The Disillusioned Soldier (निरास लडाकु)


– संसार फेर्छु भन्थे आफै फेरिए,
“हामीलाई त पूरै विश्वास थियो, हामी नयाँ नेपालको लागि लडेको भनेर तर आफ्नै पार्टीले हामीलाई त्याग्यो”

नेपालको युद्ध र त्यसपछिको शान्ति प्रक्रिया अहिलेसम्म तथ्याङ्कमै रुमल्लिइरहेको भान हुन्छ । १६ हजार नेपाली मरे, १,३८७ बेपत्ता पारिए, दशौं हजार घाइते भए । लडाईंपछि १९ हजार ६०२ पूर्वलडाकुलाई अनमिनले प्रमाणित गरेर शिविरमा राख्यो, तर तीमध्ये ३,००० अहिले शिविरमा भेटिएनन् । बाँकीमध्ये ६,५०० जति नेपाली सेनामा भर्ती हुने तरखरमा छन् ।

यसअघि अनमिनले १२ हजार ६४८ लडाकुलाई अयोग्य ठानेर शिविरबाट निकालेको थियो। ’cause तिनीहरू कि त लडाकु नै थिएनन्; कि बाल सैनिक थिए, कि माओवादीमा संलग्न हुँदा १८ वर्ष मुनिका थिए। उमेर नपुगेकाले शिविरबाट बाहिरिनेमा २,९७३ जना थिए। तिनैमध्ये एक हुन्― चन्द्रकृष्ण श्रेष्ठ।

एल जजिरा टिभीकी नेपाली वृत्तचित्रकार सुविना श्रेष्ठले दुई वर्षदेखि चन्द्रकृष्णलाई क्यामेराले पछ्याउँदै आएकी थिइन्। गएको हप्ता चन्द्रकृष्णमाथि उनले बनाएको डकुमेन्ट्री एल जजिरा मा प्रसारण भयो। वृत्तचित्रमा शान्ति प्रक्रियाको तथ्याङ्कलाई चिरेर सुविनाले त्यसभित्र लुकेको एउटा नेपाली युवाको मानवीय चित्रण गरेकी छन्।

वृत्तचित्र दि डिस्इल्युजन्ड सोल्जर (निरास लडाकु)ले चन्द्रकृष्णको कथा वर्णन गर्छ। उनकी दिदीलाई गोर्खाको एउटा गाउँबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बलात्कार र यातनापश्चात् मारेको खबर सुनेपछि १५ वर्षका चन्द्रकृष्ण पढाइ छाडेर माओवादीको होल टाइमर हुनपुगे। चन्द्र सामान्य किसान परिवारका हुन्। छोरा माओवादीमा लागेपछि उनका बाबुआमालाई खुबै पिर लागेको रहेछ। तर आमाको सपनामा प्रायः सधैं आउने चन्द्र हाँसेर म ठीक छु आमा, पिर गर्नुपर्दैन भनिरहन्थे रे!

कृष्णले शिविरमै भेटिएकी रुपासँग विवाह गरेका थिए। सुविना श्रेष्ठले कृष्णलाई दुई वर्षअघि श्रीमती रुपालाई शिविरमै छाडेर बाहिरिन लागेको क्षणदेखि पर्दामा उतारेकी छन्। त्यतिबेला दुईजीउकी रुपा कृष्णलाई बिदाई गर्छिन् र कृष्ण आफ्नो गाउँ फर्कन्छन्। माओवादीको सांस्कृतिक समूहमा रहेका कृष्णलाई बाँसुरी बजाउने रुचि रहेछ, र गोर्खाको विपन्न तर रमणीय गाउँको दृश्यसँगै फिल्ममा बजेको उनको बाँसुरीको धुनले ग्रामीण नेपालको माहोललाई दुरुस्तै चित्रण गर्छ। संयुक्त राष्ट्रसंघको सहयोगमा मोबाइल बनाउने तालिम लिएका चन्द्र आफ्नो घरनजिकै पसल खोल्ने योजना बनाउँछन्। अलि पछि चन्द्र र रुपाको छोरी जन्मिन्छे।

कृष्णलाई युद्धको बेला आफू संलग्न कृष्णभीर र स्याङ्जा भिडन्तका झ्लकहरू सपनामा आइरहन्छन्। “हामीलाई त पूरै विश्वास थियो, हामी नयाँ नेपालको लागि लडेको भनेर तर आफ्नै पार्टीले हामीलाई त्याग्यो”, कृष्ण क्यामेरामा भन्छन्। शिविरबाट बाहिरिएपछि वाईसीएलमा खटिएका चन्द्रले शहरतिर लाग्नुपर्छ, तर पार्टीप्रति उनको वितृष्णा बढ्दै जान्छ। पार्टीले बाटो बिराएको भान हुन्छ उनलाई। वाईसीएलमा पनि काम नभएर दिनभरि खाली बस्नुपर्ने हुनाले कृष्ण झ्न्झ्न् परिवार पाल्न व्यस्त हुन्छन्। उनी भन्छन्, “देश बनाउनु त कहाँ हो कहाँ, आफ्नै परिवार त बनाउन सकेको छैन।”

The Disillusioned Soldier  हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्..

2 responses to “The Disillusioned Soldier (निरास लडाकु)

  1. “देश बनाउनु त कहाँ हो कहाँ, आफ्नै परिवार त बनाउन सकेको छैन।”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.