दोस्रो मैत्रीपूर्ण ट्वान्टी-२० क्रिकेटमा पनि नेपालको जित


२१ माघ, काठमाडौं । भारतको मुम्बईको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली दोश्रो मैत्रीपूर्ण ट्वान्टी-२० क्रिकेटमा पनि विजयी भएको छ ।

विश्वकप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको छनोट खेलको तयारी स्वरुप मुम्बई भ्रमणमा निस्किएको नेपाली टोलीले शनिबार निर्लोन स्पोट्र्स क्लबलाई ५ विकेटले हराएको छ ।

जितका लागि पाएको १ सय २५ रनको लक्ष्य नेपालले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । नेपाललाई जिताउने क्रममा कप्तान पारस खड्काले ५७ रनको योगदान गरे । सरद भेषवाकर ४९ रनमा अविजित रहे । यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको निर्लोनले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो ।

पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले शुक्रबार भारतको जवाहरलाल नेहरु पोर्ट ट्रष्टको टोलीलाई ७ विकेटले हराएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.