ईन्द्र भुसाल, कुवेत
एसिसी अण्डर १९ महिला क्रिकेट पर्तियोगिता अन्तर्गत हिजो शुक्रबाट भएको चाइना र नेपाल बिचको खेलमा नेपालले चाईनालाई ७ बिकेटले पराजित गरेको छ । बिहान सबेरै चिसो हावासँगै शुरुभएको खेलमा नेपालले टस जिटेर फिल्डिङ्ग रोजेको थियो भने चाइनाले लगभग २४ ओभर खेलेर जम्मा ६१ रन मात्र जोड्न सफल भएको थियो । नेपालले उक्त झिनो लच्यलाई मात्र १४ ओभर दुई बलमा पुरा गर्दै बिजयी यात्राको शुरुवात गरेको थियो ।
बिगतका दिनहरुमा कुवेतको बिमानस्थलमा खेलाडी देखी पत्रकार वा कलाकार आउँदा कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुको भिड स्वागतको लागि लाग्दथ्यो भने यो पटक यो नेपाली टिमलाई स्वागतको लागि शुन्यको उपस्थिती रहेको भएपनी स्वागतको उक्त शुन्यतालाई चिर्दै नेपाली खेलाडिहरुले कुवेतबासी नेपालीहरुलाई खुशी दिन सफल भएका छन । बिमानस्थलमा सुन्यता भएपनी मैदानमा खेलाडीको हौसला बढाउनको लागि नेपाली राजदुत देखी बिभिन्न नेपाली सस्थाका प्रमुख र सदस्यहरु खेल मैदानमा पुगेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका पूर्वाध्यक्ष किरण पौड्यालले बताउनु भयो ।
भोलीको खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने खेल मध्यान्ह १ बजे कुवेतको अहमदी क्रिकेट मैदानमा हुने जानकारी प्राप्त भएको छ ।