सङ्घर्षमा कलम पोखराको वर्ष सम्मान घोषणा


सङ्घर्ष कलम, पोखरा

सङ्घर्षमा कलम साहित्य समाज पोखराले हरेक वर्ष वितरण गर्दै आएको ‘सङ्घर्षमा कलम वर्ष सम्मान–२०६७’ गत १२ पुस, मङ्गलबार एक कार्यक्रमका बीच घोषणा गरेको छ । समाजमा उल्लेख योगदान पुर्‍याउनेहरूलाई प्रोत्साहन र सम्मान गर्ने संस्थाको उद्देश्य बमोजिम सङ्घर्षमा कलम सामाजिक सेवा सम्मान,  दुर्गाबहादुर शाह ‘बाबा’द्वारा स्थापित ‘बाबा’ साहित्य साधक सम्मान र ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा प्रोत्साहन पुरस्कार गरी हरेक वर्ष तीन जनालाई सम्मान गर्दै आएको छ । नगद रू. दुई हजार दुई सय बाइस रुपैया, सम्मान पत्र, दोसल्ला र मायाको चिनो रहेको सङ्घर्षमा ‘कलम ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा प्रोत्साहन पुरस्कार–२०६७’ उदियमान युवा गजलकार तथा स्याङ्जाली अभियन्ता मीलन समीरलाई दिईने भएको छ ।

सम्मानीत व्यक्तित्व समीर यसअघि युराशिया रेयुकाई बर्दघाट, हाम्रो मझेरी चितवन, ग्रामीण स्रोत केन्द्र तानसेन, बिहानी गजल मञ्ज रामपुर, संगम साहित्य सदन मालुङ्गालगायत विभिन्न एक दर्जन बढी संघसंस्थाबाट सम्मानीत र पुरस्कृत भएका छन् । यसैगरी नगद रू. एक हजार एक सय एघार रुपैया, सम्मान पत्र, दोसल्ला र मायाको चिनो रहेको सङ्घर्षमा कलम दुर्गाबहादुर शाह ‘बाबा’ साहित्य साधक सम्मान लमजुङ् समीभञ्ज्याङका युवा साहित्यकार रुपिन्द्र प्रभावी ‘कटु’ लाई प्रदान गरिने भएको छ। ‘कटु’ यसअघि डिट्ठा श्रीप्रसाद स्मृति लमजुङ, अन्तरड्ड साप्ताहिक लमजुङ, हाम्रो मझेरी चितवनबाट सम्मानीत र विभिन्न संघसंस्थाबाट पुरस्कृत पनि भएका छन् ।

यसैगरी सम्मान पत्र, दोसल्ला, मायाको चिनो र मानार्थ संस्थाको आजीवन सदस्यता रहेको समाजको सामाजिक सेवा सम्मान–२०६७ लमजुङ् बाड्डेका चम्फा रानाभाटलाई प्रदान गरिने भएको छ । सामाजिक सेवा सम्मानबाट सम्मानित रानाभाट यसअघि अलकापुरी बचत तथा ऋण सहकारीबाट सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएर सम्मानीत छन् भने विभिन्न आमासहूबाट पनि सम्मानीत भईसकेकी छन् । प्रतिभा छनौटका लागि असफल गौतमको संयोजकत्वमा, दुर्गाबहादुर शाह ‘बाबा’ र कृष्ण रानाभाट ‘सारथी’ सदस्य रहेको तीन सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको थियो ।

बिस्तृत जानकारीका लागि: ९८५६०३१२२८

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.