क्रिस्मस आउन २ दिन बाँकी, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिस्मसको निम्तो


ईन्द्र भुसाल, कुवेत

ईसाइ धर्मावलम्बिहरुको महान पर्व क्रिसमस आउन अब केवल दुई दिन मात्र कुर्नु पर्नेछ भने क्रिसमसको माहौल रमाईलो पार्न कुवेतमा क्रिस्टियन धर्म मान्नेहरुको गतिबिधी सपिङ सेन्टरहरुमा बढ्दो देखिन्छ । आफ्नो धर्म र संस्कृतिलाई सदा सर्वदा बचाई राख्न मात्र होईन जेसिसको जन्मदिनलाई धनीभुत रुपले मनाउन पनि युरोप र अमेरिका मात्र होईन संसारका हरेक कुनामा रहेका इसाइहरु आफ्नो पर्वलाई मान्न आतुर छन ।

कुवेतको नेपाली समाजमा परीचित नेपाली क्रिस्टियन चर्च कुवेतले पनि क्रिस्मसको उपलक्षमा सदा झै सम्पूर्ण क्रिस्टियन तथा गैर क्रिस्टियन धर्मावम्बिहरुलाई पर्सी २५ डिसेम्बरको दिनमा निमन्त्रणा गरेको छ । नेपाली चर्च कुवेतका पाष्टर श्री अगम बहादुर लिम्बुले कुवेतनेपाल डट कमलाई पत्रचार गर्दै सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिस्मसको अवसरमा कुवेत सिटिस्थित इभान्जुयल नेपाली चर्चमा २५ डिसेम्बरको दिन आफ्नो उपस्थिती जनाई क्रिस्मस पर्व हरेक बर्षझै सामुहिक मनाउन आग्रह गर्नु भएको छ ।

कुवेतमा रहेका नेपाली ईसाइहरुको लागि हरेक साल आयोजना गर्दै आएको कार्यक्रमले प्रबासी नेपालीहरुलाई खुशीको उमङ थपेको छ भने हरेक शुक्रबार भेट्न नपाउने नेपालीहरु बिच क्रिस्मसकै दिन भेट्न साँचेर बसेका हुन्छन भने फिलिपिन्स र ईण्डियनहरुको पनि मालियादेखी समुन्द्री किनार र चर्चमा ठुलो भिड लाग्ने गर्दछ । धेरै पहिलादेखी साँचेर राखेको बिदा आफन्त र आफ्नाहरुलाई भेट्नलाई बिशेषगरी घरमा काम गर्ने महिलाहरुले यो दिनलाई प्रयोग गरेको देखिन्छ । एक पन्त दुई काम भने झै पर्सीको दिनमा धेरै नयनहरु खुशी देखिने छन ।

One response to “क्रिस्मस आउन २ दिन बाँकी, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिस्मसको निम्तो

  1. happy merrey christmas dayto all kubet basi christion and sampurna nepali christion sathai biswaka kunai pani kunama raheko lord jesuska suputra taha supatrima sadaiba jesus prti samrpit hou uhako/stya batoma kadama rakhaou

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.