Daily Archives: 22/12/2011

‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ हुने स्थान परिवर्तन सम्बन्धी अन्यन्तै जरुरी सूचना !!


मिति: २२ डिसेम्बर २०११

आदरणीय कुवेतवासी प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, बिभिन्न नेपाली सँघ-संस्थामा आवद्द सहयात्री साथीहरु, खेलाडी तथा खेलप्रेमी महानुभावहरु र पत्रकार बन्धुहरु !!

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजना तथा तपाईंहरुको सहयात्रामा आगामी फेब्रुअरी २०१२ उप्रान्त कुवेतमा सञ्चालन गर्न गईरहेको दोश्रो सार्क-स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ यस क्लवले ०६ जनवरी २०१२ का दिन कुवेतमा नेपालदेखि चर्चित कलाकारहरु झिकाई बृहत “कल्चरल च्यारिटी शो” को आयोजना गर्न गईरहेको र जसमा कुवेतका स्थानिय नेपाली कलाकारहरुको समेत सकृय सहभागीता रहने व्योहोरा यहाँहरु सबैलाई विदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

न्युरोडको निगरानी अब सीसीटिभीबाट


राधिका ढकाल काठमाडौं, ६ पुस

राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड क्षेत्रमा आपराधिक गतिविधि बढ्न थालेपछि काठमाडौं महानगरपालिका र प्रहरीले संयुक्त अनुगमन गर्ने भएका छन् । महानगरपालिका र महानगरीय प्रहरी जनसेवाले सीसीटिभी राखेर संयुक्त अनुगमन गर्ने भएका हुन् ।  अनुगमनलाई प्रहरी र महानगरपालिकाका साथै ‘ह्वील्स’ नामक व्यापारिक संस्थाले सहयोग पु¥याउने बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतबाट फर्किंदै विदेशी विद्यार्थी


एजेन्सी लन्डन, १९ मंसिर

विदेशी विद्यार्थीमा अध्ययनपश्चात् स्वदेश फर्कने क्रममा भएको  वृद्धिले बेलायती अर्थतन्त्र प्रभावित हुने भएको छ । बेलायती विश्वविद्यालयमा विज्ञान, गणित र  इन्जिनियरिङजस्ता विषयको अध्ययन पूरा गरेर स्वदेश फर्कने प्रवृत्तिले बेलायती उत्पादनमूलक अर्थतन्त्रमा असर पार्ने एक प्रतिवेदनले जनाएको छ । शिक्षामा गरिएको विस्तारले बेलायतले बढीभन्दा बढी इन्जिनियर उत्पादनका बाबजुद यो समूहमा विदेशी विद्यार्थीको अनुपात ठूलो छ, तर स्वदेश फर्कने विद्यार्थीमा उनीहरूले प्राप्त गरेको विज्ञता पनि साथै जाने खतरा सर्वाधिक ठूलो रहेको ‘डेली मिरर’ पत्रिकाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्