Daily Archives: 25/12/2011

कुवेतको क्रिस्मस डे र नेपालीको मर्म


जितेन थिङ्, कुवेत

क्रिस्मस डे अर्थात जेसस क्राइस्टको जन्म दिन २५ डिसेम्बर ! यो क्रिस्चियन धर्मावलम्बीहरुको महान चाड हो जुन कुरा सर्ब बिदितै छ र कसैमा दुई मत छैन होला । कुवेतस्थित अनलाइन वेबसाईटहरुमा हरेक बर्ष यो दिनलाई नेपाली दिदीबहिनीहरु जो कुवेतिको घरमा काम गरिरहनु भएको छ उनिहरुले छुट्टी लिने दिन र आफन्तहरुसँग भेट्घाट गर्ने दिन भनेर फोकस दिएर लेखहरु प्रकाशित भएको पाईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

क्रिष्टमस तथा नयाँ वर्ष २०१२ को मंगलमय शुभकामना !!


अब नेपालमै यौन संग्रहालय


यौनसँग सम्बन्धित विषयमा नेपाली समाज क्रमशः उदार बन्दै गएको छ। यौनसँग सम्बन्धित घटनाक्रम र अभिव्यक्तिहरूले पनि त्यसलाई  पुष्टि गर्छन। दुई वर्षअघि मात्र खिचापोखरीमा यौन खेलौना पसल खुल्दा त्यसले नेपाली समाजमा एक प्रकारको तरङ्ग सिर्जना गरेको थियो, तर  यी कृत्रिम यौन खेलौनाहरू कति छिट्टै व्यावसायिक रूपमै सफल भए भने अहिले मुलुकका विभिन्न मुख्य सहरहरूमा धमाधम यौन खेलौना  पसल  खुलिरहेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

The Disillusioned Soldier (निरास लडाकु)


– संसार फेर्छु भन्थे आफै फेरिए,
“हामीलाई त पूरै विश्वास थियो, हामी नयाँ नेपालको लागि लडेको भनेर तर आफ्नै पार्टीले हामीलाई त्याग्यो”

नेपालको युद्ध र त्यसपछिको शान्ति प्रक्रिया अहिलेसम्म तथ्याङ्कमै रुमल्लिइरहेको भान हुन्छ । १६ हजार नेपाली मरे, १,३८७ बेपत्ता पारिए, दशौं हजार घाइते भए । लडाईंपछि १९ हजार ६०२ पूर्वलडाकुलाई अनमिनले प्रमाणित गरेर शिविरमा राख्यो, तर तीमध्ये ३,००० अहिले शिविरमा भेटिएनन् । पढ्नेक्रम जारी राख्नुहोस्