कुवेतमा माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)


ईन्द्र भुसाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी फेब्रुअरी २०१२ उप्रान्त सञ्चालन हुने प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप सफलतापुर्वक सम्पन्न पार्न केही आर्थिक संकलन गर्न हिजो ०६ जनवरी २०१२ का दिन कुवेतको जिलिव अल-शुवैखस्थित इन्टेग्रेटेड इण्डियन स्कुलमा आयोजित माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो भब्यरुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अतिथी कलाकारको रुपमा नेपालबाट आएका ४ जना चर्चित कलाकारहरु स्वरुपराज आचार्य, रामचन्द्र काफ्ले, नेपाली सकिरा भनेर परिचित इन्दिरा जोशी र दिपा राईको साथमा कुवेतका स्थानिय नेपाली कलाकारहरुको बेजोड सांगितिक प्रस्तुतिले कुवेतबासी नेपालीहरुलाई नयाँ बर्ष २०१२ को पहिलो छुट्टी हाँसीखुशी रमाइलोमा बित्यो । करिब ५ घण्टा लामो समयसम्म चलेको कार्यक्रममा प्रत्येक कलाकारहरुले ५ देखी ७ वटासम्म प्रस्तुति दिएका थिए भने क्लवका कलाकारहरु पुर्खा पुन, नबिन श्रेष्ठ, बालकृष्ण महर्जन, बिनोद गुरुङ्, मौसम राना, अनिल लामा लगायतका ग्रुपले नेपाली राष्ट्रिय गीत र अन्य गीतहरु लाईभ प्रस्तुत गरे भने कलाकार मनिष राईले बालक गुरुङ्को कर्म एल्बमका गीत गाउनु भयो स्मरण रहोस्, गायक मनिष (महेन्द्र) राई खोटाङग सम्पर्क समिति कुवेतका अध्यक्ष समेत हुनुहुन्छ । यसैगरी, क्लवका सदस्य तथा न्रित्य निर्देशक नबिन श्रेष्ठको साथमा नेपालकुवेत साँस्कृतिक मञ्चका कलाकारहरु माधव वाग्ले, गीता आचार्य, सरु कार्की, कमला खत्री, सिमा घिमिरे, अरुणा बुढाथोकी, रिता घिमिरे एवं लालीगुराँस साँस्कृतिक परिवारकी मनिता रसाईली र तामाङ् घेदुङ् कुवेतका डुप्चन तामाङ्, भिमराज गोले, डोल्मा शेर्पा र प्रिती लामा लगायतका कलाकारहरुले आ-आफ्नो उत्कृष्ट न्रित्यहरु प्रस्तुत गरेर कार्यक्रममा थप रौनक भरे ।

क्लवका कलाकारहरुबाट नेपाली राष्ट्रिय गीतको लाईभ प्रस्तुति पश्चात नेपाली राजदूत महामहिम मधुबन प्रसाद पौडेल, कार्यक्रम संयोजक तथा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, क्लव अध्यक्ष धर्मराज गिरी र युएई एक्सचेन्जका कन्ट्री हेड पान्सिली भार्कीले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेको कार्यक्रममा कार्यक्रम उप-संयोजक तथा क्लवका पुर्वाध्यक्ष किरण पौड्यालको स्वागत मन्तव्य, राजदूत मधुवन प्रसाद पौडेल र कार्यक्रम संयोजक राजेन्द्र तामाङ्को शुभकामना मन्तव्य रहेको थियो ।

कुवेतका लागि नेपाली राजदूत मधुबन प्रसाद पौडेलको प्रमुख आतिथ्य, क्लव अध्यक्ष धर्मराज गिरीको सभापतित्व एवं क्लव सचिव ईन्द्र भुसालको साथमा नेपाल देखी आएकी कलाकार दिपा राईको संयुक्त सञ्चालनमा सञ्चालित उक्त कार्यक्रममा नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव पुष्पराज भट्टराई, सहचारी भुवन पौडेल लगायत सम्पूर्ण दूतावास कर्मचारीहरु, NRNA कुवेतका अध्यक्ष तथा कार्यक्रम सम्योजक एवं क्लबका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ, क्लवका बरिष्ट सल्लाहाकार मित्र सिंजाली, क्लवका प्रमुख संरक्षक बालकुमार गुरुङ्, युएई एक्सचेन्ज कन्ट्री हेड पान्सिली भार्की, एअर अरेबियाका सिनियर सेल्स एक्जिक्युटिव अल्लान परेरा, जन-प्रगतिशिल मञ्चका अध्यक्ष तथा क्षेत्रीय सदस्य NRNA मध्यपुर्व कुमार झापाली, NRNA कुवेतका उपाध्यक्ष राज थापा, नेपाल पत्रकार महासँघका अध्यक्ष तथा NRNA कुवेतका महासचिव सुजन के.सी लगायत सम्पूर्ण NRNA परिवार, मेनपावर पेशोसियसनका अध्यक्ष बम पुलामी, उपाध्यक्ष कल्याण श्रेष्ठ लगायत सम्पूर्ण मेनपावर एशोसियसनका पदाधिकारीहरु, मजदुर सँघका अध्यक्ष टेण्डुप शेर्पा, सचिव तारा पौडेल, अ.ने.सा.स कुवेतका अध्यक्ष तथा नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल, मरुभुमिको कोशेलिका प्रधान सम्पादक तथा नेपालकुवेत डटकमका बरिष्ट सम्पादक तोयानाथ दाहाल, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बी मल्ल ठकुरी, नयाँ नेपाल युवा क्लवका अध्यक्ष दिल पुन, जन-जाग्रिती युवा समाजका अध्यक्ष दिपक क्षेत्री, तामाङ् घेदुङ् कुवेतका अध्यक्ष राम लामा घलान, उपाध्यक्ष अर्जुन तामाङ्, सल्लाहाकार तामाङ् घेदुङ् तथा MESC आश लोप्चन, सचिव अमृत तामाङ् लगायत सम्पूर्ण घेदुङ् परिवार, तमु समाज कुवेतका उपाध्यक्ष तथा क्लवका सल्लाहाकार खोप गुरुङ्, तमु समाजका महासचिव नबिन गुरुङ् लगायत सम्पूर्ण तमु परिवार, नेवा: गुठीका अध्यक्ष नबराज श्रेष्ठ, उपाध्यक्ष शिव श्रेष्ठ, जन-सम्पर्क समितिका अध्यक्ष राजु खड्का, क्रेज नेपालका अध्यक्ष नबिन बराल, खोटाङ्ग सम्पर्क समितिका अध्यक्ष महेन्द्र राई, तनहुँ सम्पर्क समाजका अध्यक्ष तथा क्लवका सल्लाहाकार यादव श्रेष्ठ, अमेरिकन राजदूतावासका सम्पूर्ण नेपाली स्टाफहरु, कुवेतनेपाल डटकम, नेपालकुवेत डटकम तथा मरुभुमिको कोशेलीका सम्पूर्ण पत्रकारहरु, युएई एक्सचेन्ज तथा हिमालयन बैंकका प्रतिनिधि राम बस्नेत लगायत सम्पूर्ण युएई एक्सचेन्ज परिवार, कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाका प्रतिनिधीहरु लगायत करिब १००० जना कुवेतमा कार्यरत प्रबासी नेपालीहरुको उपस्थिती रहेको थियो ।

अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा अल-अमाना सेक्युरिटी ग्रुपका सहायक अप्रेशन म्यानेजर होम गिरीले कम्पनिका सशक्त सुरक्षा कर्मचारीहरु खटाइदिएर ठुलो सहयोग गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख झलकहरु:

15 responses to “कुवेतमा माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

  1. The EVENT was Really Exccellent Congratulation MESC Team
    Tamang Ghedung Kuwait Family

  2. Really Nice program, thx everyone for help

  3. patrakar g, sthaniye nawa gayekar manish rai ko news ma nam lekhnu pani bhaulnu bhayejasto 6 ni ? ki naya kalakar chahi mediyako najarma kalakarnai hoinan ki kaso……….?

  4. patrakar g kalakar manish rai nam kina 6utaunu bhako..? please yeso nagarnu bhayeko bhaye ramro hune thiyo ki …….?

  5. naya kalakarlai tapaiharu jasto mediyale hosala dinu bhayena bhane uhaharuko manobal kasri badhaune ! anyways mt everestlai congrazzzzzzzzz………….

  6. माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो भब्यरुपमा सम्पन्न भयो तर दिपा राई ले कुनै कला प्रस्तुत नगर्दा प्रोग्राम निकै खल्लो नै भएको महसुस भएको थियो/-कलाकार कुवैत मा त् आए तर सबै पुरानो गीतले नै दर्सक हरुको आखा मा छारो हाली दिए त्यो कुरा कसले बुझ्ने? भुज्ने लाई यो कुरा गहिरो छ नभुज्ने लाई घर परी पैरो छ भने झैँ भयो/-भुज्ने लाई त्यति खास थिएन/-कलाकार र नेता हरुले माइक को तालमा त् भने पनि दर्सक हरुले तपाई भनेको सुनिन्छरे त्यही पारा भयो अहिले को प्रोग्राम मा: त्यति को स्वोर संगीत नाच्ने बजाउने कलाकार त् कुवैत मा नै छन होइनर?सबै दर्सक हरुको आसा थियो दिपा राईले कुवैत बासि नेपाली हरुको माझ गित गएर सबैको मन जित्ने आसा राखेको थिए तर उहाले पनि सबै लाई निराश बनाइदिनु भयो/-मनोराजन र निकै भयो आ आफ्नो धुन मा कम्मर मर्काउने हरु पनि धेरै थिए तर यो प्रोग्राम बात दर्शक हरुले धेरै पाठ सिक्ने मौका पनि पाए/-दीपा राई को सु मदुर स्वोरमा गित सुन्ने आसामा बसेको दर्शक हरु प्रोग्राम को समाप्ति घोषणा हुदा मंच मा बसेको दर्शक हरुको मुहार निरास नै थियो/-साएद आउदो प्रोग्राममा यस्तै हुने हो भने दर्शक हरुको उपस्थिति अनौल मा पर्ने छ/-

    धन्य बाद
    इन्द्रा सुबेदी ( लामा)
    झापा बेलबारी-कुवैत उमेलहमन

  7. Helo sathi yadi hajur comment nai halle ho bhane pls wright your correct name & contact no other ways you are the gee why you know ? in Jhapa not available Belabari hahahahahahahahahahahahahahahahahahahaah

  8. kuwait ma rahanu bhayeka hamra patrakar sathiharulai hridaye dekhinai dhanyabat dina chahan6u……… sadhai yesarinai tapaiharuko patrakarika 6etra agadi badhirahos yehi mero agrim shuvakamana !

  9. Sathi haru yathartha lekhne prayas gar .. lekheko comment pani delete garne verrrrry bad

  10. great to read this article……keep it up…

  11. PLSS DON’T TRY TO DELETE COMMENTS ,, LET PEOPLE KNOWS ABOUT IT .. THANKS

  12. karyakram yekdam ramro ho tara local song le lastai jhur garyo darsak le kati samma gali gare tyo pani lekhna saknu parchha patrakar bhayepachhi. nepal ko 4 jana kalakar makhi marna ayeko hoina hola club le paisa diyerai lyayeko hola ra 4 kd ko ticket kinera sabai nepal ka kalakar herna gayeko ho bhanne kura ayojak le nabujhda ali bore bhai raheko thiyo. yo comment pass garnu hola.

  13. राम कुमार, झापा

    बेलबारी झापाका ईन्द्र सुबेदी लामा जि लाई सानो सुझाब दिन चाहन्छु, सर्बप्रथम आफु कुन ठाउँ को हो कहाँ बाट आएको हो भन्ने थाहा हुनु पर्‍यो? बेलबारी झापामा??? हासो लाग्यो!!! आफ्नो ठाउँ नै झुठ बताउनेको कमेन्टहरु सही होला भनेर कसरी पत्याउनु।

  14. कुवेतमा माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो निकै खुशी लाग्यो/-माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब का सम्पूर्ण परिवार हरुलाई धेरै धन्य बाद/-क्लब स्थापना भए लगतै माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवैत नेपाल ले हरेक क्षेत्र मा कुनै न कुनै प्रोग्राम गरेर कुवैत बासि नेपाली दाजु भाई दिदि बहिनि हरुलाई मनोरन्जन दिएको छ/-आ आफ्नो डिउटी को कारण ले प्रोग्राम उपस्थित हुन् नपाए पनि कुवैत को अनलाइन मिडिया बात कुनैं न कुनै समाचार माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब को ’boutमा सुन्न र पढ्नु पाउदा कुवैत बासि नेपाली हरु क्लब प्रति निकै आकर्सित भएको देखिन्छ/-कुवैत प्रथम जन्म लिएको क्लब हो माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब: अहिले आएर कुवैत मा कम्ती मा पनि ३० भन्दा बढी संघ सस्था स्थापना भएको छन/-आ आफ्नो सस्था क्लब आ आफ्नो ठाउमा सिमित छन तर कुनै पनि कुवैत मा स्थापित संघ सस्था या क्लब हरुले कुवैतको पुरानो माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवैत नेपाल लाइ अझै अघि बढाउनु को लागि सक्दो सहयोग को लागि एकजुट हुन् बिभिन्न कुवैत का संघ सस्था क्लब हरुलाई बिन्र्म अनुरोध गर्दछु: प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप को लागि कुवैत को कुना कुना बात कुवैत प्रवासी नेपाली हरुले सहयोग गर्ने छन/-

    माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवैत नेपाल को उत्तर उत्तर प्रगति को कामना गर्दछु/-

    फुटेर होइन जुटेर यस क्लब लाई अगाडी बढाउनु को लागि कुवैत बासि नेपाली हरु हाते मालो गरी अबश्य पनि माउण्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवैत नेपाल लाइ सहयोग गर्ने छन

    धन्य बाद
    दिल बहादुर पुन
    धवालागिरी: बाग्लुंग: बुर्तिबांग
    हाल :कुवैत-

  15. सम्पूर्ण कुवेत बाशी नेपाली दाजु भाई दिदी बैनी र सम्पूर्ण सहयोगी मित्रहरु हजुर हरुको सुझाब को लागि धन्यवाद दिन चाहन्छु । सबैको सहयोग ले गर्दा हामीले कार्यक्रम सफलता पुर्वक सम्पन्ह गरेउ । आगामी दिनहरुमा पनि हजुर हरुको सहयोग जारी रहने बातावरण बनाउने छौ । कुवेत नेपालडटकम हेर्दाइ गर्नु होला ।
    ईन्द्र भुसाल
    सचिब -माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब
    सम्बाद दाता कुवेत नेपाल डटकम

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.