Daily Archives: 27/12/2011

निशुल्क भिसाको शुल्क लिनेलाई कारबाहि गर्छु : श्रममन्त्री


१२ पुस, काठमाडौं । निशुल्क भिसामा समेत म्यान पावरहरुले गैरकानूनी रुपमा भिसा शुल्क लिइरहेको भन्दै श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीले ती म्यान पावरहरुलाई कारबाहि गर्ने बताउनुभएको छ । नेपालसँग श्रम सम्झौता भएका मुलुकले निःशुल्क भिसामा नेपाली कामदार मगाउने भएपनि अनुगमनको अभावमा म्यान पावरहरुले भिसा शुल्क लिने गरेको पाइने गरेको छ । मन्त्री गिरीले त्यसलाई खारेज गर्ने प्रकृया सुरु गरेको जानकारी दिनुभएको छ । उहाँले विगतमा त्यस्तै कारणले इजरायलमा रोजगारीको अवसर गुमेको स्मरण गर्दै इजरायलमा नेपालीको रोजगारी सुनिश्चितता भएकाले अब छिट्टै इजरायलमा नेपाली कामदार जाने विश्वास व्यक्त गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी मालिकले बन्धक बनाए नेपाली चेलीलाई


मनोज अधिकारी, पोखरा

पुस १२ । तनहुँको दुलेगौंडा-८ कि ३१ वर्षिया लालु विक गत असारमा भारत हुँदै साउदी अरब पुगिन् । गाउँकै दलाल बाबुराम विकमार्फत् भारतको अवैध बाटो हुँदै साउदी पुगेकी उनी सुरुमा एक घरमा ‘हाउस मेड’का रुपमा काम गर्न थालिन् । घरको सरसफाईदेखि बालबच्चाको हेरचाह समेत गर्नुपर्ने उनले कामको पारिश्रमीक पाउनुको सट्टा दिनहुँ घर मालिकको यातना खेप्न थालिन् । पढ्नेक्रम जारी राख्नुहोस्