‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ हुने स्थान परिवर्तन सम्बन्धी अन्यन्तै जरुरी सूचना !!


मिति: २२ डिसेम्बर २०११

आदरणीय कुवेतवासी प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, बिभिन्न नेपाली सँघ-संस्थामा आवद्द सहयात्री साथीहरु, खेलाडी तथा खेलप्रेमी महानुभावहरु र पत्रकार बन्धुहरु !!

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजना तथा तपाईंहरुको सहयात्रामा आगामी फेब्रुअरी २०१२ उप्रान्त कुवेतमा सञ्चालन गर्न गईरहेको दोश्रो सार्क-स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ यस क्लवले ०६ जनवरी २०१२ का दिन कुवेतमा नेपालदेखि चर्चित कलाकारहरु झिकाई बृहत “कल्चरल च्यारिटी शो” को आयोजना गर्न गईरहेको र जसमा कुवेतका स्थानिय नेपाली कलाकारहरुको समेत सकृय सहभागीता रहने व्योहोरा यहाँहरु सबैलाई विदितै छ ।

जनवरी ०६ तारिखमा अङ्ग्रेजी नयाँ सालको आगमनसँगै गर्न लागिएको यो कार्यक्रम आजसम्मका प्रचारित सूचना अनुसार खैतानको ग्रनाडा सिनेमा हलमा गर्ने हाम्रो योजना बर्तमान अवस्थामा कुवेतको कानुनी प्रकृया पुरा गर्न सोंचेभन्दा लामो समय लाग्ने र अरु पनि केही जटिलता उत्पन्न भएकोले हाम्रो कार्यक्रम निर्धारित सोही मिति र समयमै तर नयाँ अर्को स्थान कुवेतको जिलिबस्थित इण्डियन इन्टेग्रेटेड स्कुलको प्रांगणमा गर्ने गरी अकस्मात स्थान परिवर्तन गर्नु परेको व्योहोरा यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौ ।

तसर्थ: यस कल्चरल च्यारिटी शो को लागि कुपन लिईसक्नु भएका र शो मा पाल्नुहुने सम्पूर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई खैतानको हलमा नभै जिलिबको इण्डियन इन्टेग्रेटेड स्कुलमा कार्यक्रम हेर्नको लागि पाल्नु हुन यस क्लव बिनम्र अनुरोध गर्दछ । कार्यक्रमको मुखैमा आएर स्थानिय कानूनी अड्चनको कारण स्थान परिवर्तन गर्नु परेकोमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब परिवार सबैमा क्षमा माग्न चाहन्छौ ।

यस राष्ट्रिय कार्यक्रममा प्रचार-प्रसार देखी लिएर कुपन वितरण र स्थानिय कलाकारहरु उपलब्ध गराउनसम्म सहयोग गर्नुहुने सम्पूर्ण सहयात्री मित्रहरुलाई यो परिवर्तित सूचना सबैमा जानकारी गराईदिनु हुन समेत हामी आग्रह गर्दछौं ।

हामीले गराएको पूर्व जानकारी अनुरुप नै मालियाबाट जिलिब कार्यक्रम स्थलसम्म जानको लागि बसको सुबिधा कायमै राखेका छौ ।

पुनश्च:
स्थान: इण्डियन इन्टेग्रेटेड स्कुल, जिलिब अल-शुवैख
मिति: ०६ जनवरी २०१२
समय दिनको: ०३.०० बजे

धन्यवाद,

आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत

—————————————————

Related News..

०६ जनवरीको साँस्कृतिक कार्यक्रम नजिकिंदै, नेपाली सकिरा लगायत ४ कलाकारले स्टेज तताउने

‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ आयोजना हुने इण्डियन इन्टेग्रेटेड स्कुल कहाँ र कसरी जाने ?

मेनपावर एशोसियसनका सदस्यहरुद्वारा क्लबको कार्यक्रम सफल पार्न ठुलो आर्थिक सहयोग

१२ बर्षको इतिहास बोकेको माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब र हिजोदेखी आजसम्मका यात्रा

अङ्ग्रेजी नयाँ बर्ष २०१२ को आगमन नेपालका चर्चित कलाकारहरुको साथमा

कुवैतमा MESC ले गर्ने साँस्कृतिक कार्यक्रमको उद्देश्य र कुवेतवासी नेपालीहरुको दायित्व

‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’को लागि ५ चर्चित नेपाली कलाकार कुवेत आउँदै

कुवेतमा MESC को देउसी-भैलो कार्यक्रम भब्यरुपमा सम्पन्न

क्लवले खेल्ने देउसी-भैलो किन र के’का लागि ?

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव देउसी-भैलो खेल्ने

राजेन्द्र तामाङ्को संयोजकत्वमा “MESC च्यारिटी कल्चरल शो” समिति गठन

MESC को च्यारिटी कल्चरल सो ३० डिसेम्बरमा नभै ०६ जनवरी २०१२ मा गरिने

डिसेम्बर ३० मा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले च्यारिटी कल्चरल सो गर्ने

One response to “‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ हुने स्थान परिवर्तन सम्बन्धी अन्यन्तै जरुरी सूचना !!

  1. This is very unexpected news for nepalese in Kuwait. Anyways, we will find out the location and reach there to observe the program.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.