ठुला गाडी भनेर ‘हाउसडाइभर’ ७ महिनादेखि तलब पाएनन्


हेभी डाइभरको काम भनेर साउदी गएका तनहुँ राईपुरका नरेश्वर लम्साल हाउसडाइभरमा परेका छन् । उनीले त्यसघरमा काम गरेको पाँच महिना भएपनि तलब पाएको छैन् । उनी काठमाडौं महाराजगञ्जस्थित सिदार्थ गौतम ओभरसिजलाई  ९० हजार रुपैया तिरेर साउदी गएका थिए । ‘मसँग जिसिसिको डाइभर लाइसेन्स भएकोले साउदीमा हृयाभी डाइभर भन्ने सम्झौता भएको थियो । मासिक १२ सय रियाल र ओभरटाइमको ब्यबस्था थियो ।’ उनले भने- ‘साउदीमा आएपछि हाउसडाइभरमा परे । यसमा भएपनि काम गरिरहे । तलब अहिलेसम्म पाएको छैन् ।’नरेश्वर साउदीको राजधानी रियादबाट टाढा पर्ने अलभासिङमा काम गर्छन् । हाउस डाइभर घरेलु कामदार भित्र पर्छ । उनी भिसाको कारोबार गर्नै अब्दुल्लाजीप सालेहा दुब्लाजीन सुसानको घरमा डाइभर हुन् । उनका अनुसार सुसानले नेपाल, बंगालादेश र भारतबाट कृषि, उँट हेर्ने, बाख्रा चराउने काममा आउने भिसाको कारोबार गर्नेछन् । ‘मलाई पठाउने म्यानपावरलाई पनि सुसानले नै भिसा दिने गर्छ’, उनले भने-‘त्यसकारण मैले आफ्नो गुनासो राखेपनि सुनुवाई हुन सकेको छैन् ।’उनीसँगै आएका लिलाबहादुर क्षेत्री पनि उट चराउने काममा परेका थिए । बारम्बार त्यस म्यानपावरलाई भनेपछि हाल बाख्रा हेर्ने काममा परेका छन् । म्यानपावरका सञ्चालक तुलसीराम थापाले १५ दिनभित्र तलब दिलाईदिने बताएको दुईमहिना बितिसक्दा सम्झौता अनुसारको तलब दिएका छैन् । यस’bout बिभागले आबश्यक कारबाहीको प्रक्रिया थालेको छ ।

Posted by: Dambar Rimal                                          Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.