जीवन्त बनाउन म पर्दाबाहिर पनि उनीहरूसँग घुलमिल हुन्छ। यदि बाहिर घुलमिल गरिँन भने मेरो अभिनय कमजोर हुनसक्छ वा त्यो प्रेम बनावटी हुन सक्छ। चलचित्रको काम सकिनेबित्तिकै चलचित्रको प्रेम पनि सकिन्छ, वाहिर दोस्ती पनि सकिन्छ।
भनेपछि भविष्यको योजना छैन ?
छ। हलिउड, बलिउडमा जाने सपना छ। मेरो अभिनय देखेर हलिउड वा बलिउडका निर्देशकले अचानक मलाई राम्रो अफर दिएर बोलाउन सक्छन् अनि रातारात सबै सपना पूरा हुन सक्छन्। आखिर जीवन हो, असम्भव के छ र ?

Source: saptahik ekantipur online

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.