नेपालकुवेत मेनपावर एशोसियसनका सदस्यहरुद्वारा क्लबको राष्ट्रिय अभियान सफल पार्न उल्लेख्य रुपमा आर्थिक सहयोग प्रदान


ईन्द्र भुसाल, कुवेत

कुवेतको नेपाली संस्थाहरुको इतिहासलाई फर्केर हेर्दा पुरानो र लामो इतिहास बोकेर नेपालीहरुको दु:ख सुखको साथी बन्न सफल माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आयोजना गर्न गईरहेको दोश्रो सार्क-स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) पूर्ण रुपमा सफल होस् र क्लबले लिएको नीति कार्यान्वयन होस् भन्ने खुल्ला चाहनाले कुवेतमा मेनपावरको ब्याबसाय गरेर बस्ने नेपालकुवेत मेनपावर एशोसिएसनका सम्पूर्ण सदस्यहरुले क्लवलाई उल्लेख्य रुपमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

E-SAF-C लाई लक्षित गरी क्लवले आयोजना गर्न लागेको ०६ जनवरी २०१२ को साँस्कृतिक कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिन अनुरोध गर्दै प्रचार-प्रसार एवं निमन्त्रणा-पत्र सहित कुवेतवासी नेपालीहरुको दैलो-दैलो र कम्पनिका क्याम्पहरुमा क्लव पुग्ने क्रममा एशोसियसनका सम्पूर्ण सदस्यहरुले क्लवलाई बोलाई-बोलाई खुल्ला ह्रिदयले सहयोग गर्नु भएको हो । जस्लाई हामीले एकमुष्ट बताउनु पर्दा के.डी १,२०० (ठुलो धनराशी) एशोसियसनका सदस्यहरुले क्लवलाई कार्यक्रम सफलताको कामना गर्दै र कतिपयले त कुपन वितरणको जिम्मा समेत लिंदै सहयोग गर्नु भएको छ ।

कुवेतमा दुताबास स्थापना पस्चात भएका हरेक संस्थाका कार्यक्रमहरुमा आफ्नो सहभागीता जनाई आर्थिक रुपले उहाँहरुले उल्लेख्य सहयोग गर्नु भएको थियो । लालीगुराँस साँस्कृतिक परिवारले आयोजना गरेको पायल म्युजिकल शो मा होस् वा नेपालकुवेत साँस्कृतिक मञ्चले प्रबासी नेपाली चेलीहरुको लागि आयोजना गरेको तिज बिशेष कार्यक्रममा होस् उहाँहरुको ठुलो आर्थिक सहयोग रहेको थियो भने कुनै पनि सामाजिक कार्य को लागि गरिएको सहयोगको आग्रहलाई उहाँहरुले कहिल्यै पनि टुक्राउनु भएको थिएन । क्लब ले २००५ मा खेलाएको प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगितालाई पुन दोहोराउँदै नेपाल र नेपालीको पहिचान खेलकुद को माध्यमबाट संसारमा चिनाउने उद्देश्य अति नै राम्रो भएको र यो राष्ट्रिय अभियानमा आफुहरुले सहयोग गर्न पाउँदा अति नै खुशी लागेको सम्पूर्ण ब्यबसायिहरुले क्लव सँगको भेटमा बताउनु भयो ।

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सुरक्षा बिभाग प्रमुख तथा एसोसिएसनका महासचिब नबराज श्रेष्ठ, क्लबका सदस्य तथा एसोसियसनका सचिब राजु खड्का, क्लवका सदस्य तथा तामाङ घेदुङ कुवेतका उपाध्यक्ष अर्जुन तामाङ लगायतको बिशेष पहल र सम्पूर्ण व्यवसायीहरुको क्लब प्रतिको मायाले गर्दा सबैले सहयोग गरेको नबराज श्रेष्ठ र राजु खड्काले बताउनु भएको छ ।

क्लबको यो राष्ट्रिय अभियानलाई सफल पार्न क्लबले खुल्ला रुपमा सम्पूर्ण कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुलाई आग्रह गर्दै आएको छ भने नेपालकुवेत मजदुर सँघले व्यानर सौजन्य लगायत अन्य सहयोग, जन-प्रगतिशिल मञ्चले राम्रो आर्थिक सहयोग गर्ने बचनबद्दता गरेको छ । यसैगरी क्लबको यो अभियानलाई प्रशंसा गर्दै भर्खर मात्र कुवेत आएर नेपाल फर्कनु भएकी युवा तथा खेलकुद मन्त्री कमला रोकामगरले पनि राष्ट्रिय रुपमै क्लवलाई सहयोग गर्ने बचन दिएर फर्नु भएको छ ।

कुवेतका स्थानिय नेपाली कलाकारहरु रिहर्सलमा व्यस्त:
क्लबले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमलाई थप आकर्षक एवं मनोरञ्जनात्मक शैलीमा सफल तुल्याउन र नेपाली संगित एवं संस्क्रितिमा ओतप्रोत रहेका स्थानिय नेपाली कलाकारहरुको समेत सम्मान होस् भन्ने क्लवको नीतिलाई खुल्ला दिलले स्विकार गर्दै साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्यले आफैले क्लवलाई रिहर्सलको लागि हल खोजिदिएर कलाकारहरु समेत लिएर रिहर्सल हलमा पुग्नु भएको थियो भने उपाध्यक्ष एवं न्रित्यांगना प्रिती लामा स्वयं आफ्नो प्रस्तुतिको लागि रिहर्सलमा सहभागी हुनु भएको छ । यसैगरी लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बिबी मल्ल ठकुरी पनि क्लबको यो अभियानमा सहयात्री बनी आफ्ना कलाकारहरुको साथमा रिहर्सलमा सरीक हुनुभएको छ भनें तामाङ्ग घेदुङ्ले पनि आफ्ना चर्चित डान्सरहरु रिहर्सलमा पठाएर क्लवलाई सहयोग गरेको छ ।

क्लवको कार्यक्रमलाई सहयोग, सुझाब र सल्लाह सबै पक्षबाट प्राप्त हुँदै आएको यो घडीमा क्लवले कार्यक्रम गर्ने हल अनायासै बदल गर्नु परेको र क्लव हलको लागि भागदौड गरिरहेको अवस्थामा जन-प्रगतिसिल मञ्चका अध्यक्ष कुमार झापालीले स्वयं सहयात्री बन्दै अगाडि सरेर क्लवलाई हल खोज्नमा ठुलो टेवा पुर्‍याउनु भएको छ ।

स्मरण रहोस्, कुवेतको नेपाली सँघ-संस्थाहरुको इतिहासमा क्लबले हरेक संस्थाको कार्यक्रमलाई क्षमता अनुसारको सहयोग गर्दै आएको छ भने क्लबकै मातहतमा सञ्चालित रहेको अनलाईन पत्रिका कुवेतनेपाल डट कमले सुचना र सञ्चारको क्षेत्रमा सबैलाई टेवा पुर्‍याउँदै आएको छ । यसै सन्दर्भमा क्लवलाई प्रबासी नेपालीहरुले गरेको सहयोगको ’boutमा क्लवका उपाध्यक्ष तथा कुवेतनेपाल डटकमका प्रमुख सञ्चालक जय आलेसँग धारणा लिंदा.., कुवेतको नेपाली समाज हिजोदेखी आजसम्मका सफरहरुमा धेरै सक्षम र बिकसित भईसकेको र आफ्नाले आफ्नैलाई विश्वाश गर्न नसकिने वर्तमान परिस्थितीमा क्लवलाई सबैले भरोसा गरेर यत्रो सहयोग प्रदान गरिरहेको अवस्थामा क्लवले चालेको यस अभियानलाई कुनैपनि हालतमा र जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि सफल बनाएर वहाँहरुको विश्वासलाई दिगो राख्न क्लवले सक्नुपर्ने र कथं-कदाचित यस्तो भएन भने क्लवलाई ठुलो क्षती हुने बताउँदै सफलता हाँसिल गर्नको लागि कुनैपनि कार्यमा पारदर्शिता नितान्त जरुरी भएको र क्लवले त्यो गर्नमा कुनैपनि कसर बाँकी नराख्ने आलेले संक्षिप्त प्रतिकृया दिनु भएको छ ।

One response to “नेपालकुवेत मेनपावर एशोसियसनका सदस्यहरुद्वारा क्लबको राष्ट्रिय अभियान सफल पार्न उल्लेख्य रुपमा आर्थिक सहयोग प्रदान

  1. नेपालकुवेत मेनपावर एशोसियसनका सम्पूर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद यो हजुरहरुले हामीलाई जुन ठुलो रकमले सहयोग गर्नु भएको छ। यो हाम्रो क्लबले कहिले कहिले भुल्ले छैन।

    धन्यबाद
    धर्म राज गिरी

  2. Je jasari bhayepani… clubko safaltaama haat battaaunu bhako ma man power association kaa saathiharulai dherai dherai dhanyabaad.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.