एसीसी अण्डर १९ महिला क्रिकेटमा नेपालको दोस्रो जित


मलेसिया ९७ रनले पराजित

कुबेतमा जारी एसीसी अण्डर १९ महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेकेा छ ।

शनिबार भएको आफ्नो दोस्रो खेलमा ब्याटिङ र बलिङ दुबै चलेपछि नेपालले मलेसियामाथि ९७ रनको फराकिलो जित हात पारेको छ । नेपालले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याएको मलेशिया १६ दशमलव २ ओभरमा ३९ रन जोड्दा अल आउट भयो ।

मलेशियालाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ दि म्याच घोषित सन्तोषी चौधरीले १३ रन दिएर महत्वपूर्ण चार विकेट हात पारिन् भने कप्तान रुविना क्षेत्रीले ९ रन दिएर ३ विकेट हात पारिन् ।यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । नेपालका लागि शिलु रिजालले सर्वाधिक ३५ रन जोडिन् भने इन्दु बर्माले १६ रन जोडिन् । शिलु र इन्दुले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गरिन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.