विज्ञान प्रविधि प्रयोगमा होड


मधु शाही

 माघ २० – लगाइएका जुत्ताबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने कुरा सुन्दा तपाइर्ंलाई अचम्म लाग्न सक्छ । बढ्दो लोडसेडिङको मार खेपिरहँदा विज्ञान संकायका केही विद्यार्थीले भने विकल्प खोज्न थालेका छन् । राजधानीमा सोमबार विद्यार्थीले घरवरिपरिका थोत्रा, फालिएका सामग्रीमा केही अध्ययन र जुक्ति लगाएर बनाएका प्रविधिगत वस्तु रोचक र प्रभावकारी थिए ।

टि्रनिटी इन्टरनेसनल कलेजले आयोजना गरेको एकदिने ‘साइन्स टेक एक्जिबिसन कम्पिटिसन’ एक्सपोेमा एलेभल र प्लस टुमा अध्ययनरत १८ कलेजका विद्यार्थी सहभागी थिए । एक्सोमा राखिएका २५ स्टलमध्ये अधिकांशले विद्युत् खपतका उपायमूलक प्रविधि प्रदर्शनीमा राखेका थिए । बसुन्धरास्थित क्यानभास इन्टरनेसनल कलेजका विद्यार्थीले थोत्रो जुत्तामा काठका टुक्रा, चुम्बक, डिसी जेनेरेटर, तार, फालम लगायत बिगि्रएका सामग्री जडान गरेर विद्युतीय शक्ति निकालेका थिए । कक्षा १२ का अनुराग मल्लिक, डर्बिन भण्डारी, कृष्णकुमार साह, रोशन पाठक र

रसिक मियाँले संयुक्त रूपमा बनाएको सोही प्रविधिले प्रदर्शनीमा दोस्रो स्थान हासिल गर्न
सफल भयो । हिँड्दा निस्कने चापलाई विद्युत्मा परिणत गर्न सकिन्छ भन्ने प्रमाणित गर्न यस्तो प्रोजेक्ट बनाएको १८ वषर्ीय अनुरागले बताए । प्रदर्शनीमा जुत्ताभित्र तेर्साइएको काठ दबाउँदै पिलपिल बत्ती बाल्दै उनले भने ‘टेक्निक लगाउने हो भने हामी आफैं विद्युत् उत्पादन गर्न सक्छौं ।’ मानवीय जोखिमपूर्ण काम गर्न सक्ने रोबटको नमुना पेस गरेका नोबेल एकेडेमी विद्यार्थीले प्रथम स्थान हासिल गरे ।

तेस्रो स्थान पाएका टि्रनिटीका विद्यार्थीले भने ‘लन्चर’ बनाएका थिए । उनीहरूले मानव उपस्थितिबिना पनि कम्प्युटरको सहायताले दैनिक कार्य गर्न सम्भव हुने सोचाइ साकार पार्न एक उदाहरण प्रस्ट्याएका थिए ।

टि्रनिटीकै अर्को समूहले पनि साइकलको चाललाई विद्युतीय रूपान्तरण गरे । ब्याट्री जडान गरिएको साइकललाई तेर्सो पारी पांग्रा जति घुमाउन सक्यो उति विद्युत् उत्पादन हुने उनीहरूको तर्क थियो ।

प्राविधिक क्षमता र सिर्जना प्रतियोगितामा चाहिँ नोबेल एकेडेमी प्रथम हुन सफल भएको थियो । फलामे सामग्री जोडेर उनीहरूले रोबट बनाएका थिए । क्यानभास कलेज दोस्रो र टि्रनिटी तेस्रो भयो । टि्रनिटीले बनाएको ‘लन्चर’ ले मानवबिना नै कम्प्युटर प्रविधिबाट दैनिक काम गर्न सकिन्छ भन्ने पुष्टि गरेकोथियो । युनिभर्सल कलेजका अमृत गौतमको समूहले हावाबाट विद्युत् उत्पादन गर्ने विधि प्रस्तुत गरे । गिनिज इन्टरनेसनल कलेजका विद्यार्थीले बनाएको विद्युतीय चुहावट नियन्त्रणयुक्त भ्याकुमक्लिनर पनि प्रभावकारी थियो । पानीको जार, प्लास्टिक पाइप, फलाम लगायत सामग्री प्रयोग गरिएको भ्याकुमक्लिनर काम गर्दा मात्र विद्युत् खर्चिने र काम छोड्नेबित्तिकै स्वतः बन्द हुने विशेषता छ ।

काठमाडांै कलेजका विद्यार्थीले भने भुइँमा डुंगा चलाउन सकिने कुरालाई प्रदर्शनीमा प्रस्तुत गरे । काठ, पाल, र पंखाको सहायताले बनेको डुंगा आकर्षक देखिन्थ्यो ।

विद्यार्थीले हासिल गरेको सैद्धान्तिक पक्ष्ालाई व्यवहारमा उतार्न आवश्यक ठानी प्रदर्शनी आयोजना गरिएको टि्रनिटीका निर्देशक उमेश थापाले बताए । ‘सिद्धान्त मात्र होइन, अब व्यावहारिक शिक्षाको खाँचो छ,’ उनले भने, ‘प्रदर्शनीले विद्यार्थीको सीप र क्षमतालाई थप मौलाउने अवसर मिल्छ ।’

केही विद्यार्थीले चाहिँ पर्यावरण, नवीकरणीय ऊर्जा, सामुदायिक स्वास्थ्य, सूचना, प्रविधि लगायत थिममा प्रस्तुति दिए ।

Source: eKantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.