Daily Archives: 08/01/2012

नेपाली कलाकारको जम्बो टोली नेपाल फिर्‍यो, कुवेत बिमानस्थलमा भव्य बिदाई


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आयोजना गरेको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” मा अतिथी कलाकारको रुपमा कुवेत आएका नेपालका ४ चर्चित कलाकारहरु स्वरुपराज आचार्य, रामचन्द्र काफ्ले, इन्दिरा जोशी र दिपा राई उक्त च्यारिटी शो ‘करिब १००० देखी ११०० जना कुवेतबासी नेपालीहरु बिच’ सफलतापूर्वक सम्पन्न गरेर आज बिहानको ९.४५ बजे एअर अरेबियाको उडान नं. G90126 बाट नेपाल फर्केका छन ।   पढ्नेक्रम जारी राख्नुहोस्

मधेशीलाई सेनामा १० हजारको छुट्टै पल्टन किन चाहियो ?


ज्ञानेन्द्र गुरुङ्, साउदी अरब

राष्ट्रिय सुरक्षा जस्तो संबेदनशिल निकायमा मधेशीमोर्चालाई १० हजारको छुट्टै आफ्नो जातीय समुदाय मात्र रहनेगरि सेनाको बटालियन किन चाहियो ?

आज मैले यस सन्दर्भमा कलम चलाउँदै गर्दा मधेशीमुलका साथीभाईहरुको मुख तितो अमिलो पार्न खोजेको बिल्कुल होईन । मधेशका बासिन्दा र हिमाल पारीका गाउँका बासिन्दा हामि सबै समान नेपाली र हिमाल, पहाड, तराई सिंगो नेपाल हाम्रो साझा प्यारो मातृभुमि हो भन्ने बुझ्नु पर्छ । तर कहानी जति लम्ब्याए पनि यहाँहरुसंग कुरोको चुरो खोज्न कलम चलाउन बाध्य भएको छु । पढ्नेक्रम जारी राख्नुहोस्

सङ्घर्षमा कलम साहित्य समाजको वर्ष सम्मान तथा बिस्कुनको लोकापर्ण


सङ्घर्ष कलम, पोखरा

सङ्घर्षमा कलम साहित्य समाज पोखराले हरेक वर्ष वितरण गर्दै आएको वर्ष सम्मानको तेस्रो सम्मान वितरण तथा समावेशी रचनाहरुको सङ्गालो बिस्कुनको लोकापर्ण शनिबार एक कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत तिलक पौडेलले उक्त कृतिको लोकापर्ण गर्दै समय आफै लम्पसार परेर मानिसको सरणमा आउँदैन पढ्नेक्रम जारी राख्नुहोस्

अप्ठ्यारै छ जिन्दगी (गजल)


आचार्य प्रभा, कोलोराडो


अप्ठ्यारै छ जिन्दगी यो हाँसीहाँसी काट्छु भन्न
पिरतीको डोरी पनि सहजैले बाट्छु भन्न

जमानाको के पो भर ? नीति नियम ढली सके
अतितमा झैँ चोखो प्रिती स्वच्छ मनले साट्छु भन्न पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो का सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा आगामी फेब्रुअरी २०१२ उप्रान्त, कुवेतमा सञ्चालन गरिने दोश्रो प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप (E-SAF-C) को आर्थिक सहयोगार्थ क्लवले ०६ जनवरी २०१२ का दिन नेपालदेखी चर्चित कलाकारहरुको जम्बो टोली झिकाई, कुवेतका स्थानिय नेपाली कलाकारहरुको साथमा आयोजना गरेको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” सफलतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा पढ्नेक्रम जारी राख्नुहोस्