डलर महङिगदा खुशी हुने की दुखी


यदु देबकोटा, न्युयोर्क

बिगत एक महिनादेखि अमेरिकी डलरको भाउ बढेपछि अमेरिकामा बसेर पैसा कमाउने नेपाली बंगलादेशी भारतीय र पाकिस्तानी नागरिकरुमा निकै खुशी छाएको पाईन्छ । पैसा कमाउन अमेरिका आएकाहरु अमेरिकी डलरको भाउ बढ्दा खुशी हुनु स्वभाविक पनि हो । साउन भदौमा एक अमेरिकी डलर बराबर ७० रुपैयाँ रहेकोमा अहिले ८० रुपैयाँ पुगेको छ । यसरी अमेरिकी डलरको भाउ बढेकोले अहिले अमेरिकामा  काम गर्ने तँपाई हामी साहुले एक घण्टा बढी काम दियो भने कति नेपाली रुपैयाँ कमाइन्छ भनेर हिसाब गर्नमा ब्यस्त हुन्छौ । उता नेपालमा रहेका परिवार भने महङगीको चापमा परेका छन् । साउन भदौमा ५० रुपैयाँमा पाईने सामानको मुल्य बढेर अहिले एक सय रुपैयाँ नाघेको छ । डलरको भाउ बृद्धिले आम उपभोक्ताहरु महङ्गीको चापमा परेका छन् भने सरकारको  बिगतमा लिएको ऋण कसरी तिर्ने भनेर टाउको दुःखेको छ । सरकारले बिगत २०/३० बर्ष अघि लिएको ऋण अहिले तिर्नुपर्ने हुन्छ । तिर्ने बेलामा जति जति डलरको भाउ बढ्दै जान्छ उती उती बढी पैसा तिर्नुपर्ने हुदाँ सरकारको टाउको दुःख्ने गर्दछ । यद्यपी डलरको भाउ बढ्ने क्रम भने अझ केही समय कायम रहने छ । यसले हेर्दा हामीले आगामी महिना अझ बढी पैसा पाउन सक्छौ ।  डलरको भाउ बढ्दा अमेरिकामा बसेर पैसा पठाउने ब्यक्ति तथा परिवारलाई  तत्कालको लागि फाईदा जस्तो देखिएला तर दीर्धकालमा यसले उसलाइृ पनि फाइृदा पुर् याउदैन् ।  डलरको भाउ बढ्दा नेपाली मुद्राको क्रयशक्ति घट्ने गर्दछ । नेपाली मुद्रा अन्तराष्ट्रिय बजारमा स्विकारयोग्य मुद्राको रुपमा नरहेकोले हामीले बिदेशी ब्यापारको लागि डलर खरिद गर्नुपर्छ । महङगो हुँदै गए पछि धेरै नेपाली रुपैयाँ खर्च गरेर डलर खरिद गर्नुपर्ने हुँदा बजार भाउ महंगिन्छ । डलरको भाउ बृद्धिले एकातिर स्थानिय बजारमा सामान महङगो हुन्छ भने आर्कोतिर नेपालको ब्यापार घाटामा बृद्धि हुन्छ ।  अहिले ब्यापार घाटा ३ खर्व ३० अर्व ३४ करोड पुगेको छ । भारतसँगको ब्यापार घाटा मात्रै २३।२ प्रतिशले बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । डलरको भाउ बृद्धिले यो कहालिलाग्दो ब्यापार घाटामा अझ बृद्धि हुनेछ ।

अहिले अमेरिकी अर्थतन्त्रमा सुधार भएर बिश्वब्यापी रुपमा अमेरिकी डलरको भाउ बढेको होइन्  । अर्थतन्त्रको सुधारको लागि अमेरिकी राष्ट्रपति बाराक ओवामाले ४ सय खर्वको रोजगार कार्यक्रम ल्याए पनि बजारमा सुधार भने हुन सकेको छैन् । अमेरिकी अर्थशास्त्रीहरुले अहिले अमेरिकी अर्थतन्त्र आइडल रहेको बताएका छन् । अमेरिकी अर्थतन्त्रमा सुधार नभए पनि डलरको भाउ अन्तराष्ट्रिय क्षेत्रमा नै बढ्नुलाइृ अहिले युरोपमा देखिएको आर्थिक मन्दीलाई प्रमुख कारण मानिएको छ ।  युरोपमा आएको आर्थिक मन्दीको कारणले बिश्वब्यापी रुपमा डलरको माग बढेकोले डलर महङ्गो भएको हो नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले एभरेष्ट टाईमसँग इमेलमा भने । उनले सन् २००० यताको इतिहासमा अक्टोवर २३ को भाउ सबैभन्दा उच्च भएको जानकारी पनि दिए । मुद्रास्फिती बढेपछि डलरको माग बढ्छ अनि डलरको भाउ पनि बढ्छ । अहिले युरोपमा अत्याधिक मुद्रास्फिती रहेको छ । युरोपेली संघको एक सदस्य ग्रीसबाट शुरु भएको समस्या युरोपभरी फैलन थालेको छ । युरोपमा आएको आर्थिक मन्दिले डलरको माग अन्तराष्ट्रिय बजारमा नै बढेकोले मुल्य बढेको हो । केही अर्थशास्त्रीहरुले युरोपको समस्या अझै केही लम्बिने भएकोले डलरको भाउ अझ बढ्ने बताएका छन् । अहिले नेपाली मुद्रा कमजोर भएकोले डलरको भाउ बढेको नभएर भारतीय मुद्राको कारणले डलर महङ्गो हुन गएको हो । भारतीय अर्थशास्त्रीहरुले भने डलरको भाउ अझ बढेर प्रति एक अमेरिकी डलर ५३ भारुसम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन् । अक्टोवर २३ मा एक अमेरिकी डलर बरावर ५०।०६ भारु रहेको थियो । नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर बिनिमय दर भएकोले डलरको भाउ अझ बढ्ने निश्चितजस्तै रहेको छ । यसले नेपालमा अझ महंगी बढ्ने देखिन्छ । बं।सं। २०४९ सालदेखि नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको बिनिमय दर भने स्थिर रहेको छ । बि। सं २०४९ सालमा एक सय भारु बरावर १६० नेपाली रुपैयाँ निर्धारण गरिएकोमा अझैसम्म पनि त्यो कायम नै रहेको छ ।  सन् २०००को अक्टोवर २३ मा अमेरिकी डलर एकको बिनिमय दर ७३ रुपैयाँ ८५ पैसा थियो भने २००७ अक्टोर २३ मा ६४ रुपैयाँ ७४ रुपैयाँ १० पैसा रहेको थियो । सन् २०११ को अक्टोवर २३ मा भने अमेरिकी डलर एकको बिनिमय दर ८० रुपैयाँ ६ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।  त्यसैगरी भारतीय रुपैयाँको हकमा पनि सन् २००० को अक्टोवर २३ मा अमेरिकी डलर एकको बिनिमय दर ४६।३८ भारु २००७ अक्टोर २३ मा ३९।५७ भारु र सन् २०११ को अक्टोवर २३ मा ५०।०६ भारु रहेको भारतीय केन्द्रिय बैंकले जनाएको छ । डलरको महंगीसँगै अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र सुनको बढेको छ र नेपाल राष्ट्र बै।sले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार अहिले अन्तराष्ट्रिय बजारमा सुनको मुल्य ४२।१ प्रतिशत र पेट्रोलियम पदार्थको मुल्य ४३।४ प्रतिशले बढेको छ ।  पेट्रोलियम पदार्थको भाउ बढ्दा औद्योगिक उत्पादन र यातायातको भाडा बढ्छ । यसले समग्र बजारलाई नै यसैको कारणले अहिले लुगाकपडा जुत्ता चप्पल जस्ता गैर खाद्य तथा घरायसी प्रयोजनका सामानहरुको मुल्य १३।३  प्रतिशतले र  दाल चामल तरकारीजस्ता खाद्यान्न समुहको मुल्य १४।४ प्रतिशले बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरको भाउ बृद्धिले नेपालले बिदेशीसँग लिएको ऋणको मात्रा बढ्ने छ । अहिले नै एक जना नेपालीको टाउकोमा जन्मदैमा १५ हजार भन्दा बढी ऋण रहेको हुन्छ । यो ऋणको मात्रामा अझ बृद्धि हुनेछ । सरकारले यो बर्ष बैदेशिक ऋणमध्ये १३ अर्व ६५ करोड ९५ करोड रुपैयाँ साँवा र ३ अर्व ८३ करोड १० लाख ब्याज गरी ऋण तिर्न कुल १७ अर्व ४९ करोड ५ लाख रुपैयाँ छुट्टयाएकोमा त्यसमा बृद्धि हुनेछ । त्यसैगरी नेपाल बिद्युत प्राधिकरणले भोटेकोसी हाइड्रो पावरबाट उत्पादित बिजुलीको पैसा अमेरिकी डलरमा तिर्ने गरेकोले बिद्युत प्राधिकरण अझ घाटामा जाने छ ।   त्यसैगरी नेपालमा उपभोग्य बस्तुहरु ८० प्रतिशतभन्दा बढी बिदेशबाट आयातित भएकोले सबै सामानको भुक्तानी अमेरिकी डलरमा दिनुपर्ने हुन्छ । डलरको भाउ महङ्गएिकोले ब्यापारीहरुले साबिकको भन्दा बढी पैसा तिरेर अमेरिकी डलर खरिद गर्नुपर्ने हुन्छ । यसले गर्दा बजारमा महङ्गी बढ्नेछ ।    डलरको भाउ बृद्धिले नेपाल जाने रेमिटेन्समा भने केही बृद्धि हुनेछ । बिगत दुई महिनामा नै प्रति अमेरिकी डलर ६ रुपैया भन्दा बढी बढेकोले अमेरिकाबाट नेपाल जाने पैसा भने बढ्ने छ । असार मसान्तसम्म नेपालले भित्रयाएको २ खर्व ३१ अर्वको रेमिटेन्समा डलरको भाउ बढेकोले अवश्य नै बृद्धि हुनेछ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार  गत असार मसान्तसम्म दुई खर्व ५३  अर्व ५५ करोड रुपैयाँ नेपाल भित्रिएको  छ । यो रकम नेपालको चालु आर्थिक बर्षको बर्षिक बजेटको करिव ६० प्रतिशत भन्दा बढी हो । बिश्व बैंकले हालै तयार पारेको प्रतिवेदनमा नेपालको कुल  ग्रार्हस्थ्य उत्पादनमा रेमिटेन्सको मात्रा २३ प्रतिशत पुगेको छ ।  अहिले बिदेशमा रहेका ३० लाख नेपालीहरुले देशको कुल बजेटको करिव दुई तिहाई रकम नेपालमा पठाउने गरेका छन् । बैदेशिक रोजगार बिभागले दिएको पछिल्लो तथ्यांक अनुसार २०६७ साल असार देखि २०६८ साल असार मसान्तसम्म मात्रै ३ लाख ५४ हजार ७ सय १६ नेपालीहरु कामको लागि बिदेशिएका थिए ।  चार्ट सन् २००० अक्टोवर २३ देखि २०११ अक्टोवर २३ सम्म अमेरिकी डलरसँग नेपाली रुपैया र भारुको बिनिमय दर । यो अवधिमा नेपाली र भारतीय रुपैयाको बिनिमय दर भने स्थिर रहेको छ । यो नेपाल राष्ट्र बै।s र भारतीय केन्द्रिय बैंकले नेपाली र भारतीय मुद्राबीचको विनिमय दर एक सय भारु को १६० नेपाली रुपैयाँ तोकेका छन् ।

 एक अमेरिकी डलर बरावर नेपाली रुपैयाँ २००० अक्टोवर २३ मा ७३।८५ २००१ मा ७६।८५ २००२ मा ७८।५९ २००३ मा ७४।०९ २००४ मा ७४।८५ २००५ मा ७३।४१ २००६ मा ७२।८९ २००७ मा ६४।१० २००८ मा ७९।३० २००९ मा ७५।१२ २०१० मा ७१।४४ २०११ मा ८०।४१ स्रोत ः नेपाल राष्ट्र बैंक एक अमेरिकी डलर बरावर भारु २००० मा ४६।३८ २००१ मा ४८।०१ २००२ मा ४८।३७ २००३ मा ४५।३३ २००४ मा ४५।७७ २००५ मा ४५।१२ २००६ मा ४५।४० २००७ मा ३९।५७ २००८ मा ४९।२९ २००९ मा ४६।६६ २०१० मा ४४।३६ २०११ मा ५०।०६ स्रोत  रिजर्व बैंक आफ इण्डिया

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.