“१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप” SDFC को खेल मैदानमा हुँदै.. टाईसिट सार्वजनिक


जय आले, कुवेत

“गोल्ड कप सञ्चालनको लागि खेल मैदान उपलब्ध गराई सहयोग गर्नु भएकोमा क्याप्टेन श्री कुल प्रसाद गुरुङ ज्यूलाई आयोजकद्वारा धन्यवाद ज्ञापन”

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा १० फेब्रुअरी २०१२ देखी सञ्चालन हुने भनिएको “१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट” ठीक एक हप्ता पछाडि १७ फेब्रुअरी २०१२ देखी सञ्चालन हुने आयोजकले जानकारी दिएको छ भने १० फेब्रुअरीमा नेपाली राष्ट्रिय ‘अण्डर-१९’ महिला क्रिकेट टिमको कुवेतमा फाईनल म्याचको दिन परेको र सो दिन आफ्ना राष्ट्रिय टिमलाई हौसला दिई बिजयी गराउन क्रिकेट खेल मैदानमा अनिवार्य उपस्थिति जनाउनु पर्ने भएकोले अचानक अन्तर-नेपाली गोल्ड कप टुर्नामेण्टको मिति परिवर्तन गराउनु परेको पनि क्लवले जनाएको छ ।

१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकपमा यस वर्ष कुवेतस्थित १२ नेपाली टिमहरुले सहभागीता जनाएका छन । बिगतका बर्षहरुको तुलनामा यस बर्ष नेपाली टिमहरुको सहभागीता-संख्या हवात्तै बढेको छ भने प्राय: सबै टिमहरु सशक्त मानिन्छन । पूर्व-सूचना अनुसार, क्लवले हिजो ०३ फेब्रुअरीको दिन मेचीकाली बचत समुहले आयोजना गरेको अन्तर-नेपाली भलिबल प्रतियिगिताको अवसरमा प्रतियोगितास्थल “एस.डि.एफ.सी कुवेतको भलिबल खेल मैदान”बाटै टिम दर्ता तथा टाईसिट सार्वजनिक गरेको थियो ।

टाईसिटका अनुसार, पहिलो चरणका खेलहरुमा:
अल कुवेतको बिरुद्द नेपाल ब्वायज युनियन(पहिलो म्याच-पोल-ए), जासिमको बिरुद्द युनिक नेपाल(दोश्रो म्याच-पोल-बि), पुर्वेली टाईगरको बिरुद्द स्विडिश-बि(तेश्रो म्याच-पोल-ए), एस.डि.एफ.सि को बिरुद्द अल्घानिम(चौंथो म्याच-पोल-बि), मेची महाकालीको बिरुद्द के.पि.टि.सि(पाँचौं म्याच-पोल-ए) र प्रबासी नेपालको बिरुद्द स्विडिश-बि(छैटौं तथा पहिलो चरणको आखिरी म्याच-पोल-बि) बाट खेल्नेछन भने खेल बिहानको ठीक ०७.०० बजे सञ्चालन हुनेछ । यसैगरी, सेमिफाइनल र फाइनल चरणका खेलहरु २४ फेव्रुअरी २०१२ शुक्रबारको दिन बिहानको ठीक ७.०० बजेदेखी नै खेलाइने पनि आयोजकले जनाएको छ ।

यसैगरी, बिगतका बर्षहरुमा जस्तो कुवेतमा नि:शुल्क फुटबल खेल मैदानहरु उपलब्ध नरहेको अवस्थामा “१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप” सञ्चालनको लागि बिभिन्न चुनौतीका बाबजुत कम्पनी परिसरमै उचित किसिमको खेल मैदान उपलब्ध गराईदिएर अतुलनिय सहयोग गर्नु भएकोमा एस.डि.एफ.सी कुवेतका कम्पनी कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङज्यू प्रति माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले कृतज्ञता प्रकट गरेको छ । श्रोतका अनुसार, एस.डि.एफ.सी कुवेतको फुटबल खेल मैदान कम्पनि परिसरमै अवस्थित रहेको र जसलाई अन्य समुहले प्राप्त गर्ने सम्भवै नरहेको अवस्थामा पनि बिभिन्न कानुनी प्रावधानहरु पुरा गरेर क्याप्टेन श्री कुल प्रसाद गुरुङले खेल मैदान उपलब्ध गराई दिनुभएकोमा र खेल अवधिभर सुरक्षा कर्मचारीहरु समेत आफैले खटाईदिने बचनबद्दता दिनु भएकोमा हामी सम्पूर्ण क्लव परिवार क्याप्टेन साहेबलाई मुरीमुरी धन्यवाद दिन चाहन्छौं भन्दै क्लवले खुशी व्यक्त गरेको छ ।

कुवेतका लागि नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा सञ्चालन रहने १२औं माउण्ट एभरेष्ट एमबि बमजन गोल्ड कप टुर्नामेण्टको १७ फेब्रुअरी २०१२ शुक्रबार, बिहानको ठीक ७.०० बजे उद्घाटन समारोह समेत रहेकोले सम्पूर्ण नेपाली टिमहरु र दर्शकहरुलाई बिहानको ठीक ७.०० बजे नै काउन्सिल अफ मिनिस्ट्री एस.डि.एफ.सी कुवेतको फूटवल खेल मैदानमा अनिवार्य उपस्थितिको लागि आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले हार्दिक अनुरोध गर्दै सम्पूर्ण सहभागी टिम र प्रबासी नेपाली दर्शकहरुलाई निम्न नियमावलीहरुको पालना गर्नु हुन पनि ध्यानाकर्षण गरेको छ ।

1) १२औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्ड कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सदस्यहरुबाट खेलाईने छ । खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ । कसैले पनि रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गर्न पाइने छैन ।

2) खेल अवधिमा यदी कुनै खेलाडिले रेफ्रिलाई आमा-चक्री या अपशब्द प्रयोग गरेको खण्डमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरिने छ भने रेड कार्ड पाएका कुनै पनि खेलाडिले अर्को एउटा खेल खेल्न पाईने छैन ।

3) १२औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्ड कपमा रेड कार्ड पाएका खेलाडिलाई निकट भबिष्यमा सञ्चालन हुने प्रबासी दक्षिण एसियाली फूटबल च्याम्पियनशिप (E-SAF-C)  प्रतियोगितामा समाबेश गराइने छैन ।

4) १२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप टुर्नामेण्टको लगत्तै यस क्लवको आयोजनामा कुवेतमा सञ्चालन हुने E-SAF-C को लागि राष्ट्रिय टिम निर्माणमा आयोजकको साथमा रेफ्रिको समेत गहन भूमिका रहने भएकोले रेफ्रिको निर्णयलाई कुनै पनि समुह वा खेलाडीले उल्लंघन नगर्नु हुन पुन. सूचित गरिन्छ ।

5) आ-आफ्नो पासपोर्ट या सिभिल आई.डी. को फोटोकपी र पासपोर्ट साईजको फोटो नामावली सहित टिम दर्ताको दिनमा नबुझाउने प्रत्येक टिमका टिम क्याप्टेन, टिम मेनेजर र खेलाडीहरुलाई खेल सञ्चालन हुने १७ फेब्रुअरीको बिहान ठीक ०७.०० बजे आयोजकलाई अनिवार्य बुझाउनु हुन अनुरोध गरिन्छ अन्यथा उक्त टिम या खेलाडीलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक समिति असमर्थ रहने छ ।

6) हरेक वर्ष बिजयी टिमलाई दिईने के.डी १०१/- नगद पुरस्कारलाई यस बर्षदेखी बढाएर के.डी १५१/- र लगातार तीन(३) पटक गोल्ड कपमा बिजयी हाँसिल गरी गोल्ड कप आफ्नो कब्जामा पार्न सफल टिमलाई दिईने नगद पुरस्कार के.डी २०१/- लाई बढाएर के.डी २५१/- गराईएकोले १२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप टुर्नामेण्टमा सहभागीताको लागि प्रवेश शुल्क के.डी २५/- बाट बढाएर के.डी ३०/- गराईएको स्पष्ट जानकारी गराईन्छ ।

7) प्रत्येक टिमबाट खेल उद्घाटन गरिने दिन ६/६ जना स्वयंसेवकको समेत नामावली दिनु पर्ने र आफ्नो टिमको खेलको दिन स्वयंवेसक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने जानकारी गराईन्छ । साथै, उक्त स्वयंसेवक कारणवस उपस्थित हुन नसकेमा टिमले अर्को सवयंसेवक खटाई नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्नेछ ।

8) १२ नेपाली टिमहरुले सहभागीता जनाएको १२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप टुर्नामेण्ट सदा झैं नक्आउट चरणको आधारमा खेलाईने छ ।

9) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडी संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ ।

10) कुनै पनी बिदेशी खेलाडीलाई कदापी मान्यता दिईने छैन । खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ ।

11) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक समिति वाध्य हुनेछ ।

12) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ । यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्ने छ ।

13) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी समुह आयोजकले निर्धारण गरेको खेल समयभन्दा आधा घण्टा अगावै खेल मैदानमा उपस्थित भईसक्नु पर्नेछ । यदी तोकिएको समयको १५ मिनट भित्रमा पनि प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री किक’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयएमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णये गर्न सक्नेछ ।

14) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना र औषधी उपचार र यातायात जस्ता आबश्यकमूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ ।

15) खेलको समय अवधी सेमी फाईनल सम्म पहीलो चरण ३५ मिनट, १० मिनट आराम र दोस्रो चरण पनि ३५ मिनटकै हुनेछ । यदी खेल बराबरी भएको स्थितीमा पुरा १५ मिनट पुन. प्रतिश्पर्धा गराइने छ । उक्त समयमा पनि बराबर भएको खण्डमा पेनाल्टी शुट-आउट मार्फत हार-जितको निर्णय गराईने छ ।

16) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी प्रतियोगिताको नियम बिपरित गई होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई  जिम्मा लगाई कानुन बमोजिमको कार्वाहीको लागि पहल गर्न आयोजक समिति वाध्य हुनेछ ।

17) फाईनल खेलको लागि प्रत्येक समुहका टिम मेनेजरहरुले आ-आफ्नो परिचय कार्ड देखिने गरी झुण्ड्याईएको हुनु पर्नेछ । बिना कार्ड कुनै पनि किसिमको आफ्ना कुरा आयोजक समक्ष राख्न खोजेको खण्डमा आयोजकले उसको सुनुवाही गर्ने छैन । साथै, निबेदन फाराममा आफ्नो सम्पर्क नं. स्पष्ट रुपमा खुलाईएको हुनु पर्नेछ ।

18) कुनै पनि टिमले एक(१) या तीन(३) पटक माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपमा बिजयी हाँसिल गरेता पनि, बिजेता टिमले बिजयी हाँसिल गरेको मिति देखी १५ दिन भित्रमा सहि-सलामत माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप आयोजकलाई बुझाउनु पर्नेछ ।

टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि:

गोल्ड कप संयोजक: किरण पौड्याल -६६१०६९९०, सदस्यहरु: धर्मराज गिरी -६६०६८९२५, जगत मगर -९९२८८३२०, आनन्द श्रेष्ठ-९४०६७५३०, जितेन थिङ् -९७४७३७५५, कुमार श्रेष्ठ -६६१३१५२२, नबराज श्रेष्ठ -६६४२०१९१, जय आले -९९१०१४०८, राजु गुरुङ -६७०७२९४४, ईन्द्र भूषाल -६५७४८८६२, सविन राउत -६६१९३५६०, डम्बर रिमाल -६६८०९६४२, ईन्द्र पोखरेल -६६३४१६१८, राजु खड्का -६५५५६०३२, अर्जुन तामाङ् -९९७२३०७०, अमर गुरुङ -६५८४१२६३, शिवराम पौडेल -६६९८३१३८ या क्लव कार्य समितिका कुनै पनि सदस्यहरुलाई सम्पर्क गर्न सकिने छ ।

आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत

2 responses to ““१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप” SDFC को खेल मैदानमा हुँदै.. टाईसिट सार्वजनिक

  1. thx for news

  2. THANK YOU FOR INFORMATION.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.