घर बनाउँदै हुनुहुन्छ ? वास्तु शास्त्रको सुझाव र चेतावनी!!!


घर निर्माण आमनेपालीको प्राथमिकताको सपना हो तर घर निर्माण गर्दा वास्तुको पनि त्यत्तिकै विचार पुर्‍याउनु पर्दछ । होइन भने जीवनभरको कमाइ खर्च गरेर बनाइएको घर गलपासो मात्रै पनि हुनसक्छ । के कस्तो कुरामा विचार पुर्‍याउनुपर्दछ त ? ज्योतिषाचार्य शिवराज सुवेदीको सुझाव-चेतावनी ।

घर बनाउन सामान्यतः जीवनभरकै कमाइ लाग्छ । त्यसरी बनाइएको घर घरमूलीको प्रतिकूल बनेमा घरमा बस्नेले नाना प्रकारका समस्या भोग्नुपर्ने हुन्छ । सन्तान, दाम्पत्य र व्यवहारमा असामान्य परिस्थिति सिर्जना हुन्छ । गृहस्थीले गृहसुख पाउँदैन । जस्तो : भर्‍याङ दक्षिणावर्त हुनुपर्छ । भुलेर पनि बामवर्त हुनु हुँदैन । दक्षिणी गोलार्धमा भने यो ठीक विपरीत हुन्छ । भुलेर पनि भर्‍याङ बायातर्फ मोडिदै माथि उक्लेको हुनु हुदैन । त्यस्तो घरमा रहने व्यक्ति सदा रोग र तनावयुक्त हुन्छ । व्यवसायमा मन्दी भइरहन्छ । व्यवहारमा हामी सबैले देखे भोगेकै कुरा हो, विवाहपछि र घर बनाई सरेपछि भाग्यमा शुभ या अशुभ परिवर्तन हुने गर्छन् । त्यसैले यो उखान प्रचलनमा आएको हुनुपर्छ- नारी र बारी कर्मले पारी । यहाँ घर बनाउँदा विचार पुर्‍याउनुपर्ने केही कुरा प्रस्तुत गरिएका छन् ।   आफ्नो प्रचलित नामको राशिबाट ठाउँको राशि २, ५, ९, १०, ११ औं भएमा त्यो ठाउँमा बस्दा शुभ हुन्छ । प्रचलित नाम नै राशिको नाम भए झनै राम्रो । जस्तो शिवराजको राशि कुम्भ, चाबहिलको राशि मीन । कुम्भबाट मीन दोस्रोमा पर्ने हुँदा शिवराज चाबहिलमा बस्नु शुभकर हुन्छ । पुतलीसडक बस्नु अशुभ हुन आउँछ । यसैगरी हरेक सजग व्यक्तिले ठाउँ आफूलाई अनुकूल हुने गरी चयन गर्नुपर्छ । आफ्नो वर्ग -तालिका १) देखि ५ औं वर्ग सदैव शत्रु हुन्छ । अर्थात तपाईंको नाम ‘क’ वर्गबाट आउँछ भने ‘प’ वर्गबाट नाम आउने कुनै ठाउँमा तपाईंलाई अशुभ हुन्छ । आफ्नै वर्गमा पनि शत्रुता हुन्छ । तपाईंको वर्गदेखि तपाईं बस्ने ठाउँको वर्ग छैठौंमा धन हानि हुन्छ । आठौंमा रोग हुन्छ । वास्तुरत्नावली वास्तुका लागि प्रामाणिक ग्रन्थ मानिन्छ । यस अनुसार आफू बस्ने ठाउँको नक्षत्रदेखि आˆनो नाम नक्षत्रसम्म गन्दा आˆनो नाम नक्षत्र ५ नक्षत्रभित्रै परेमा त्यो ठाउँमा वस्दा लाभ हुन्छ । ६, ७, ८ औं भए धन हानि हुन्छ । ९ औदेखि १३ औसम्म परेमा धनधान्य वृद्धि हुन्छ । चौधौंदेखि १९ औसम्म परेमा स्त्री हानि हुन्छ । २१ औंदेखि २४ औसम्म परे सम्पत्ति हुन्छ । २६ औं वा २७ औं भए विलाप हुन्छ । ठूला सहरमा टाउन वा टोललाई लिनु पर्छ । यो आवासको लागि मात्र हो ।

व्यवसायको लागि स्थान चयन

व्यवसायको लागि कुन ठाउँ उपयुक्त हुन्छ भन्ने कुरा काकिणीबाट विचार गर्नुपर्छ । काकिणी भनेको धन हो । कुन व्यक्तिले कुन ठाउँमा आफ्नो व्यवसायको मुख्य कार्यालाय स्थापना गरेमा व्यवसाय सधैं नाफामा चल्छ भन्ने विचार निम्न प्रकार गरिन्छ –

तालिका १ मान

अ, आ, इ, उ, ए, ओ, औ १ अवर्ग

क, ख, ग, घ, ङ, क्ष २ कवर्ग

च, छ, ज, झ, ज्ञ ३ चवर्ग

ट, ठ, ड, ढ, ण ४ टवर्ग

त, थ, द, ध, न, त्र ५ तवर्ग

प, फ, ब, भ ,म ६ पवर्ग

य, र, ल, व ७ यवर्ग

श, स, ष, ह ८ शवर्ग

सूत्र र्

व्यक्तिको प्रचलित नामको पहिलो अक्षरको मान ह + ठाउँको नामको पहलो अक्षरको मान ै/८ शेष नामकाकिणी हुन्छ ।

र ठाउँको नामको पहिलो अक्षरको मान ह + व्यक्तिको प्रचलित नामको पहिलो अक्षरको मानै/८ शेष ग्रामकाकिणी हुन्छ ।

नामकाकिणी जहिले पनि ग्रामकाकिणीभन्दा बढी भएमा त्यो ठाउँमा व्यवसाय फस्टाउँछ ।

निष्कर्ष भयो, डिल्लीबजारको काकिणीभन्दा शिवराजको काकिणी धेरै भएकोले डिल्लीबजारले शिवराजलाई दिन्छ । त्यहाँ शिवराजले पसल व्यवसाय खोलेमा लाभ नै हुन्छ । यो एउटा महत्वपूर्ण पक्ष हो तापनि व्यक्तिको जन्मकुण्डलीअनुसार शुभ ग्रहको दशा अन्तर्दशा, व्यक्तिलाई फाप्ने पेसा र अन्य भौतिक सामाजिक विचार पनि गरेमा व्यवसायी सफल हुन्छन् । एवं प्रकारले आˆनो शुभ व्यावसायिक स्थान चयन गर्न सकिन्छ ।

गाउँ, सहर वा कोलोनीभित्र आफ्ना लागि आवास चयन उपर्युक्त तालिकामा देखाइएजस्तै कुनै पनि सहर वा वस्तीलाई नौ भागमा विभाजन गर्ने । मेष आदि राशिका व्यक्तिले तत् तत् सहर वा वस्तीको तत् तत् दिशामा आवास नबनाउने । जस्तो, काठमाडौंको पूर्व दिशा अर्थात् पशुपति क्षेत्रतिर वृश्चिक राशिका व्यक्ति नबस्ने । एवं प्रकारले माथिको तालिका अनुसार बुझ्ने ।

मोहडा, प्रवेशद्वार चयन नियम

माथि बताइएअनुसार शवर्ग -श, स, ह, ष) ईशान दिशामा बलवान् हुन्छन् । अवर्ग पूर्वदिशामा, कवर्ग आग्नेय दिशामा, चवर्ग दक्षिण दिशामा, टवर्ग नैऋत्य दिशामा, तवर्ग पश्चिम दिशामा, पवर्ग वायव्य दिशामा, यवर्ग उत्तर दिशामा बलवान् हुन्छन् । आˆनो वर्गदेखि पाँचौ वर्ग जहिले पनि शत्रुवत् हुन्छ । तसर्थ पाँचौं वर्गको दिशामा मूल गेट बिर्सेर पनि नबनाउने । जस्तो, अवर्गका व्यक्तिले पश्चिम दिशामा मूल प्रवेशद्वार बनाएमा निकै अशुभ हुन्छ । एवं प्रकारले अन्यवर्गले पनि यो बिचार गर्नु श्रेयस्कर हुन्छ । पाँचौ वर्गको दिशा बाहेक अरू वर्गको दिशामा मूल गेट बनाउन सकिन्छ ।

प्रवेशद्वार बनाउदा स्मरणीय कुरा के छ भने घडेरीको लम्बाई वा चौडाइको मध्यभागमा मूल गेट कदापि नबनाउने । गृहमध्ये कृतं द्वारं द्रव्यधान्यविनाशनम् । घरको पनि मध्यभागबाट प्रवेशद्वार बनाउँदा घरमा सह रहँदैन । घर या घडेरीको चौडाइतिर प्रवेशद्वार कुनातिर बनाइयो भने त्यो भरमा दुख र शोक हुन्छ । भनिएको छ, विस्तारकोणकं द्वारं दुःखशोकभयप्रदम् ।

मोहडा, प्रवेशद्वार चयन नियम

कर्कट, वृश्चिक, मीन राशि भएका घरमूलीलाई पूर्वतिर मुख्य प्रवेशद्वार भएको घर शुभ हुन्छ । घरमूली भन्नाले जसको नाममा घर छ त्यो व्यक्ति बुझिन्छ ।

वृष, कन्या, मकर राशिहरूका लागि दक्षिणतिर मूलढोका, मिथुन, तुला, कुम्भ राशिहरूलाई पश्चिममुखी प्रवेशद्वार र मेष, सिंह, धनु राशिवालालाई उत्तराभिमुख गेट फाप्छ ।

Advertisements

3 responses to “घर बनाउँदै हुनुहुन्छ ? वास्तु शास्त्रको सुझाव र चेतावनी!!!

  1. banako ghar ma bastu namilako 6 vana k garna

  2. श्रेत्रफल =114 बर्ग मीटर
    उत्तर तिर फराकिलो बाटो छ।
    पुर्ब तिर साघुरो बाटो छ।
    यो जमिन्मा वस्तु शास्त्र अनुसार घर बनाउने तरिका बताउनुस।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )