फिल्मीखबर, २०६८ माघ १२ । लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । सुशिला रमेशजंगको काकी हुन् ।
निधन पश्चात रायमाझीको शव टिचिङ हस्पिटल महाराजगंजमा राखिएको रमेशजंगले जानकारी गराए । पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरीकी आमा सुशिलाको कान्छी तर्फकी छोरी अमेरिकाबाट आजै राति १० बजे काठमाण्डू ओर्लए लगत्तै उनको अन्तिम दाहसस्कार राति नै गरिने रायमाझीले जानकारी गराए । पढ्नेक्रम जारी राख्नुहोस्