मनोज काफ्ले ‘मनसुन‘
आज संसारमा कालो बजार छ
धनको सारमा बाँच्ने आधार छ
दु:ख मेरा कस्को तश्विरमा दुखाउँ
जति चोटपाएँ मनमा साभार छ
कहि मरेकाछन् कोहि रमेकाछन्
मानव बस्तिमा नाना प्रकार छ
छैन शान्ति फगत दुईदिन बाँच्दा
गाउँ शहरमा दिनहुँ काटमार छ
किन भुल्यौ मरुभूमिमा मनसुन ?
वहाँ आँगनमा फुलको बहार छ !!
मिति: २०६८-९-३ गते
gajal ma mithas chha.you are perfect in gajal .
Thank you Mahesh ji… gajal man paarnu bhayekoma.. sujhav sallah ko apechha gardachhu…. mansun