१८ माघ, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भोलि गर्ने भएको छ ।समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरी’bout बिहीबार बिहान सुनुवाइ गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/02/2012
संविधान निर्माणको कार्यतालिका भोलि संशोधन गरिने
१८ माघ, काठमाडौं । संविधान निर्माणको कार्यतालिका भोलि संशोधन गरिने भएको छ । यसका लागि संविधानसभाको बैठक भोलि बिहीबार ३ बजे बोलाइएको छ ।दलहरुबीच भएको सहमति अनुसार संवैधानिक समितिले प्रस्ताव परेकेा संशोधित कार्यतालिकालाई कार्यव्यवस्था परामर्श समितिले अन्तिम रुप दिएपछि संविधानसभाबाट घोषणा गरिने छ । कार्यव्यवस्था परामर्श समितिको बैठक बिहीबार २ बजे बोलाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रधानमन्त्रीको आश्वासनपछि पत्रकार आन्दोलन स्थगित
काठमाडौं, माघ १८ – १ सय ४० प्रकारका सूचना वर्गीकरण गरी गोप्य राख्ने निर्णयविरुद्ध आन्दोलित नेपाल पत्रकार महासंघले आन्दोलन कार्यक्रम स्थगित भएको छ ।प्रधानमन्त्री बाबुराम भट्टराईले सूचना वर्गीकरण स्थगित गर्ने र कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने आश्वासन दिएपछि विरोध प्रदर्शनका कार्यक्रमहरु स्थगित भएको महासंघले जनाएको छ । महासंघ नेतृत्वले मंगलबार सूचना गोप्य राख्ने निर्णय’bout प्रधानमन्त्री भट्टराईसँग वार्ता गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नक्कली राहदानीमा कुवेत गएकी युवती पक्राउ
काठमाडौँ, माघ १८ – बुटवल ट्राफिक चोककी २० वर्षीय युवती मुना मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। राहदानीमा फोटो फेरेर भारत हुँदै कुवेत पुगेकी मल्ललाई कुवेतस्थित नेपाली दूतावासले फिर्ता पठाएको थियो। त्यही सूचनाका आधारमा प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको हो। हाउसमेडका रुपमा काम गर्न कुवेत पुगेकी मल्ललाई महानगरीय प्रहरी परिसर हनुमान ढोकामा बुझाइएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, समाचार