‘एस.डि.एफ.सि-ए’ बन्यो अन्तर नेपाली फुटवल प्रतियोगिताको बिजेता (फोटो फिचरसहित)


– कुवेतनेपाल एड्मिन,

काउन्सिल अफ मिनिस्ट्री अन्तर्गत एस.डि.एफ.सि कुवेतको आयोजनामा हिजो ३० डिसेम्बर २०१११ का दिन, तमू ल्होछार तथा अङ्ग्रेजी नयाँ बर्ष २०१२ को अवसरमा आयोजना गरिएको अन्तर नेपाली फुटबल प्रतियोगितामा आजोजक पक्षकै एस.डि.एफ.सि- टिम आफ्ना निकट्तम प्रतिश्पर्धिहरुलाई पराजित गर्दै बिजयी भएको छ भने पुर्वेली टाईगरले उप-बिजेताको उपाधी हाँसिल गरेको छ ।

निर्धारित समय बिहानको ठीक ८.०० बजेबाट शुरु गरिएको फुटबल प्रतियोगिताको प्रथम म्याचमा पोल-बि) बाट एस.डि.एफ.सि-ए’ले स्विडस-बि’लाई ३-१ गोलले, दोश्रो म्याचमा पोल-ए) बाट के.पि.टि.सि’ले अल-कुवैत’लाई टाई ब्रेकरमा, तेश्रो म्याचमा पोल-बि) बाट प्रबासी नेपाल’ले नेप्ज यूनाईटेड’लाई ७-१ को भारी गोल अन्तरले र चौंथो तथा समुह चरणका अन्तिम खेलमा पोल-ए) बाट स्विडस-ए’ले एस.डि.एफ.सि-बि’लाई पनि टाई ब्रेकरमै पराजित गरेको छ ।

यसैगरी, क्वाटर फाईनलमा अलघानिमले प्रबासी नेपाललाई र पुर्वेली टाईगरले स्विडस-ए लाई टाई ब्रेकरमै हराउँदै सेमिफाईनलको यात्रा तय गरे भने हिजोका कतिपय खेलहरु टाई ब्रेकरसम्म पुगेको देख्दा ‘नेपाली टिमहरु को भन्दा को कम’ भन्ने अनुमान लगाउन समेत मुश्किल देखिन्थ्यो ।

सेमिफाईनलका खेलहरुमा एस.डि.एफ.सि-ए ले अलघानिम’लाई ४-१ गोलको अन्तरले र पुर्वेली टाईगरले के.पि.टि.सि’लाई २-० गोलको अन्तरले हराउँदै फाईनलमा प्रवेश गर्न सफल भएका थिए । तर, फाईनलमा प्रवेश पाएका पोल-ए विजेता पुर्वेली टाईगर र पोल-बि विजेता एस.डि.एफ.सि-ए बिच हुनुपर्ने फाईनल खेल भने समय अभावको कारणले दुबै टिमको सहमतिमा गोला प्रथा (चिठ्ठा) द्वारा “१ नं. तान्ने प्रथम र २ नं. तान्ने दित्तिय हुनेगरि” मिलाएर चिठ्ठा तनाउँदा आयोजक पक्षका एस.डि.एफ.सि-ए’ले नै १ नं. चिठ्ठा तान्दै यस अन्तर नेपाली फुटबल प्रतियोगिता-२०११ को बिजेता घोषित भएको छ भने पुर्वेली टाईगरले उप-विजेतामा सिमित रहनु पर्‍यो ।

बिजेता तथा उपविजेता टिमहरुलाई प्रतियोगिता संयोजक तथा एस.डि.एफ.सि का कम्पनी कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङ्बाट खसी, शिल्ड, ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको थियो । क्याप्टेन कुल प्रसाद गुरुङ्को सभापतित्वमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष धर्मराज गिरी, पुर्वाध्यक्ष किरण पौड्याल, उपाध्यक्ष तथा कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, सचिव तथा कुवेतनेपाल डटकमका संवाददाता ईन्द्र भुषाल, सदस्य सरिता पौड्याल, सदस्य ईन्द्र पोखरेल, सदस्य उशा पोखरेल, नयाँ नेपाल क्लवका अध्यक्ष दिल पुन लगायत अन्य व्यापक नेपाली दर्शकहरुको उपस्थिती रहेको थियो ।

बिस्त्रित विवरण एस.डि.एफ.सि का खेलाडी बिपिन गुरुङ्को रिपोर्टको आधारमा…

प्रतियोगिताका केही झलक:

0 responses to “‘एस.डि.एफ.सि-ए’ बन्यो अन्तर नेपाली फुटवल प्रतियोगिताको बिजेता (फोटो फिचरसहित)

  1. s.d.f.c have done good job for expat nepalese lives in kuwait. all game players and lovers must appreciate to you mr. kp gurung.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.