भारतमा विषाक्त मदिरा सेवनबाट मर्नेको संख्या ६० नाध्यो


२९ मङसीर, भारत । विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेका संख्या ६० भन्दा बढी पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको पश्चिम वंगालमा विषाक्त मदिरा सेवनका कारण एक सय जना भन्दा वढि विरामी परेका थिए ।
पश्चिम वंगालको मग्राहत, उस्थी र मन्दिरबजारका वासिन्दाले मंगलवार मदिरा सेवन गरेपछि उनीहरु विरामी परेका थिए । विरामी मध्ये करिव ७० जनाको अवस्था गंम्भिर रहेकाले मर्नेको संख्या अझ बढ्न सक्ने डाक्टरको भनाई उदृत गर्दै भारतिय संचार माध्यमहरुले जनाएका छन् । उनीहरुको डाईमण्ड हार्बर क्षेत्रमा रहेको अस्पतालमा उपचार भईरहेको छ । विषाक्त मदिरा सेवनबाट मर्नेहरु मध्ये धेरै जसो रिक्सा चालक रहेको वताइएको छ । पश्चिम बंगाल सरकारले मर्नेहरुको परिवारलाई २/२ लाखका दरले सहयोग गर्ने घोषणा गरेको छ ।
यसैबीच नाईजेरियाको नाईजर द्धिप क्षेत्रमा एक डुङ्गा डुब्दा कम्तिमा पनि २० जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेर हिंडेको डुङ्गा बढी भार भएका कारण डुब्न पुगेको वीवीसीले उल्लेख गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.