‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ आयोजना हुने इण्डियन इन्टेग्रेटेड स्कुल कहाँ र कसरी जाने ?


जय आले, कुवेत

खैतानको ग्रनाडा सिनेमा हलमा ०६ जनवरी २०१२ का दिन, आयोजना गरिने भनिएको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” आखिर कुवेतको जिलिब अल-शुवैखस्थित इण्डियन इन्टेग्रेटेड स्कुलको पांगणमा हुने निश्चित भएको छ । सिनेमा हलको लागि भिन्न किसिमको स्थानिय कानूनी प्रकृया र बर्तमान अवस्थामा सो प्रकृया पुरा गर्न सोंचेभन्दा कठिन र अन्य विविध जटिलताले गर्दा पनि कार्यक्रमको मुखैमा आएर स्थान परिवर्तन गर्नु परेकोमा क्लवले सम्पूर्ण कुवेतवासी नेपालीहरु समक्ष एक बिज्ञप्ती मार्फत दु:ख व्यक्त गर्दै क्षमा मागेको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको आयोजनामा नेपालका लोक, पप र आधुनिक क्षेत्रका चर्चित कलाकारहरुको साथमा कुवेतका स्थानिय नेपाली कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने उक्त कल्चरल च्यारिटी शो क्लवले निर्धारित सोही मिति र समयमै तर नयाँ स्थान जिलिब अल-शुवैखको इण्डियन इन्टेग्रेटेड स्कुलमा हुने पुन. जानकारी गराएको छ ।

यस्तै, कार्यक्रम स्थलसम्म जानको लागी सजिलो होस् भनि रुट म्याप प्रकाशित गर्दै सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उक्त “कल्चरल च्यारिटी शो” दोश्रो सार्क स्तरिय फुटवल च्याम्पियनशिप (E-SAF-C) लाई सफल तुल्याउन केही आर्थिक सहयोग संकलन होस् भनी आयोजना गरिएकोले सबैलाई कार्यक्रममा सहभागी भईदिएर आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन क्लवले अनुरोध गरेको छ ।

पुनश्च:
स्थान: इण्डियन इन्टेग्रेटेड स्कुल, जिलिब अल-शुवैख
मिति: ०६ जनवरी २०१२
समय दिनको: ०३.०० बजे

One response to “‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ आयोजना हुने इण्डियन इन्टेग्रेटेड स्कुल कहाँ र कसरी जाने ?

  1. sir gajali highway 60 no road bat pani map banai dinu bhayako bhaya traffic ko samasya bata kehi rahat hunthyo ki .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.