बिरालोको सम्पत्ति एक करोड पाउन्ड


रोम/ इटालीको बिरालो विश्वको तेस्रो धनी पशु बनेको छ । बिरालोको मालिकले मर्नुअघि सबै सम्पत्ति उनलाई दिएपछि तोमासिनो विश्वको तेस्रो धनी बिरालो बनेको हो । गत महिना मालिक मारिया असुन्ताको ९४ वर्षको उमेरमा मृत्यु भएको थियो । असुन्ताको मृत्युपछि उनको एक करोड पाउन्डको सम्पत्ति बिरालोको भएको छ । उनले आफ्नो मृत्युपछि सबै सम्पत्ति बिरालोलाई दिने कागज वकिललाई गर्न लगाएकी थिइन् । जनावरप्रेमी असुन्ताले तोमासिनोलाई सडकमा भेट्टाएकी थिइन् । उनले त्यसलाई घरमा ल्याएर हेरचाह गर्न थालिन् । असुन्ताको इटालीमा थुप्रै घरसहित बैंकमा पनि ठूलो रकम छ । तर, उनका नजिकका आफन्त भने कोही छैनन् । वकिल एन ओरेचियनी र गियासिन्टो क्यानजोनाका अनुसार असुन्ताले २००९ को अक्टोबरमा नै आफ्नो सबै सम्पत्ति बिरालोलाई दिने कागज गरेकी थिइन् ।  इटालीको कानुनअनुसार कुनै पनि पशु सीधै सम्पत्तिको मालिक बन्न पाउँदैन । यसैगरी, असुन्ताले आफ्नो बिलमा सम्पत्ति कुनै भरपर्दो पशु एसोसियसनलाई दिन पनि भनेकी वकिल ओरेचियनीले बताइन् । उनले भनिन्, ‘हामीले पशुसम्बन्धी थुप्रै संस्थाबाट असुन्ताले छोडेर गएको सम्पत्तिका लागि अनुरोध गरेका थियौँ । तर, हामीले खोजेकोजस्तो कुनै पनि संस्था पाउन सकेनौँ । असुन्ताको नजिकका आफन्त कोही पनि नभएका कारण बिरालोको हेरचाह गरिरहेकी काम गर्ने स्टेफानियालाई नै सबै सम्पत्ति व्यवस्थापन गर्न दिइएको पनि वकिल ओरेचियनीले बताइन् । स्टेफानिया जनावरप्रेमी विशेषगरी बिरोलोप्रेमी भएको मार्चमा मात्र असुन्ताले बताएकी थिइन् । ‘साँच्चै भन्नुपर्दा बिरोलोलाई त्यत्रो सम्पत्तिको आवश्यकता नै छैन । ऊ त एक बटुका दूध र केही बिस्कुटमा नै खुसी छ,’ बिरालो स्याहार्ने स्टेफानिया भन्छिन् । बिरालो यतिका धनी भएको जानकारी आफूलाई पहिले नभएको पनि उनले बताइन् ।

विश्वको सबैभन्दा धनी पशु जर्मनीको सेर्फड जातको कुकर ‘गन्टर’ हो । धनी मालिक्नी कार्लोटा लेबिस्टाइनको मृत्युपछि गन्टर ९ करोड पाउन्डबारबारको सम्पत्तिको मालिक बनेको हो ।  १९८८ मा बि्रटिस एकान्तप्रेमीले आफ्नो बिरालोलाई ९० लाख पाउन्ड सम्पत्ति छोडेर गएका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.