मःम मोहनी


“रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टाजति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्,” कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि ‘नेपालीको स्वभाव’ शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। “यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु,” आफ्नो खानपिन स्वभाव’bout उनी निचोड सुनाउँछन्, “रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरँिदो रहेछ।

 अब त मःम जीवनको एक अंग नै भइसक्यो।” गगनको जस्तै धेरै सहरयिाको अभिन्न खाना बनेको छ, मःम। २०३८ सालदेखि वसन्तपुरको प्याफलमा सोखका रूपमा मःम बेच्न थालेका अशोक विनायक मःम पसलका सञ्चालक गंगाराम श्रेष्ठको अनुभवमा उतिबेला फाट्टफुट्ट मानिसले मात्रै मःमको स्वाद लिने गर्थे। “त्यतिबेला कसैकसैले मात्र खान्थे,” श्रेष्ठ ती दिन सम्झन्छन्, “कतिपय त लुकेर खान्थे। औँसी, पूणिर्माका दिन मःमको बिक्री शून्य हुन्थ्यो।”

तर, अहिले समयले निकै फड्को मारसिकेको छ। मःम पसल खोलेको सुरुका दिनमा मुस्िकलले पाँच किलो मासुको मःम बिक्री हुने गंगारामको पसलमा अहिले २० किलो मासुको मःम सजिलै बिक्छ। सात वर्ष रेस्टुराँ सञ्चालनको अनुभव सँगालेका नाङ्लो बेकरी क्याफेका गोपाल कक्षपतिको अनुभवमा पहिले र अहिलेको मःम खाने ‘ट्रेन्ड’मा ठूलो परविर्तन आएको छ। उनका अनुसार पहिले जाडोयाममा शरीर तताउन मःमको स्वाद लिने गरन्िथ्यो तर अहिले जुनसुकै बेला पनि मःम उपभोक्ताको रोजाइमा पर्न थालेको छ।
अनौपचारकि तथ्यांक अनुसार, उपत्यकामा दैनिक दुई करोड रुपियाँभन्दा बढीको मःम कारोबार हुन्छ। गल्ली र टोलका साना होटल-रेस्टुराँ र ठेलागाडादेखि पाँचतारे होटलसम्ममा मःम उत्तिकै लोकपि्रय छ। अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघको तथ्यांक अनुसार, उपत्यकामा मात्रै १ हजार ५ सय होटल र दुई हजारभन्दा बढी रेस्टुराँ छन्। उपत्यकाका यी होटल र रेस्टुराँमध्ये अधिकांशमा मःम उपलब्ध हुन्छ। यसबाहेक सडकपेटीमा गाडा र ठेलामा मःम बेच्नेको संख्या पनि बढेको छ।
उपत्यकामा ‘बफ मःम’ बढी प्रचलित छ। नागढुंगा प्रहरी पोस्टका अनुसार, दैनिक औसत तीन सय राँगाभैँसी काठमाडौँ भित्रिन्छन्। उपत्यका भित्रिने राँगाभैँसीको मासुको अधिकांश हिस्सा मःम बनाउन खपत हुन्छ। यसबाहेक काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, फर्पिङ आदि स्थानबाट समेत दिनहुँ दर्जनौँ राँगा-भैँसी मासुका लागि काठमाडौँ भित्र्याइन्छन्।
व्यवसायीहरूका अनुसार, उपत्यकामा दैनिक औसत पाँच सयभन्दा बढी राँगा-भैँसी काटिन्छन्। कालीमाटीका व्यवसायी राधेश शाही भन्छन्, “उपत्यकामा दैनिक एक लाखभन्दा बढी किलोग्राम मासु खपत हुन्छ।” काठमाडौँ क्वारेन्टाइन कार्यालयको तथ्यांकमा पनि गत वर्ष काठमाडाँैं भित्रिएका राँगा-भैँसीको संख्या ५५ हजार २ सय ६० छ। यद्यपि, क्वारेन्टाइनको तथ्यांकमा वास्तविक संख्या नहुने त्यहाँका अधिकारीहरू नै बताउँछन्। एक कर्मचारी भन्छन्, “यो रामनगर कार्यालयले पठाएको तथ्यांक मात्रै हो, अरू बाटाबाट भित्रिने राँगा-भैँसी दोब्बर हुन्छन्।”

मःमको विकास
मःम तिब्बती खान्की हो। उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ। दि गांग्री सुमाई रेस्टुराँ नामक चाइनिज रेस्टुराँका सञ्चालक राजबहादुर राजकणिर्कारका अनुसार, ‘मोहमोः’ भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो। “तिब्बतमा यसलाई ‘मोहमोः’ भनिन्छ, जसको आकार नेपालमा पाइने मःमको भन्दा ठूलो हुन्छ,” राजकणिर्कार भन्छन्।

काठमाडौँको न्युरोडमा ०२४/२५ सालतिर आरसी मःम पसल खुलेपछि भने नेपाली बजारमा मःमले व्यावसायिक मोड लिएको नाङ्लोका सञ्चालक कक्षपति बताउँछन्। “आरसीले मःमको क्षेत्रमा क्रान्ति ल्याइदियो,” उनी सम्झन्छन्, “बफ नखाने मानिस पनि पीठोको डल्लोभित्र के छ, के छ भन्दै यसको स्वादमा पल्किन थाले।” अहिले पनि आरसी मःम रञ्जनागल्लीमै छ।
आरसी मःमले सबैको मन जितेपछि भने क्रमशः थप मःम पसल खुल्न थाले। मासाङ गल्ली, न्युरोड, वसन्तपुर, महाबौद्ध, झोँछे, असन, इन्द्रचोक आदि नेवार समुदायको बाहुल्य रहेका क्षेत्र जमानाका मःम अखडाहरू भएको जानकारहरू बताउँछन्। पाटन क्षेत्रमा भने हंग्री आई नामक पसल खोलेर वाङ लामाले तिब्बती मःम भित्र्याएको बताइन्छ। “हामी सानै थियौँ। ५/६ कक्षामा पढ्थ्यौँ,” लामाका आफन्त रामप्रसाद राई सम्झन्छन्, “उतिबेला पसल चल्तीको थियो। मानिसहरू टाढाटाढाबाट मःम चाख्न आउँथे।” लामाको मृत्यु भइसकेको छ भने राईले आफ्नो फुपाजुले सुरु गरेको मःम पसललाई निरन्तरता दिन गोल्डन ड्रागन नामक रेस्टुराँ सञ्चालन गररिहेका छन्।

मःम व्यवसायीहरूका अनुसार, लाम्चो आकारकोलाई मःम र डल्लो आकारकोलाई मःमचा भन्न थालियो। नेवार समुदायको बाहुल्य रहेकाले मःमको पुच्छरमा चा जोडेर डल्लो मःम -जसलाई लोकल पनि भनिन्छ) मःमचा नाम दिएको हुनसक्ने सुमाईका राजकणिर्कारको अड्कल छ।
बफको स्वादमा नेपाल पसेको मःम अहिले नेपाली बजारमा चिकेन, पोर्क -सुँगुर), भेज, सी, चिल्ली, प|mाइजस्तो विविध स्वादमा खान सकिन्छ। चाइनिज रेस्टुराँ सुमाईका राजकणिर्कारका अनुसार कोथे, रबिोचे, स्िटम, धाइबो -स्िटम बर्न) हार्गौ, च्याछु, पाउछु, डिम्सुङ्, सुमाई तिब्बतमा नाम चलेका मःमका प्रकार हुन्, जसमध्ये ‘स्िटम मःम’को स्वाद सबैभन्दा बढी नेपाली जिब्रोमा झुन्डिएको छ।

ओपन मःम पनि भनिने सुमाई मःम राजकणिर्कार आफूले नेपाल भित्र्याएको दाबी गर्छन्। यस मःममा चारवटा प्वाल हुन्छन् र प्रत्येक प्वालमा फरक किसिमका अचार राखेर फरकफरक स्वाद लिन सकिन्छ। उनले ०४७ सालतिर यो मःम नेपाल भित्र्याएका हुन्। “मःममै फरक स्वाद दिऔँ भनेर नर्मलभन्दा भिन्न खालको मःम सुरु गरेको,” राजकणिर्कार भन्छन्।

झन्झन् लोभ्याउँदै
ललितपुरको पुल्चोकमा जन्मिएका प्रदीप श्रेष्ठले बाल्यकालमा चिउरा खाजा खुबै स्वाद मानेर खान्थे। तर, अहिले उनी मुस्िकलले मात्र पुरानो खाजाको स्वाद लिन्छन्। “भोजमा गइयो भने मात्रै,” उनी आफ्नो खाँटी नेवारी खानपिनको शैलीमा बदलाव आएको बताउँछन्। भन्छन्, “अहिले त प्रायः मःम नै खाइन्छ। मःममा विविधता पनि आएको छ।”

नरेश वली, २९, गत भदौमा लमजुङ टुरबाट काठमाडौँ फर्किंदै थिए। उनले चाँडै कोठामा पुगिन्छ र खाना बनाएर खाइएला भन्ने सोचेका थिए। तर, १२ बजेतिर मात्रै काठमाडौँ ओर्लिए। “कोठामा खाना बनाउन मन लागेन,” डिल्लीबजारको सानदार मःम पसलमा मःम खाइरहेका चार्टड एकाउन्टेडका विद्यार्थी उनले भने, “खाना बनाउनुभन्दा यही खान सजिलो।” यसरी मःम रहर मात्रै रहेन, बाध्यतामा पनि उपयोगी छ।

पहिले सीमित ठाउँमा रहेका मःम पसलहरू अहिले सहरका सबै गल्ली र चोकमा फैलिएका छन्। सस्तो मूल्यका पसलदेखि पाँचतारे होटलसम्मले मःमको स्वादलाई छुटाएका छैनन्। यी पसलमा मःम खानेहरूको लर्को पनि सजिलै देख्न सकिन्छ। यसले के देखाउँछ भने मःम नेपालीहरूको जिब्रोमा भिजिसकेको स्वाद हो। “मःम नेपालीहरूको जिब्रोमा सजिलै एडजस्ट हुने स्वाद हो,” गोल्डन ड्रयागनका रामप्रसाद भन्छन्। सबै वर्ग र तहका मानिसलाई मःमले आफ्नो स्वादको जादु लगाइसकेको छ। “अब मःम जस्तोसुकै आम्दानी हुनेको पनि पहुँचमा पुगेको छ,” रामप्रसाद भन्छन्।

सबैको जिब्रोलाई मोहनी लगाउने आखिरी के छ त मःममा ? “नेपालीहरूको बदलिँदो जीवनशैली,” नाङ्लोका सञ्चालक कक्षपतिको विश्लेषण छ, “काठमाडौँ अब बृहत् भइसक्यो। जहाँ काम गरन्िछ, त्यहाँ खाना पनि पाइयोस् ता कि समय बचोस् भन्नेहरूको बाहुल्य हुँदै गयो। व्यस्त जीवन अनि स्वादिलो खान्की। त्यही भएर होला मःमले मोहनी लगाएको।”
छिटो खान सकिने, खानाका लागि साथी नचाहिने -वान कोर्स मिल), स्वादिलो, अडिलो -होल मिल अर्थात् दालभातकै काम गर्ने) भएकै कारण यसले सबैको मन जितेको कक्षपतिको भनाइ छ। प्रोटिन, कार्बोहाइड्रेड, चिल्लोजस्ता शरीरलाई चाहिने तत्त्व मःममा पाइन्छन्।

अहिलेका बालबालिकाको खाजा भन्नासाथै मःम बुझ्न थालिएको रेस्टराँ सञ्चालक विकास प्रधानको अनुभव छ। “रेस्टुराँमा आफ्ना अभिभावकसँग आउने प्रायः सबै बच्चाहरू मःम नै मन पराउँछन्। मःम नखाने भनेर अभिभावकले भन्यो भने केटाकेटी ठुस्िकन्छन्,” उनको अनुभवले भन्छ, “खाजा र मःम पर्यायवाचीजस्तै हुन्।”

मःमको स्वादमा पल्किएका संविधानसभाका सदस्य गगनलाई भने मःममा यति भर छ कि कुनै नयाँ ठाउँ वा रेस्टुराँमा छिर्नासाथै मःम खाने गर्छन्। कारण, मेनुमा लेखिएका कुराभन्दा उनलाई मःममा बढी विश्वास छ। “नयाँ ठाउँको अरू खान्कीको स्वाद कस्तो हुन्छ थाहा हुन्न। त्यही भएर बानी परेको मःम नै सजिलो र भरपर्दो,” उनी भन्छन्।

पछिल्लो समय बफ मःमलाई चिकेन मःमले उछिनेको व्यवसायीहरूको भनाइ छ। मानिस स्वभावैले फरक र नयाँ काम गर्न रुचाउने हुँदा नयाँ ‘फ्लेबर’ मन पराएको हुनसक्ने कक्षपति अनुमान लगाउँछन्। “खान्की पनि फेसनै भइसक्यो,” उनी भन्छन्, “सूचनाको स्रोतमा पहुँच बढ्दै जाँदा विशेष गरी युवाहरूको खानपिनको सोख पनि बदलिँदो छ।”

पद्मकन्या क्याम्पस समाजशास्त्रका उपप्राध्यापक प्रदीप मिश्र मानिसको बदलिँदो स्वभावका कारण मःमको लोकपि्रयता बढेको बताउँछन्। “खानपिनमा पनि आधुनिकता खोज्नु मानवीय स्वभाव हो,” उनी भन्छन्, “त्यसको प्रभाव मःम उपभोगमा पनि देखियो ।”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.