कुवेतको क्रिस्मस डे र नेपालीको मर्म


जितेन थिङ्, कुवेत

क्रिस्मस डे अर्थात जेसस क्राइस्टको जन्म दिन २५ डिसेम्बर ! यो क्रिस्चियन धर्मावलम्बीहरुको महान चाड हो जुन कुरा सर्ब बिदितै छ र कसैमा दुई मत छैन होला । कुवेतस्थित अनलाइन वेबसाईटहरुमा हरेक बर्ष यो दिनलाई नेपाली दिदीबहिनीहरु जो कुवेतिको घरमा काम गरिरहनु भएको छ उनिहरुले छुट्टी लिने दिन र आफन्तहरुसँग भेट्घाट गर्ने दिन भनेर फोकस दिएर लेखहरु प्रकाशित भएको पाईन्छ ।

म २००६ को मध्यतिर कुवेतको भुमिमा पाइला टेकेको थिएं अनी त्यस बर्ष नै पहिलो क्रिस्मसको अनुभब गरेको थिएं । त्यस समयमा पनि मैले यही कुराहरु सुन्न पाएको थिएं जुन कुरा अहिले वेबसाईटहरुमा पढ्न पाईन्छ । वास्तवमा नेपालीहरु जो यो धर्म मान्दैनन उनिहरुले यो दिनलाई क्रिस्मस डे नभनिकन सुद्द नेपालीमा “भेट्घाट दिवस” भनेर नामाकरण गर्दा केही आपत्ति हुँदैन होला ।

मेरो अनुभबमा सन् २००६ देखी अहिले सन् २०११ सम्म पनि कुवेतीको घरमा काम गर्ने नेपाली दिदीबहिनीहरु जस्ले छुट्टी पाएका छैनन उनिहरु क्रिस्मस डे कै दिनमा छुट्टी लिएर आएको पाईन्छ । अरु दिनमा छुट्टी नमिल्नु र यो दिनमा चाँही छुट्टी मिल्नु भनेको नेपाली गैर क्रिस्चियनहरुले आफ्नो धर्म बेच्नु वाध्य भएको होइन र ? यो कुरा गैर क्रिस्चियनहरुको लागि तितो सत्य हो । कुवेतमा अहिले आएर लगभग ३ दर्जन जती संघ-संस्थाहरु छन । नेपाली राजदुतावास स्थापना भएको पनि निकै भइसकेको छ । एनआरएनए जो प्रबासी नेपालीहरुको हक हितको लागि भनेर खोलिएको संस्था हो, किन कसैले यस्तो गम्भिर बिषयमा ध्यान पुर्‍याउन सकेको छैनन ? यो बिषयलाई किन कसैले कुवेतबासी नेपालीहरुको माझमा पस्कन सकेका छैनन? यो सबैलाई बिस्मात लाग्नु पर्ने कुरा हो र आस्चर्यजनक कुरा पनि हो । संघ-संस्थाहरु स्थापना गरेर ठुलाठुला भाषाण अनी बक्तब्य दिएर मात्रै कहाँ समाजसेवा पुरा हुन्छ र ? यो कुरा पनि हरेक समाज सेवकको मष्तिस्कमा घुस्नु अतिआवश्यक र अपरिहार्य देखिन्छ, होइन र ?

4 responses to “कुवेतको क्रिस्मस डे र नेपालीको मर्म

  1. khas kura lekhak le pani nabujhe jasto chha… yesto lekh haru lekhera samaye barbad nagarnus… dharma ra dharmikta sang sasthale herne hoina… harek bektiko afnai ichhako kura ho.

  2. Sastha le mareko manche, luteyeki chele beti lai ta naye delauna sakeko chaina chutti ko kura ……ta para ko ho!!! Je hos christian bhanera ta kamse kam 1year ma 1 palta bhayepani ta chutti payeko chan natra ta teo pani aaune theyena!!!

  3. chrimas ko bahana banai aafnaa GF and BF vetne din bhanda pani farak naprla ki………………….

  4. नेपालीहोरु क्रिस्चियन बनू को कारन के होला ?
    तेयो पनी कुवैत म अयेरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.