मनिला, माघ २३ (रोयटर्स) -फिलिपिन्सको निग्रोज टापुमा सोमबार बिहान ६.७ म्याग्निच्युडको भूकम्प जाँदा एक बालकको निधन भएको छ। अमेरिकी जिओलोजिकल सर्वेका अनुसार भूकम्पसँगै सुनामीको सम्भावना देखिएपछि स्थानीयलाई सचेत रहन आह्वान गरिएको छ।
फिलिपिन्सको इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले भूकम्प केन्द्र वरिपरिका मानिसलाई सचेत गराएका छन्। भूकम्पमा धनजनको धेरै क्षति भएको खबर भने आएको छैन।
इन्स्टिच्युटले कमजोर संरचना भएका घरहरु क्षतिग्रस्त हुनसक्ने बताएको छ। अमेरिका प्यासेफिक सुनामी वार्निङ सेन्टरले तथ्याङकहरु उपलव्ध गराउँदै सुनामी फैलने सम्भावना नरहेको बताएको छ।
यो भूकम्पभन्दा पहिले ४.८ र ५.६ मेग्नेच्युडका झडकाहरु स्थानीयले अनुभव गरेका थिए।
Source: Nagarik