विना निष्कर्ष संवैधानिक समिति बैठक टुङ्गियो


काठमाडौं, माघ २२ – संवैधानिक समितिको आजको बैठक मुख्य विषयमा प्रवेश नै नगरी टुङ्गिएको छ। समितिका सभापति नीलाम्बर आचार्यको अध्यक्षतामा बसेको बैठकमा एकीकृत नकपा (माओवादी) नेपाली कङग्रेस र नेकपा (एमाले) का शीर्ष नेताले आज बस्ने तीन दलको बैठकमा संविधानका विवादित विषयहरुमा सहमति जुटाउने धारणा राखेपछि बैठक स्थगित भएको हो।
भावी संविधान निर्माणमा शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा दलहरुबीच विवाद कायमै रहेको छ भने विवाद समाधान उपसमितिले सहमति जुटाइसकेका केही अन्य विषयमा समेत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षका नेताले पुनः असहमति जुटाउँदै आएका छन्।
बैठकपछि पत्रकारसँग कुरा गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले तीनदलका नेताले बैठकमा संविधानका विवादित विषयमा सहमति जुटाउन घनिभूत छलफल गर्ने बताएपछि आजको बैठक विषयवस्तुमा अगाडि नबढेको बताए।

उनले तीन दलको आजको बैठकमा राष्ट्रिय सहमतिको सरकार निर्माण, संसद अवरोध हटाउनेलगायतका विषयमा समेत तीनदलका शीर्ष नेताले जानकारी गराएको उल्लेख गरे। 

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.