कुवेतमा तमू ल्होछार-२०११ भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)


ईन्द्र भुषाल, कुवेत

“तमूहरुको कार्यक्रममा समाबेशिकरणको नयाँ नमुना”

बाल्यकालमा स्कुल जाँदा गुरुङ समाजमा देख्ने गरेको मौलिक परम्परा आज प्रबासको बिरानो बस्तिमा पनि अति नै भब्यरुपमा देख्न पाईयो । तमू समाज कुवेतले गुरुङ जातिहरुको महान पर्व ल्होछारको उपलक्षमा आयोजना गरेको कार्यक्रम हिजो फिन्तास स्थित वेडिङ् हलमा गुरुङ संस्क्रिती र मौलिक परम्परालाई जिवान्त राख्ने बाचाका साथ सम्पन्न भएको छ ।

कुवेतका लागि नेपाली राजदुत मधुबन प्रसाद पौडेल र श्रीमती पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम निर्धारित समय भन्दा केही ढिला शुरु भएको थियो । कुवेतस्थित नेपाली सँघ-संस्थाका पदाधिकारीहरु लगायत नेपाली जन-मानसको बाक्लो उपस्थिती रहेको उक्त ल्होछार कार्यक्रम तमू समाज कुवेतका उपाध्यक्ष खोप गुरुङको सभापतित्व रहेको थियो भने महासचिव नबिन तमू, सदस्यहरु धीरज तमु र रन्जना तमुस्योले संयुक्त रुपमा सन्चालन गर्नु भएको थियो ।

तमू संस्क्रिती र रीतिरिवाजलाई संसारको कुनै पनि ठाउँमा भएता पनी सदासर्बदा जीवान्त राख्न सक्नुपर्छ भन्ने उद्देश्यले सम्पूर्ण तमुहरु कार्यक्रम सफलताको खातिर लागि परेको उक्त द्रिश्यले सबैलाई ठुलो सन्देश दिएको थियो भने अन्य नेपाली संस्थाहरुले पनि कार्यक्रम सफल कसरी हुने रहेछ भनेर पाठ सिक्न तमुहरुको कार्यक्रम बाट नितान्त जरुरी भएको उदाहरण देखिन्थ्यो ।

१२ सय दर्शक क्षमता भएको कार्यक्रमस्थल नै खचाखच भरिएका सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई स्वागत गर्दै संस्थाका सचिब राजु गुरुङले नेपाल र नेपालीले आधुनिक हतियार बनाएर संसार सामु परीचित हुन नसकेपनी नेपाल र नेपालीहरुको बिचमा रहेका सुन्दर संस्क्रिती र सम्प्रदालाई जीवित राख्दै यसै अपार साँस्कृतिक धर्म मार्फत नेपालीहरु संसारमा चिनिन सक्ने बताउँदै सम्पूर्ण उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो भने अन्य बक्ताहरुले गुरुङ संस्क्रिती र परम्परा अनी गुरुङ जातिको उत्पत्तिको ’boutमा प्रकाश पार्नु भएको थियो ।

कार्यकमको स्पोंन्सर युएई एक्सचेन्जले गरेको थियो भने अन्य रुपमा संस्थाका सदस्य एवं सल्लाहाकारहरुले सहयोग गर्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट  शुभकामना मन्तब्य दिदै राजदुत पौडेलले आफ्नो कुवेत आगमनसँगै तमुहरुको कार्यक्रममा सरीक भएको सम्झनालाई कोट्याउँदै लगातार ल्होछार पर्वमा सरीक हुन पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई ल्होछारको शुभकामना दिनु भयो भने उहाँलाई तमु समाज कुवेतले स्टेजमा तमुहरुको पारम्पारिक पहिरन भाङ्ग्रो लगाईदिएर सम्मन गरेको थियो ।

कार्यक्रम का रोचक पक्ष..
कुवेतमा जता गए पनी सवेरए पार्किङ्को समस्या झेल्नु पर्ने बाध्यतालाई आजको कार्यक्रम स्थलले त्यो मानसिक तनाब झेल्नु परेन । प्रशस्त पार्किङ्को सुबिधायुक्त हलमा कार्यक्रम गरिएको थियो भने प्रबेशद्वारमै सम्पूर्ण उपस्थित पाहुनाहरुलाई खाता ओढाएर स्वागत गरिएको थियो । अति नै सुविधायुक्त सोफा सेटमा बस्ने व्यवस्था गरिएको थियो भने स्टेजलाई चारै तिरबाट स्पष्ट देख्न सकिन्थ्यो ।

कार्यक्रममा लाली गुराश सांस्कृतिक परिवार र नेपाल कुवेत सांस्कृतिक मंन्चले अतिथी रुपमा कलाकार उपलब्ध गराएर तमू सांस्कृतिक परिवारलाई ठूलो गुन लगाएको थियो। कार्यक्रमलाई रोचक र मौलिक बनाउन तमू सांस्कृतिक परिवारका द्रोणजंग तमू र बिनोद तमू द्वारा अगुवाइ गरिएको टोलीमा कलाकारहरु बबिता तमूस्यो, सानु तमूस्यो, धन तमू, नन्द घले, रन्जना तमूस्यो, संगिता तमूस्यो, याम तमू, हरी राई, बि बि मल्ल ठकुरी, रेनु परियार, मनिता रसाइली, नरेश तमू, ललित विश्वकर्मा, किसन तमू, अनिल रसाइली र ब्रिल्यान्ड तमू रहेका थिए भने आफ्ना कलाकार टोली सहीत करीब दुई महिना अघी देखी कम्मर कसेर लागेको थियो भने सो को लगशिलता र मेहनतको प्रतिफल कार्यक्रममा स्पष्ट झल्किन्थ्यो। गायक द्रोणजंग तमू र गायीका संगीता तमूस्योको यूगल स्वर बाट बर्ष दिन वे थेवाँ चाँड, ङ्यो तमू मै ल्होछार भन्ने तमू स्वागत गीतबाट शुरु भएको सांगितिक प्रस्तुतिहरुमा बिनोद तमू, नरेश तमू र नन्द घले, बबिता तमूस्यो, रन्जना तमूस्यो, सानु तमूस्यो द्वारा प्रस्तुत गरिएको ‘आ हा फुल टिपेर शिरमा लाइदिउकी’ बोलको कौडा निर्त्य र बिनोद, मनिता, हरी र रेनु द्वारा प्रस्तुत गरिएको शिक्लेसैको मेलैमा बोलको न्रित्य  तारिफ योग्य थियो। त्यस्तै गरेर सेलो गीत ‘टुङ्ना र डम्फु बजाउदै’ बोलको निर्त्यमा बबिता, मनिता र रेनुको जोडीले उतिकै दर्शक लोभ्याएको थियो। कार्यक्रमलाई अझ रोचक बनाउदै हास्य कलाकार धन तमूले प्रस्तुत गरेको ‘ए बाउ किन्देउ न भट भटे’ बोलको न्रित्यले  दर्शकहरुलाई पेट मिची मिची हास्न बाद्य बनाएको थियो। त्यस्तै गरी गायन तर्फ बिनोद तमू द्वारा ‘छोरी माग्न जादा (सरकारी जागिर)’, अनिल रसाइली द्वारा धीरज राइको ‘तिमी रुँदा एक्लै हुँदा’ र द्रोणजंग तमू द्वारा गायीएको ‘आलु तामाले बुहारी चाहियो भन्छिन आमाले’ बोलहरुको गीतले दर्शकहरुको मन छोएको थियो।

तमुहरुको पहिचान झल्किने पहिरनमा सजिएका तमू नर नारिहरुले कार्यक्रमलाई निकै मौलिकता प्रदान गरेका थिए भने कार्यक्रमका सभापति खोप गुरुङ उहाँको तमू भेषभुषा हुबहु प्रदर्शनीले गर्दा कार्यक्रमको हिरो नै देखिनु भएको थियो । भाङ्ग्रो र भादगाउँले  टोपीमा ठाँटिएका जो कार्यक्रम सफलताको लागि अहोरात्र खटेर लागे कोषाध्यक्ष सुरेश गुरुङको सकृयता अति नै पशंसानीय देखिन्थ्यो । आफ्नो पन र संस्क्रितीलाई जगेर्ना गर्न तमु समाज कुवेतले बिगतका भन्दा निकै फरक किसिमले यो पटकको नयाँ साल ‘मुप्री ल्हो’ भब्य रुपमा मनाएको छ ।

कार्यक्रमका प्रमुख झलक:

6 responses to “कुवेतमा तमू ल्होछार-२०११ भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

  1. indra bhai sarba partham ta newsko lagi muri2 dhanyabad dina chahanchhu.kehi chunoutiko babjud karyakram bhavya rupma safal hunuma ma mera pyara bhai,bahiniharuko hat dekhchhu jasle karyakram safal banauna ahoratra khatera bhaye pani afno bhumika nibhaye.testai hamilai atmai dekhi nai sahyog garne hat haru,sathai media http://www.kuwaitnepal.com ka tapai lagayat jay bhai pradhan sampadak(kuwaitnepal.com) ra hari krishna reporter(nepalkuwait.com) lai karyakram safaltako pakka hakdar mancchu.ra agami dinma pani tapaiharu sabai bata yastai sahyogko apekshya gardachhu.dhanyabad
    (VP)tamu samaj kuwait

  2. Jalan Pahuna Ghar & Hari

    I think Tamu (Gurung) Lhochhar is one of the most seccesful event in Kuwait. Let’s keep up our tradition and keep ourself united all the time. Everyone must enjoy next year Lhochhar.
    Best wishes to everyone from Hari – 00977 9808612311 – Jalan Pahuna Ghar (guest House), Gong-gobu, Kathmandu

  3. HARDWORK & TEAMWORK OF TAMU SAMAJ KUWAIT HAS LED TO SUCCESS OF THE GREAT EVENT.. HOPE TO SEE MORE IN FUTURE & WISHING ALL A PROSPEROUS NEW YEAR

  4. सम्पन्न गुरुङ

    सम्पूर्ण मित्रहरुमा, तमू ‘मुप्री’ ल्होछार तथा अंग्रेजी नयाँ बर्ष २०१२ को शुभकामना!!!

  5. Tamu Samaj Kuwait lai dherai dherai dhanyabat! bidesh ma bhaye pani yasari nai hami tamu haru milera kam garnu parcha. ek le arko lai taang adyaune kam garnu hudaina. tapai harule garnu bhayeko lohchhar karyakram safal bhayeko maa khusi lagyo! happy lohchhar!!!

  6. मनोज तमू / हङकङ

    गल्फ कन्ट्री कुवेतमा पनि तमूहरु (गुरुङ)को एकता बलियो रहेको कुरा समाचारमा पढन पाउदा खुशी लाग्यो। आफ्नो भाषा सस्क्रितीलाई जगेर्ना गर्न हामी सबै तमूहरु एक जुट हुनु पर्छ, फुटेर हैन जुटेर जानु पर्छ। सबैलाई ल्होछारको आशीमाला!!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.