एसीसी यू-१९ वुमेन्स क्रिकेट, कविताको अलराउन्ड प्रदर्शन


 कविता गौतमको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतमा शुक्रबारबाट सुरु एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटमा सफल सुरुआत गरेको छ । दुईपल्टको च्याम्पियन नेपालले चीनलाई ७ विकेटले हरायो र तेस्रोपल्ट उपाधि जित्ने अभियानलाई अघि बढायो  ।

अपराजित नेपालको यो पहिलोदेखि तेस्रोसम्म आइपुग्दा प्रतियोगितामा १४ औं जित हो । नेपालको चीनमाथि यो दोस्रो जित हो । थाइल्यान्डमा भएको पहिलो संस्करणको खेलमा पनि नेपालले बाजी मारेको थियो । बलिङमा ३ विकेट लिएकी कविताले ब्याटिङतर्फ नटआउट २५ रनको योगदान गरिन् । चीन पहिले ब्याटिङ गर्दै २३ ओभर १ बलमा सबै विकेट गुमाएर ६१ रनमा समेटियो ।उसका दुई ब्याट्सवुमनले बाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । उसका तीन खेलाडी भने शून्यमै पेभेलियन फर्के । जुहु लियाले १४ र जिङ लीलीले १३ रन बनाए । नेपालको बलिङ निकै राम्रो रह्यो ।

कविताले ५ ओभरमा ११ रन खर्चंदै ३ विकेट लिइन् । सोनु खड्का, संगीता गौचन र सन्तोषी चौधरीले समान २-२ विकेट लिए । कप्तान रुविना क्षेत्रीले १ विकेट हात पारिन् ।जवाफमा नेपालले १२ ओभर ४ बलमा ३ विकेट गुमाउँदै सहज जित निकाल्यो । कविताले ३२ बलमा ४ चौका प्रहार गर्दै नटआउट २५ रन जोडेकी हुन् । प्रारम्भिक ब्याट्सवुमन अनुराधा चौधरीले ९ बलमा १२ रन बनाइन् । इन्दु बर्माले २२ बलमा २ चौका मदतले १६ रन जोडिन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.