माग पूरा नभए आन्दोलन गर्ने घाइते लडाकूहरुको चेतावनी


२१ माघ, नवलपरासी । नवलसरासीको झ्यालटुङडाँडास्थित चौथो डिभिजनमा रहेका घाइते र अशक्त अपाङ्ग लडाकूहरुले आफूहरूको माग नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।आफूहरू बाध्यात्मक परिस्थितिका कारण मात्र स्वेच्छिक अवकास रोज्न बाध्य भएको बताउँदै उनीहरूले थप राहतको प्याकेज नल्याइए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

अपाङ्ग लडाकू एवम् जनक्रान्ति घाइते तथा अपाङ्ग योद्धा सङघका पश्चिमाञ्चल क्षेत्रीय सदस्य टीकाराम घर्तीमगरले माग पूरा नभएसम्म शिविर नछाड्ने बताउनुभयो । चौथो डिभिजन मुख्यालयसहित सहायक शिविरहरू नवलपरासीको हात्तिखोर, जर्गाह र रुपन्देहीका सैनामैनामा गरी पूर्णरूपमा अशक्त करिब १८ जना र विभिन्न किसिमका ५ सय जना अपाङ्ग लडाकू छन् ।

घाइते र अशक्त अपाङ्ग लडाकूहरूले घाइतेलाई उपचार, पूर्णरूपमा अशक्त अपाङ्ग लडाकुलाई गास-बास-कपास, कृत्रिम अङ्ग, सम्मानपत्र, अपाङ्ग लडाकुका छोराछोरीलाई निःशुल्क शिक्षा र आफन्तलाई रोजगारीको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

Source: onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.