अब मासु इन्टरनेटबाटै


काठमाडौं, माघ २२ – अचानो मिटल्यान्डले अनलाइनबाट मासु बिक्री सुरु गरेको छ । कपनमा रहेको मिटल्यान्डले अचानोमिट डटकम डटएनपीमार्फत बिक्री थालेको हो । अचानोले फोनबाट समेत अर्डर लिने जनाएको छ ।सामुदायिक पशु विकास आयोजना प्रबन्धक रेवतीमान श्रेष्ठले शनिबार मिटल्यान्डको वेबसाइट क्लिक गरेर सेवाको सुरु गरेका हुन् । व्यवस्थित वधशाला तथा बिक्री कक्षलाई आयोजनाले सहयोग गर्ने श्रेष्ठले बताए । आधुनिक वधशालाबाट खसी तथा कुखुराको स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीले मासु र मासुजन्य खाद्यपदार्थको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्ने विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उपत्यकाका अन्य स्थानमा पनि चाँडै शाखा विस्तार गर्ने जनाएको छ ।

१ हजार रुपैयाँभन्दा माथिको अर्डर गर्नेले उत्पादन केन्द्रबाट २ किलोमिटर ’roundका ग्राहकलाई निःशुल्क होम डेलिभरीको व्यवस्था मिलाइएको छ । टाढाका ग्राहकले सेवा शुल्कबापत थप ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीका निर्देशक अशोक अधिकारीले बताए ।

Source: eKantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.