दूताबास स्थापनापछी तेश्रो महत्वपूर्ण सरकारी भ्रमण, धेरै प्रगती भएको छ दुई देशको कुट्नैतीक सम्बन्धमा


ईन्द्र भुसाल, कुवेत

मध्यरातसम्म युवा तथा खेलकुद मन्त्रीलाई भेट्घाटको लागि पर्खिनु पर्दा पनि मलाई खासै अत्यास लागेन बरु उल्टै बिगतको नेपाली समाज र नेपालीहरुले नेपाली दूताबास कुवेत नहुँदा भोग्नु परेका अनेकन समस्याहरुको सम्झना आयो । कसैले साउदी पठाउँदा पासपोर्ट हराएको काहानी त कसैले महिनौसम्म मृत नेपालीको लाश नेपाल पठाउन नसकेर त्यत्तिकै अलपत्र परेका घटनाहरु सम्झें । आजको परिबेश र कुवेतमा नेपाली दूताबास चाहिन्छ भन्ने बुलन्द आवाज सहित दोश्रो वार्षिक बनभोज कार्यक्रममा हस्ताक्षर अभियान चलाएको सम्झनाले मलाई कुवेतको मानब निर्मित ग्रिन आईल्यान्डमा फर्कायो ।

दूताबास स्थापना सँगै प्रथम महामहिम राजदूतको आगमनमा कुवेत बिमान्स्थलमा खचाखच नेपाली सँघ-संस्थाका प्रतिनिधि र नेपालीको घुईंचो त झन मष्तिस्कमा घुम्यो भने आगमन सँगै मिडियामा देखिएको बिबाद र समाधानका पाटाहरु पनि झल्झल्ती दिमागमा रिङ्गन थाले ।

माथिका घटना र गरिएका कामको लेखाजोखा किन गर्न खोजिएको भने कुवेतमा नेपाली दूताबास नहुँदा र अहिले हुँदा कती फरक छ अनी वास्तबमा कता र कसरी पुग्यो कुवेतसँगको कुट्नितिक सम्बन्ध नेपालको त्यो नै आजको नेपाली समाज कुवेत र सम्पूर्ण नेपालीहरुले बुझ्नुपर्ने बिषय हुन । दूताबास नेपाल र नेपालीको हितको लागि स्थापित हो यस्मा कुनै अपबाद नहोला तर दूताबास स्थापना पछी एउटा कुट्नितिक नियोगबाट जे-जस्तो काम गरेपनी मलाई सहयोग हुन्छ र गर्नुपर्छ भन्ने जगडीएको मानसिकता निकालेर फाल्नु जरुरी हुन्छ । म कुन देशमा छु र यो देशको कानुन कस्तो छ ? त्यो ’boutमा कुनै अनभिज्ञ छैन तर पनि बदमाशी गर्नपछी पर्दैनन् भने त्यस्तो परिस्थिती बोकेको नेपालीलाई दूताबासले के गर्ने ?

दूताबास स्थापना हुनुभन्दा पहिला तत्कालिन युबराज स्वर्गिय दीपेन्द्र कुवेत आउनु भएको र नेपालीहरुसँगको भेटमा दूताबासको स्थापनाको लागि पहल गर्ने आश्वासन दिएको अग्रजहरुबाट सुन्न सकिन्छ त्यो पछी दूताबास आउनु अगाडि नेपाल सरकारको तर्फबाट कुनै उच्च स्तरिय भ्रमण भएको थाहा भएन तर दूताबास स्थापना पछी तत्कालिन परराष्ट्र मन्त्री सुजाता कोइरालाको कुवेत आगमन भयो र कुट्नितिक सम्बन्धमा नयाँ आयाम थपियो । हरेक क्षेत्रमा उहाको भेट्घाट र दूताबासको औपचारिक उद्घाटनले नेपालको चर्चा बढी भयो भने कुवेत सरकारबाट जतासुकै भिजा बन्द गर्दा पनि नेपालको लागि कामदारलाई हमेसा खुला राख्यो । गतसाल कुवेतले आफ्नो पचासौ बर्षगाँठ मनाउँदा नेपालको तर्फबाट राष्ट्र प्रमुख राष्ट्रपती डा. रामबरण यादबको कुवेत आगमनले निकै चर्चा पायो भने त्यो ऐतिहासिक भ्रमणले कुवेत र नेपालको कुट्नितिक क्षेत्रमा मात्र होईन अन्य कोणबाट पनि सम्बन्ध निकै गाढा भएको महशुस गरायो । बेला बेलामा खेलकुदको क्षेत्रमा हुने गरेका बैठकहरुमा नेपालका खेलकुद क्षेत्रका पर्मुखहरुको निकै यात्रा हुने गरेको छ कुवेतमा जसको सफलताको लागि नेपाली दूताबासले सदा चनाखो भएर कार्य गर्दै आएको हाम्रा आँखाहरुले देखिन्छ ।

सुजातापछी राष्ट्र प्रमुख यादब अनी भर्खर नेपाल सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्री कमला रोकाको भ्रमणले दुई देशको सम्बन्धलाई अझै गहिराइमा पुराएको हुनुपर्छ । अघिपछीका भ्रमण निकै प्रचारात्मक थिए तर उहाँको भ्रमण प्रचारमै आउन नसके पनी पक्कै पनि जे मिशनमा आएको हो त्यो पुरा भएको हुनुपर्छ र मन्त्री ज्यु सँगको कुराकानिमा उहाँले स्पष्ट पनि पार्नु भएको छ कि नेपालको खेल जगतलाई ओलम्पिक कमिटीले मात्र होईन कुवेत सरकार र यहाँको खेल जगतलाई सम्हाल्ने प्रख्यात व्यक्तित्वहरुबाट समेत नेपालको खेलकुदको लागि सहयोग गर्ने पुरा भरोसा रहेको छ । यि सबै समेटिएका बिषय बस्तुहरु तब सम्भब भए कि यहाँ नेपाल सरकारको उपस्थिती छ र नियोगले आफ्नो क्षमताले सकेसम्म काम गरेको छ । एउटा नियोगबाट हुने र हुनुपर्ने कार्य भनेकै त्यही हो जसले कुनै कसर बाँकी नराखी गरेको हुनुपर्छ । हिजोको जस्तो दूताबास नहुँदाको स्तिथी भएको भए शायद कमै मात्रमा नेपाल सरकारको तर्फबाट भ्रमण हुने थिए होला अनी हाम्रो देशको सम्बन्ध त्यहीँ हुने थियो जहाँ पहिला हामी थियौ सार्क देशका भारत, पाकिस्तान अनी बङलादेश भन्दा धेरै पछाडी ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.