रोशन संग्रौला, कुवेत
मलाई गोरेटोहरु नदेऊ
मलाई उदेश्यहरु नदेऊ
मैले जे हुनु छ यहाँ त्यही छ
बरु शिशुले जस्तै
सर्पसँग खेल्न देऊ
अनन्त आकाशमा
चिल उडे जस्तै
दिशाहिन उड्न देऊ
जहाँ मैले उदाशी बिहानीलाई
स्वागत गर्नु पर्दैन
जहाँ मैले न्यास्रो साँझलाई
आत्मसात गर्नु पर्दैन
त्यसैले मलाई
विश्वाशको पाठहरु नसिकाउ
मलाई मायाको परिभाषा नदेऊ
मलाई मर्मको कुरा नसुनाउ
अविश्वाश, अन्धकार र अधर्मसँग म साईनो जोड्न सक्दिन
समग्रतालाई जीवनको निशानी बनाइ म संसारमा मानब बन्न सक्दिन..
किनकी,
म मा जे छ,
मैले त्यही त्यही हुनु छ !!