क्रिकेट खेलाडिहरुलाई खेल मैदानबाटै नि:शुल्क नेपाल फोन गर्ने ब्यबस्था र फलफुल बितरण


ईन्द्र भुसाल, कुवेत

०४ फेब्रुअरी २०१२ कुवेत । कुवेत बिमानस्थलमा शुन्य स्वागत पाएर कुवेत भित्रिएको यु-१९ नेपाली महिला क्रिकेट टिमले लगातार दोश्रो जित हातपार्दै कुवेतबासी नेपालीहरुलाई खुशी मात्र बाँडेनन् बिमानस्थलको शुन्य स्वागतलाई समेत चुनौती थपिदिएको छ । यद्दपी, क्रिकेट टिमको कुवेत आगमन अति नै बिहान अनी बिदाको दिन नपरेकोले पनि स्वागतमा कठिनाई परेको थियो । छिमेकी राष्ट्र चिनलाई पराजित गरेको नेपाली टिमलाई खेलाडिहरुले पाएको सफलता आफ्ना नेपालमा रहेका शुभचिन्तक र परिवारहरुसम्म बाँड्न खेल मैदानबाट पाएका छन ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरी तथा अध्यक्षपत्नी एवं क्लवकी महिला बिभाग प्रमुख शिला गिरीले आहमादिको हुबारा खेल मैदानबाटै खेलाडिहरुलाई नि:शुल्क नेपाल फोन गर्ने ब्यबस्था र जुस, पेस्पी तथा फलफुल पनि बितरण गर्नुभएको जानकारी मिलेको छ भने खेलमा नेपालले मलेसियालाई नराम्रोसँग पराजित गर्दै आफ्नो बिजयी यात्रालाई अझै परीपक्क बनाएको थियो ।

नेपाल र नेपाली को शिर ठाडो पार्ने कार्य खेल पनि भएकोले महिला खेलाडीहरुलाई हौसला बढाउन कुवेतबासी नेपालीहरुलाई सकेसम्म खेल मैदानमा पुग्नुपर्ने देखिएको छ भने क्लवले आफ्नो वार्षिक अन्तर नेपाली गोल्ड कप फुटबल टुर्नामेण्ट पनि त्यसैको लागि एक हप्ता पछाडि सारेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.