न्युरोडको निगरानी अब सीसीटिभीबाट


राधिका ढकाल काठमाडौं, ६ पुस

राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड क्षेत्रमा आपराधिक गतिविधि बढ्न थालेपछि काठमाडौं महानगरपालिका र प्रहरीले संयुक्त अनुगमन गर्ने भएका छन् । महानगरपालिका र महानगरीय प्रहरी जनसेवाले सीसीटिभी राखेर संयुक्त अनुगमन गर्ने भएका हुन् ।  अनुगमनलाई प्रहरी र महानगरपालिकाका साथै ‘ह्वील्स’ नामक व्यापारिक संस्थाले सहयोग पु¥याउने बताइएको छ । न्युरोड गेट, इन्द्रचोक, धर्मपथ, खिचापोखरी, महाबौद्ध, जुद्धसालिक नयाँसडक, पाकोलगायतका ठाउँहरूमा २४ वटा सीसीटिभी जडान गरिने ह्वील्सका प्रमुख राजिव श्रेष्ठले बताए । उनका अनुसार सीसीटिभीको अनुगमन महानगरीय प्रहरी प्रभाग जनसेवा र महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले गर्र्नेछ । जनसेवाले सीसीटिभीको १ सातासम्म हुने रेकर्डिङलाई अनुगमन गर्नेछ । जडान गरिने सीसीटिभीमध्ये ८ वटा सीसीटिभी ३६५ डिग्री पूरै राउन्ड घुम्ने र बाँकी १८ वटा सामान्य रहने श्रेष्ठले बताए । उनका अनुसार अनुमानित ४५ देखि ५० लाख रुपैयाँको लगानीमा आगामी सातादेखि सीसीटिभी जडान हुने भए पनि पूर्ण सञ्चालनमा भने डेढ महिना लाग्नेछ । काठमाडौं महानगरपालिकाका राजस्व महाशाखाका वरिष्ठ लेखा अधिकृत नवराज ढकालका अनुसार सीसीटिभी सञ्चालनमा आएपछि गम्भीर आपराधिक घटनाका साथै सवारी साधन चोरी हुने क्रम पनि रोकिने दाबी गरे । ह्वील्सले सीसीटिभी जडानको सम्पूर्ण खर्च आफैंले बेहोर्ने र यसबापत महानगरपालिकाले ५ वर्षसम्म ह्वील्सको होडिङबोर्डका लागि निःशुल्क न्युरोडमा स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.