एस.डि.एफ.सी कुवेतले फुटबलको मिति नसार्ने घोषणा..


काउन्सील अफ मिनिष्ट्री
एस.डि.एफ.सी
जलिप क्याम्प

बिषय: फुटबल प्रतियोगिताको मिति नसारिने सम्बन्धमा ।

कुवैतमा अवस्थीत सम्पूर्ण खेलप्रेमी दाजुभाई तथा दिदिबहिनिहरु; ३०–१२–२०११ का दिन काउन्सील अफ मिनिष्ट्री, एस.डि.एफ.सी ले फुटबल प्रतियोगिता राख्ने ’boutमा सबैलाई विदितै भएको कुरा हो । यस फुटबल प्रतियोगितालाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी भै-रहेकोले सम्पूर्ण खेलप्रेमी दाजुभाई तथा दिदिबहिनिहरुलाई यो जानकारी गराउन चाहन्छौं कि हामी कुनै कल्चर, संघ–संस्थाको विरोधी होईनौं । बरु त्यहि समाज, त्यहि कल्चरलाई मध्यनजर राख्दै चलि आएको परम्परा, संस्कार र संस्कृतिको जगेर्ना गर्ने हेतुले ल्होसार पर्व र खेल पनि हाम्रो संस्कृति र परम्परा अन्तर्गत पर्ने भएकोले (जस्तो: ठेलो फल्नु, भलिबल तथा फुटबल खेल्नु, डोरी तान्नु) र नयाँ सालको पनि आगमनसंगै खेलप्रेमी दर्शक र खेलाडीहरुको मनोकांक्षालाई मध्यनजर राख्दै ल्होसार र नयाँ सालको अवसरपारी फुटबल प्रतियोगिता राखीएको हो । यो कार्यक्रम सार्नको लागी कुवैतमा अवस्थीत केहि साथीहरुबाट अनुरोध नआएको पनि होईन । तर विभिन्न संघ–संस्था, खेलप्रेमी र खेलाडी साथीहरुको अनुरोधलाई सम्मान गर्दै तोकिएको मितिमै खेल खेलाईने कुराको जानकारी पुन. गराउँदै तपाईंहरुको उपस्थीति एवं सहभागीताको लागी हार्दिक अनुरोध गर्दछौं ।

पुनश्च:
१) टिम दर्ता र टाईसिटको मिति “पूर्व सूचनामा २९ डिसेम्बर भनिएकोलाई बदल गर्दै” यही आगामी शुक्रबार, २३ डिसेम्बरका दिन अपरान्ह ३ बजे र टाइसिट पनि सोहिदिन ४ बजे एस.डी.एफ.सी. क्याम्प जलिपमा नै सार्वजनिक गरीने छ । यो पनि अवगत गराउन चाहान्छौं कि खेल ११ साईड खेल मैदानमा खेलाइईने छ ।

धन्यवाद,

आयोजक समिति,
काउन्सील अफ मिनिष्ट्री
एस.डि.एफ.सी
जलिप क्याम्प

One response to “एस.डि.एफ.सी कुवेतले फुटबलको मिति नसार्ने घोषणा..

  1. तपाई हरुको निर्णय राम्रो छ- किन खेलकुद भनेको नै हाम्रो संस्कृति परम्परा हो/-नया साल को उपलक्ष्य मा कार्यक्रम गर्नु सम्पूर्ण कुवैत बासि नेपाली दाजुभाई दिदि बहिनि हरुलाई मनोरन्जन दिनु धेरै राम्रो कुरा हो/-

    नया सालको सुभ कामना दिदै हजुरको खेलमा सफलता पूर्ण सफल होस्

    दिल बहादुर पुन
    कुवैत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.