एकता नहुनुको पश्चताप (कथा)


आचार्य प्रभा, कोलोराडो

धनबिर राई आज किङ्कर्तब्यबिमूढ बनेर टोलाई रहेछ खाडी मुलुकको हस्पिटलको ओछ्यानमा । हरि दाहाल, अमरे बिश्वकर्मा, तिर्थ भन्डारी र जनक राजबंशी उस्का वरिपरि उभिएर उसलाई आश्वासनरुपी आँखाहरूले हेरिरहेका छन् । उ बिगत घटना सम्झिरहेछ । उस्ले काम गरेको कारखानामा अरु धेरै देशका युवकहरू काम गर्दथे । सबै देशका युवाहरू म आफै सर्वेसर्वा भन्ने ठान्दथे । धने त झन् नेपालमा छोईनसक्नु थिए । खाली जातीय भेदभावकै कुरा गरेर हिंड्दथे । उक्त ठाउँमा पनि उ प्राय एक्लै नै हुन्थ्यो । अरु नेपाली साथीहरूलाई पनि उस्ले गन्ती गर्दैनथ्यो । भनुँ, उसलाई नेपाली पनि अरु थरी मन पर्दैनथ्यो । हरि दाहाल अलिकति आफूलाई बाहुनबादकै पक्षमा ढाल्न चाहन्थ्यो । बाँकी रहे तिर्थ, अमरे र जनक उनिहरु भने जातभातका कुराबाट पर रहेर हामी सबै नेपाली हौं भन्ने भावना राख्दथे ।

एकदिन उक्त कम्पनिमा ईराकीहरूले नेपालीहरूलाई आक्रमण गरे । निहुँ भने धनेबाटै उब्जिएको थियो । उस्ले आफ्नै नेपाली साथीहरूलाई झैँ ती ईराकी युवकहरूलाई पनि बडो फुर्ती र बलको तुजुक देखाउँदै रुष्ट ब्यवहार गर्‍यो । उस्को रुष्ट ब्यवहारबाट ती ईराकी युवकहरू पनि अझ क्रोधित बनेर धनेमाथी २/४ जना नै खनिए र दिनुसम्म धुलाई दिए । यस्तो स्थितिमा धनबिर अर्धमुर्छित बने । उस्ले आफ्ना ती साथीहरूलाई गुहार माग्न पनि सकेन । उस्ले पिटाई खाइरहेकै थियो । अनायस त्यो द्रिश्य अमरे बिश्वकर्माले देख्यो र उस्ले अरु आफ्ना साथीहरूलाई गुहार्‍यो । सबैजना अत्तालिँदै उक्त स्थानमा आए ।

धनेको त्यो दुर्दशा देखेर हरिले प्याच्च भनि हाल्यो “खुब बलको तुजुक देखाउँछ । हामी बहादुर जात भन्छ । देख्यो त अरुको त बल र बहादुरीपन देखेकै रैनछ ।” बिचैमा अमरेले भन्यो “हो हो तँपाई पनि कँहा कम हुनुहुन्छ र ? जात र बर्ग छुट्ट्याउँन तँपाई बाहुन दाहाल ज्युलाई पनि कस्ले भेट्ने र ? दुवै जना आडम्बरी र अभिमानी हुनुहुन्छ आ-आफ्नो जात र अहंकारमा । यत्तिकै बिचमा तिर्थ भन्डारीले आपत्ति जनाउँदै अत्तालिएको आवाजमा भन्यो । यँहा पनि अब नेपालमै जस्तै जातभातको सिमा रेखा कोरेर “नेपाली” जातलाई नै किन बदनाम गर्छौ ? यो बेला जातभात र पुरानो कुरा सम्झेर ईखको भावना राख्ने बेला होईन । बरु चाँडै गरेर धनेलाई हस्पिटल लैजाउँ । यती हुँदाहुँदै पनि अझै २/३ जना ईराकीहरू धनेमाथी आईलाग्न आँउछन् । तिर्थ, जनक र अमरेलाई अत्ती हुन्छ र उनिहरु पनि जाईलाग्छन् ईराकिहरुमाथी । यता हरिले भने धनेलाई छेकेर सुरक्षा दिईरहेको हुन्छ ।

ईराकीहरू पनि उनिहरुको प्रहारबाट अलिक बिचलित हुन्छन् र जिल्ल पर्छन् किनकी ईराकीहरूले ती नेपालीहरूको मन पेट पाईसकेका थिए की नेपालीहरूमा धेरै जातजाति भएर एकार्कामा मेलमिलाप हुँन्नन् । उनिहरुमा एकता हुँदैन भन्ने भावनाले तिनीहरूले धनेलाई हेपेर नै आक्रमण गरेका थिए र धने लगायत ती सबै नेपालीहरूको आनिबानी र मिलाप कस्तो छ ? भन्ने उनिहरुलाई ज्ञात थियो र त तिनीहरूले त्यसरी सजिलै हेप्न सकेर जाईलागेका थिए । तर जब ती तीन नेपाली युवकहरूले पनि आफ्नो साथीलाई बचाउन बाघ झैँ हिंस्रक बनेर उनिहरुमाथी जाईलाग्दा नेपालीहरूको वास्तविक तागत र एकता देखेर उनिहरु भागेका थिए ।

उनिहरुले त्यो समयमा धनेलाई बडो आत्मियताको साथ हस्पिटल लगेर राखेका थिए । धने बल्लबल्ल तग्रिँदैछ । उस्का साथीहरुको मदत र उप्रतीको सद्भाव देखेर उ नतमस्तक छ । उस्ले बारबार सम्झिरहेछ यदि मेरा यी नेपाली साथीहरू नभए आज म यो मरुभुमीको लाश बन्ने थिएँ । बिगतमा मैले यिनीहरूलाई कहिल्यै राम्रो ब्यवहार गरिनँ । सधैं जात र भेद्भावमा नै अल्झिरहें । आखिर जँहा भएपनि जता गएनी परिवार भनेको परिवार नै रहेछ । जति जस्को मनमा निल्काँढा गढेनी मर्दा र पर्दा त त्यो काँढाको घोँचाइ पनि बिर्संदो रहेछ । आज जसरी मेरा साथीहरूले मेरो बिझाईलाई बिर्सिएर मलाई नयाँ जीवन दिए । हो आफ्नै आँगनमा भईन्जेल सम्म मात्र आफ्नो परिवार धेर हुने रैछ जब परदेश लागिन्छ अनि त को राई ? को लिम्बू ? को बाहुन ? को के ? को के ?? यस्तै सोंचमा धने मग्न हुन्छ । उस्को मौनता देखेर हरिले धनेको काँधमा हात राख्दै भन्छ । “धने के सम्झिँदै छौ ? अब पिर नगर । जे हुनु भईगयो । यी सब हुनुमा हाम्रै गल्ति छ । सधैं हामी एकापसमा मनमुटावमा नै रहन्थ्यौँ । कहिल्यै हामीले एकताको भावना जगाएनौं अरु बिदेशी सामु । एकदिन त एउटा ईराकीले मलाई सोधेको पनि थियो । तिमीहरू सबै नेपाली नै हो त ? भनेर । मैले हो, हामी सबै नेपाली नै हौं त । किन तँलाई त्यस्तो लाग्दैन ? भनेर सोद्धा त्यसले हँस्सिमा उडाउंदै भनेथ्यो “अनि तिमीहरूको एकार्काको ब्यवहार नै त्यस्तै छ त्यसैले मैले यस्तो प्रश्न गरेको नी ।” भनेर मलाई नाजवाफ बनायो । त्यसैले अब हामीले यहि घटनाबाट सिक्नु पर्दछ की जहाँ रहेपनि हामी एक भएर हामी  नेपाली जाति हौं । बस अरु हाम्रो कुनै जात छैन भन्ने भावना हामीले राख्नु पर्दछ ।

हामीमा यहि कम्जोरपन सधैं भएमा हामीलाई अरुले यसरी नै हेप्नेछ । बिचैमा अमरेले थप्यो । “हरिको घैँटोमा बल्ल घाम लागेछ । अब त फुर्तीको कुरा गर्दैनौ होला नी ? बाहुन र छेत्री भनेर ?” यसरी यी प्रवासी युवाहरू पश्चतापको आगोमा सल्किरहेका थिए । डा. आएर सबैलाई बाहिर जाने आदेश दिए । धने निरीह बनेर साथीहरू बाहिरिएको हेर्दै आफ्नो चोट लागेका अंगहरू एकएक गरेर डा. लाई देखाउँदै मायालु मुहार बनाँएर शिथिल शरीर सकी नसकी ओछ्यानमा पल्टाउँछ । अस्तु …… !!!

रचना: डिसेम्बर १३, २०११

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.