तमू ल्होछार पूर्ण तयारी अवस्थामा; समस्त कुवेतवासी नेपालीहरुलाई ल्होछारको निम्तो


– कुवेतनेपाल एड्मिन,

तमू समाज, कुवेतको “ल्होछार पर्व-२०११” पूर्ण तयारी अवस्थामा रहेको समाजले जनाएको छ । आगामी शुक्रबार, ३० डिसेम्बर २०११ का दिन कुवेतको फिन्तासस्थित शानदार वेडिङ् हलमा मनाईने ल्होछार पर्वको प्रमुख अतिथिको रुपमा नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूको उपस्थिती रहने पनि समाजले बताएको छ ।

तमू (गुरुङ्) जातिहरुको धार्मिक तथा पारम्परिक बिधीद्वारा बिरालो बर्ग (ह्यू ल्हो) को बिदाई एवं गडुर बर्ग (मुप्री ल्हो) को आगमनलाई स्वागत गर्दै, मनाउँन गैरहेको यस वर्षको ल्होछारमा रोजगारिको सिलसिलामा कुवेतमा रहेका स्थानिय तमू तथा गैर तमू कलाकारहरुको बेजोड प्रस्तुतिमा “तमू भेषभूषा तथा संस्कृतिको प्रदर्शनी, तमू गीत तथा नृत्यको प्रस्तुति, तमू इतिहास सम्बन्धी प्रवचन तथा ल्होछारको शुभकामना आदान प्रदान गर्दै र अन्य रोचक तथा मनोरञ्जनात्मक प्रस्तुतिका साथ एक समावेशी ढंगले समस्त कुवेतवासी नेपालीहरुको साथमा ल्होछार पर्व मनाईने” समाजले जनाउँदै आएको छ । समरण रहोस्, ल्होछारमा सहभागीताको लागि कुनै शुल्क लाग्ने छैन ।

यसैगरी, अतिथिगण तथा पाहुनाहरुको सुविधालाई ध्यानमा राख्दै समाजले ल्होछारको कार्यक्रमस्थल ‘फिन्तासको वेडिङ् हल’सम्म जानको लागि कुवेतका बिभिन्न स्थानहरुबाट बसको व्यवस्था समेत गरेको छ । समाजका उपाध्यक्ष खोप गुरुङ् तथा सचिव राजु गुरुङ्ले जानकारी दिनुभएअनुसार ल्होछारको दिन निम्न नेपालीहरुको बाहुल्यता रहेको स्थानहरुबाट बसहरु लाग्ने छन ।

जसमा:
१) जिलिब अब्बासिया (गल्फ मार्ट, टेलिकम्युनिकेशन टावरको अगाडि): बिहानको १०.०० देखी १०.३० बजे सम्म ।
२) फर्वानियाबाट खैतान हुँदै: बिहानको १०.०० देखी १०.३० बजे सम्म ।
३) अम्घरा क्याम्पको गेट देखी: बिहानको १०.०० देखी १०.३० बजे सम्म ।
४) कुवेत सिटी देखी हवाली, साल्मिया, साल्वा हुँदै: बिहानको १०.०० देखी १०.३० बजे सम्म ।
५) फाहाहिल देखी मंगाफ, महबुल्ला हुँदै: बिहानको १०.०० देखी १०.३० बजे सम्म बसहरु लाग्ने बताईएको छ भने बसको ’boutमा सोधपुछको लागि समाजका सदस्य श्री बुद्दी गुरुङ्, मोबाईल नं. ६७६०६३५८ मा सम्पर्क गर्न पनि समाजले अनुरोध  गर्दै सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई ल्होछारको पुन निमन्त्रणा दिएको छ ।

पुनश्च:
स्थान: फिन्तासको वेडिङ् हल
मिति: ३० डिसेम्बर २०११, शुक्रबार
समय: बिहानको ११.०० बजे
नोट: फिन्तास ब्रिजमा उत्रेर रोड नं. २०९ मार्फत फिन्तास साईडमा घुस्ने र पहिलो दायाँ मोंडबाट सिधा लाग्दा जम्मा ३ मिनटको पैदल दुरीमा उक्त वेडिङ् हल मस्जिदको पासमा रहेको छ । अर्थात यदी ट्याक्सीमा आउनुहुन्छ भने फिन्तास ब्लक नं. ३, ईशारा नं. ५ मा मस्जिदको पासको वेडिङ् (म्यारिज) हल भन्नु होला ।

अधिक जानकारीको लागि:
खोप गुरुङ –५५६८२२१४, नबिन गुरुङ –५५६४७६४४, राजु गुरुङ –६७०७२९४४, सुरेश गुरुङ –६६९२८३३४, द्रोणजंग गुरुङ –५५३९४८१०

3 responses to “तमू ल्होछार पूर्ण तयारी अवस्थामा; समस्त कुवेतवासी नेपालीहरुलाई ल्होछारको निम्तो

  1. wish you all the best all tamu friends.if i get chance i will try to be there to see your real gurung culture.i wish advance happy lochhar to all…………..

  2. अत्यान्तै प्रशंसनिय र आफ्नो परम्परा जोगाउन गरिएको यो माहन यज्ञको अग्रिम सगलाताको हार्दिक सुभकामना प्रकट गर्दै संयोजक खोप जि लाइ बिशेष धन्याबाद तथा सम्पूर्ण तमु समाज कुवैतका सदस्यलाई ह्पापी लोह्सार भन्न चाहन्छु

    मनोज मनसुन

  3. many2 thanks jay bro.for news update.you are doing great job keep it up.@ thanks for indra bro.and mansoon bro.for your nice comments.happy lhoshar both of u.

  4. kuwatnepal.com your articles are always helpful to tamu samaj thank you. happy lohochhar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.