Daily Archives: 18/12/2011

३० डिसेम्बरमा एस.डि.एफ.सी कुवेतले अन्तर नेपाली फुटबल प्रतियोगिता राख्ने


– कुवेतनेपाल एडमिन,

“कुवेतमा नेपाली सँघ-संस्थाहरुको गतिविधि तिव्र रुपमा बढ्दो, एकैदिन दुई नेपाली कार्यक्रमको आयोजना हुँदै”   

कुवेतको नेपाली भलिवल जगतमा आफ्नो बलियो पकड् बनाउन सफल जो सदा बिजेताको उपाधी चुम्ने गर्दछ “काउन्सिल अफ मिनिस्ट्री कुवेतको एस.डि.एफ.सी” टिमले यही आगामी ३० डिसेम्बर २०११ शुक्रबारका दिन, तमू ल्होछार तथा अङ्ग्रेजी नयाँ वर्ष २०१२ को पुनित आगमनमा अन्तर नेपाली फुटबल प्रतियोगिताको आयोजना गर्ने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाली जन-सम्पर्क समिति कुवेतको “प्रेस बिज्ञप्ती”


दूताबास स्थापनापछी तेश्रो महत्वपूर्ण सरकारी भ्रमण, धेरै प्रगती भएको छ दुई देशको कुट्नैतीक सम्बन्धमा


ईन्द्र भुसाल, कुवेत

मध्यरातसम्म युवा तथा खेलकुद मन्त्रीलाई भेट्घाटको लागि पर्खिनु पर्दा पनि मलाई खासै अत्यास लागेन बरु उल्टै बिगतको नेपाली समाज र नेपालीहरुले नेपाली दूताबास कुवेत नहुँदा भोग्नु परेका अनेकन समस्याहरुको सम्झना आयो । कसैले साउदी पठाउँदा पासपोर्ट हराएको काहानी त कसैले महिनौसम्म मृत नेपालीको लाश नेपाल पठाउन नसकेर त्यत्तिकै अलपत्र परेका घटनाहरु सम्झें । पढ्नेक्रम जारी राख्नुहोस्

पत्नी पीडितहरू !!


श्रीमान् पीडित श्रीमतीकै हाराहारीमा श्रीमती पीडित श्रीमान् भेटिन थालेका छन् । कति डर, लाज र प्रतिष्ठाले बोल्न सक्दैनन्, भिन्दै कुरा ! समस्या भने चरम हुँदै गएको छ । उनी बत्तीस महिना दुबईमा बिताएर बिदामा घर फर्किए । बुढी आमा, उमेरदार श्रीमती र साना छोरा-छोरी छाडेर पैसा कमाउने आसमा खाडी मरुभूमि गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज, कुवेतले ल्होछार पर्व फिन्तासको वेडिङ् हलमा मनाउने


कुवेतनेपाल एड्मिन,

तमू समाज, कुवेतले सन् २००९ मा आफ्नो स्थापनासँगै मनाउँदै आएको तमू (गुरुङ्) जातिहरुको परम्परिय महान पर्व “ल्होछार” यस वर्ष पनि डिसेम्बर ३०, २०११ शुक्रबारका दिन कुवेतको फिन्तास वेडिङ् हलमा धुमधामका साथ मनाउने भएको छ । संयोगवश ३० डिसेम्बरमै ल्होछार तथा शुक्रबारको दिन समेत परेकोले यस वर्षको ल्होछारमा भव्य कुवेतवासी नेपालीहरुको सहभागीता रहने अनुमान गरिएको छ ।

खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने पढ्नेक्रम जारी राख्नुहोस्