Daily Archives: 03/01/2012

शिला (धाराबाहिक भाग-९)


इन्द्रेणी शर्मा “जलद”

रोशनीको सहयोगबाट चेतनको उपचार, रबिन र अनुपम बीच सम्बाद र शिलाको नयाँ सोच

पसलबाट फर्कदै गर्दा एउटी युवतीले सड़क नजीक एक अपरिचित पुरुष रुखको मुनि देख्छिन, हेर्छिन, कताकता आफंती जस्तो लाग्छ, हेरिन र सम्झिन पुगिन/ एकजना साथीको मुखबाट सुनेको कुरा सम्झिन कतै यिनै त होइनन ? मनमा अनेकौं कुरा आए ,तुरुन्त प्रहरीलाई फोन गरिन पेशाले उनी प्राथमिक बिध्दालयकी शिक्षिका र एक स्थानीय पत्रिकाकी पत्रकार थिइन पढ्नेक्रम जारी राख्नुहोस्

१९ देशमा स्थापना भैसकेको अन्तराष्ट्रिय कलाकार मञ्चको जर्जिया शाखा गठन


Int’l Artists Forum, US

सन २०११ को अन्तिम दिन डिसेम्बर ३१ तारिख, २०१२ को स्वागत गर्न सिँगो नेपाली समुदाय एटलान्टा शहरको हवेली रेस्टुरेन्टको सभा हलमा नेपाली साँस्कृतिक कार्यक्रमका साथमा झुमिरहेको थियो । प्रमुख अतिथी कलाकार थिए अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष्य राम प्रसाद खनाल, साथमा थिईन अर्की गायिका कुमारी लामा । भुट्निज कलाकार र केही स्थानिय कलाकार समेतको सहभागिता । पढ्नेक्रम जारी राख्नुहोस्

भिमनिधी तिवारीको सतबार्षिकी समारोह तथा नियमित साहित्य संगम


भुपेन्द्र महत, कोलोराडो

साहित्यकार भिमनिधी तिवारीको सतबार्षिकीको शु-अबसर पारेर अ.ने.सा.स.कोलोराडो चाप्टरले नियमित कबि गोस्ठी “साहित्य संगमलाई” निरन्तरता दिनुको साथै भिमनिधी तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाइ भाबपूर्ण श्रदान्जली अर्पण गरी मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारका आदिबासी जनजातिहरुले माओवादी नेता शेरचन संग भेटघाट गरे


बुधबल गुरुङ, दोहा

जनवरी २ । कतारका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका पदाधिकारीहरुले एनेकपा माओवादीका नेता स्थायी कमीटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन संग डिसेम्बर ३१ का दिन दोहा स्थित हिमालय रेष्टुरेण्टको सभाहलमा भेटघाट गरे । पढ्नेक्रम जारी राख्नुहोस्

०६ जनवरीको साँस्कृतिक कार्यक्रम नजिकिंदै, नेपाली सकिरा लगायत ४ कलाकारले स्टेज तताउने


ईन्द्र भुसाल, कुवेत

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले प्रबासी दक्षिण एसियाली फूटबल प्रतियोगिताको सहयोगार्थ आयोजना गर्न लागेको कल्चरल च्यारिटी शो मा आफ्नो प्रस्तुतिको लागि नेपाली तारा-२०१० ‘इन्दिरा जोशी’ ‘जसलाई अहिलेको युवा पुष्ताले नेपाली सकिरा भनेर चिन्ने गर्दछ’ कुवेतमा स्टेज तताउने भएकी छिन । अति नै चर्चामा रहेको डान्स विथ मी एलबममा रहेको रातो घांग्रा लगायत धेरै नै आधुनिक र पप गीत गाएर स्टेज तताएकी युवा जमातको ढुकढुकी नेपाली सकिराले आफ्ना जोड्दार प्रस्तुति सँगै कुवेतका संगीतप्रेमी नेपालीहरु नयाँ साल २०१२ को पहिलो हप्तामा संगीतमा झुम्मिने छन । पढ्नेक्रम जारी राख्नुहोस्