३० डिसेम्बरमा एस.डि.एफ.सी कुवेतले अन्तर नेपाली फुटबल प्रतियोगिता राख्ने


– कुवेतनेपाल एडमिन,

“कुवेतमा नेपाली सँघ-संस्थाहरुको गतिविधि तिव्र रुपमा बढ्दो, एकैदिन दुई नेपाली कार्यक्रमको आयोजना हुँदै”   

कुवेतको नेपाली भलिवल जगतमा आफ्नो बलियो पकड् बनाउन सफल जो सदा बिजेताको उपाधी चुम्ने गर्दछ “काउन्सिल अफ मिनिस्ट्री कुवेतको एस.डि.एफ.सी” टिमले यही आगामी ३० डिसेम्बर २०११ शुक्रबारका दिन, तमू ल्होछार तथा अङ्ग्रेजी नयाँ वर्ष २०१२ को पुनित आगमनमा अन्तर नेपाली फुटबल प्रतियोगिताको आयोजना गर्ने बताएको छ ।

स्मरण रहोस्, सोही दिन तमू समाज, कुवेतले पनि आफ्नो वार्षिक तथा परम्परिय पर्व “तमू ल्होछार” बृहत रुपमा मनाउँनका लागि सम्पूर्ण कुवेतवासी तमू तथा गैर तमू नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आमन्त्रणा गरिसकेको छ भने ल्होछारमा बिभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रतुत गरिने भएकोले बिगत २ महिना देखी समाज रिहर्सलमा लागि परेको समेत श्रोतले खुलाएको छ ।

काउन्सिल अफ मिनिस्ट्री एस.डि.एफ.सी कुवेतले फुटबल प्रतियोगिता सम्बन्धी कुवेतनेपाल डट कमलाई आजको मिति १८-१२-२०११ मा उपलब्ध गराएको सूचना जस्ताको तस्तै तल प्रकाशित गरिएको छ ।

————————————————————

काउन्सील अफ मिनिष्ट्री
एस.डि.एफ.सी
जलिप क्याम्प

बिषय: फुटबल प्रतियोगितामा सहभागी भईदिने ’bout ।

उपरोक्त सम्बन्धमा यहि आउँदो ३०–१२–२०११ का दिन, काउन्सील अफ मिनिष्ट्री, एस.डि.एफ.सी, जलिप क्याम्पमा तमू ल्होसार तथा नयाँ वर्ष २०१२ को पावन अवसरमा अन्तर नेपाली खुल्ला फुटबल प्रतियोगिता राखिएको हुँदा कुवैतका विभिन्न संघ–संस्था, विभाग–कम्पनिमा कार्यरत फुटबल टिमहरुको सहभागीता गराई दिनु हुन र तपाईंहरुको गरीमामय उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौं ।

फुटबल खेल, स्थान र नियमहरु:
१) फुटबल प्रतियोगिता ३० डिसेम्बर २०११ (शुक्रबार) विहान ०८.०० बजे देखि संचालन गरिने छ ।
२) टिम दर्ता शुल्क के.डी. २५/- राखिएको छ ।
३) टिमको सहभागिताको ’boutमा २५ डिसेम्बर भन्दा अगावै आयोजकलाई फोन मार्फत जानकारी गराउनु पर्नेछ ।
४) टिम दर्ता गराउने मिति आउँदो २९ डिसेम्बर अपरान्ह ३.०० बजे र टाइसिट पनि सोहिदिन ४.०० बजे एस.डी.एफ.सी. क्याम्प जलिपमा नै गरीने छ ।
५) टिम दर्ता शुल्क टिम दर्ता गराउने समयमा नै उपलब्ध गराउनु पर्नेछ । टिम दर्ता शुल्क उपलब्ध नगराउने टिमलाई टाइसिटमा समावेश गरीने छैन ।
६) प्रतियोगिता ‘खेल खेलाईने समय’ टाईसिटकै दिन टिमको सहभागीतालाई हेरेर तय गरीने छ ।
७) खेल अवधिभर रेफ्रिको निर्णय नै सर्वमान्य र अन्तिम निर्णय हुनेछ ।
८) प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमलाई खसी र ट्रफि प्रदान गरीने छ ।
९) प्रतियोगितामा भै-परि आउन सक्ने जस्तो: खेलाडीलाई हुन सक्ने चोटपटको जिम्मेवारी टिम आफैले लिनु पर्नेछ ।
१०) प्रतियोगितामा मादक पदार्थ सेवन गरी आउने खेलाडी, दर्शक जो–कोहिलाई पनि एस.डी.एफ.सि गेटबाट प्रवेश दिईने छैन ।
११) खेल सुरु हुने निर्धारीत समय भन्दा १५ मिनेट अगावै खेलको मैनेजर, टिम क्यापटेन वा प्रतिनिधिले आयोजकलाई जानकारी गराउनु पर्नेछ ।
१२) खेल हुने स्थान जलिप क्याम्प (एस.डि.एफ.सी) को खेल मैदान ।
१३) यदि कुनै कारणवस फुटबल प्रतियोगिता सर्न गएमा सम्बन्धीत टिमलाई पूर्व सुचना गरीने छ ।
१४) तोकिएको समयमा टिम उपस्थित हुन नसकेमा स्वतह: त्यो टिम खेलबाट बाहिरीने छ ।

पुनश्च:
आफ्नो टिमको सहभागीताको ’boutमा २५ डिसेम्बर २०११ भन्दा अगावै फोन मार्फत जानकारी गराउनु हुन पनि अनुरोध गर्दछौं ।

थप जानकारीको लागि सम्पर्क:
रुद्र के.सी –९९३५५१०८, अम्मर पुन –५५३१८३७८, बिपिन गुरुङ्ग –९७२६४५१३

8 responses to “३० डिसेम्बरमा एस.डि.एफ.सी कुवेतले अन्तर नेपाली फुटबल प्रतियोगिता राख्ने

  1. एस.डि.यफ.सि. कम्पनीलाई धेरै धेरै धन्यवाद । यसरी नै हुने हो खेलाडीहरुको बिकास, प्रबासमै भएपनी यसरी नै निरन्तर रुपमा अरु कम्पनिहरुले पनि बेला बेलामा प्रतियोगिताहरु राख्दै जाउन भन्ने हामी कुवेतबासी खेलडीहरुले आसा राखेको छौ । तर मेरो अनुरोध यदी मिल्छ भने हजुरहरुले यो फुटबल प्रतियोगितालाई पोष्टपोन गर्दा (सार्दा) राम्रो होला जस्तो मलाई लागेको छ । किनकी सोही दिन तमुहरुको ब्रिहत लोछार कार्यक्रम परेको र लोछारमा आम कुवेतवासी नेपालीलाई आमन्त्रण गरिएको हुँदा र खासगरी लोछारलाई सार्न नमिल्ने भएको हुँदा र फुटबल प्रतियोगिता सार्न पनि मिल्ने भएको हुँदा मैले एउटा खेलाडी अर्थात दर्शकको हैसियताले आफ्नो धारणा व्यक्त गरेको हुँ अन्यथा नसोच्नु होला । हामी सबै नेपाली हौ सबैको कार्यक्रममा हामी जानुपर्छ भाग लिनुपर्छ र मिलेर सफल पार्नुपर्छ भन्ने मलाई लागेको छ । तर तमु समाज र एस.डि.यफ.सि. दुबैको मिलेमतोमा यो हुन लागेको हो भने भन्नु केही छैन । फेरिपनी हामी खेलाडी र दर्शकहरुलाई एकैदिन एकै समयमा कसको कार्यक्रममा जाने र कसकोमा नजाने भन्ने दोधार भई रहेको छ ।

    Please cooperate to each other.

    धन्यवाद
    धर्मराज गिरी

  2. धन्यवाद । धेरै धेरै धन्यवाद ।। एस.डि.यफ.सि. कम्पनीलाई ।

  3. best time for this tournament to be postponed for a while. i know this is a good step from the organisers but coincide with loashar is difficult to cope up…

  4. Reply to all commentators Mr Dharma Raj Giri ang Mr Dinesh Gurung I hope both of you did not read the message clearly we mentioned this event which we going to organise on 30 Dec also on the occasion of LOHSAR and NEW YEAR, I think these two occasion which we going to celebrate in one vanue is a most important measure to enjoy all the Nepalese peoples of Kuwait I think this more valueable events.

  5. One suggestion to Captain Sahaab. Being a son of Gurung clan, you should have understood the theme of your community TAMU SAMAAJ, KUWAIT. Member of Tamu Samaaj , Kuwait have worked a lot and made great dedication for the success of this cultural event which is going to held on 30/12/2011. Tamu Samaaj, Kuwait is trying to play unique role to unite people of Gurung clan on the occasion of “TAMU LHOCHHAR”. Regarding the New Year 2012, it is not the important factor for Nepalese community as well as Gurung community, because this is the new year of English calendar. In comparison of this up coming New Year 2012, “LHOCHHAR” is the most important for all who belongs to Gurung clan.

  6. Guys lates have injoing your self no need to comments we have to play football and we can injoing Tamu Lhochhar and new year 2012.goahad Mr.KP sir thanks

  7. CAPTAIN KP GURUNG SAHAAB , HAMI TAMUHARUKO MAHAN CHAAD LHOCHHAR RA S.D.S.C.KO FOOTBALL PRATIYOGITA AKAI DINMA PAREKO KARANLE YO ALI UCHITH LAGENA.TASAILE YASLAI YAHI ISTHAGIT GARI ARU KUNAI DIN SARN ANURODH GARDACHU.

  8. Reply to Mr THING
    Please think before you ink, you did not went through my written, which is written in message we are going to celebrate the LOHASAR & new year 2012 to playing football game by embracing our all those Nepalese peoples who could not join the celebration in Fintas and also not been invited to celebration LOHASAR PROGRAME. So I want to give them equal opportunity to enjoy the Lohasar by playing the game, you know the game also a part of this LOHASAR celebration actual the game also should organize together with the LOHASAR in same place but due unavailability of enough place we are going to celebrate here in Jleeb Camp mainly we are going to organize this football On the occasion of Lohasar.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.