जगन आचार्य, साउदी अरब
जड्यालाई जाँडको गरीबलाई माडको
खुकुरीलाई शानको शोसकलाई सम्मानको
मरेकोलाई च्यानको पूजारिलाई ध्यानको
केटीहरुलाई फ्यानको धनीहरुलाई भ्यानको
बैंकलाई मनीको गर्ल फ्रेण्डलाई धनीको
सुँगुरलाई भुसको भ्रष्टचारीलाई घुसको
ब्राम्हणलाई कुशको नेपाललाई रुसको
अन्धालाई आँखाको माहुरीलाई चाकाको
गायकलाई भाकाको कर्फ्युलाई नाकाको
हेर्नलाई मेलाको सेमिनारलाई भेलाको
पिउनेलाई सेलाको कामदारलाई ज्यालाको
फूललाई मालिको खेतलाई आलिको
भेनालाई सालीको नेतालाई तालिको
बृक्षलाई पातको सुत्नेलाई खाटको
जिउनलाई साथको यौवनलाई मातको
तरकारीलाई नुनको राडिपाखीलाई उनको
गीतलाई धुनको विवाहलाई सुनको
खैनिलाई चुनाको जुत्तालाई तुनाको
बैगुनिलाई गुनको रातलाई मुनको
दिपवलीलाई मैनको पढाईलाई माइनको
राष्ट्रलाई ऐनको न्यायाधिशलाई बयानको
जागिरलाई पाइनको ड्रगिसलाई हिरोईनको
हाँस्नलाई पिसको धमिरालाई ढिसको
केटाहरुलाई डिस्को लभलाई किसको
मन्दिरलाई बेलको साउनलाई भेलको
बच्चालाई तेलको पसलेलाई सेलको
कपाललाई जेलको गर्भवतीलाई मेलको
भैंसीलाई नाकिको काकालाई काकीको
म:मलाई खसिको सन्तान उत्पादनलाई पतीको
आमालाई बुहारीको ज्वाँइलाई ससुरालीको
बैंशलाई लालीको.. मलाई कालीको आवश्यक हुन्छ ..!!