प्रबासमा क्लबले गरेको कामप्रति खेलकुद मन्त्री रोकाद्वारा खुशी ब्यक्त


ईन्द्र भुषाल, कुवेत

“खेलकुद मन्त्रालयलाई राजनीतिकरण र बिबादरहित बनाउने मन्त्री रोकामगरको प्रतिबद्दता”

डिसेम्बर १५ । नेपालका कुनै कलाकारहरु मात्र होईन खेलाडीहरु आउँदा पनि अग्रिम प्रचार हुने र कुवेतको बिमानस्थलमा बिभिन्न नेपाली सँघ-संस्थाहरु स्वागतको लागि भिड लाग्ने गरेको रमाईलो इतिहास ताजै रहँदा बिना कुनै सूचना युवा तथा खेलकुद मन्त्री कमला रोकामगर अचानक कुवेत आउँदा प्रबासी नेपाली जनमानस दङ्ग रह्यो । कुवेतमा हिजो सम्पन्न भएको ओलम्पिक कमिटिको बैठकमा नेपालको प्रतिनिधित्व गर्दै आफ्ना श्रीमान तथा वाईसियल अध्यक्ष गणेशमान पुन र ओलम्पिक एसोसियसनका अध्यक्ष तथा पुर्व प्रहरी महानिरिक्षक ध्रुव बहादुर प्रधानको साथमा भागलिन अचानक कुवेत आएकी युवा तथा खेलकुद मन्त्री कमला रोकामगर बिभिन्न बैठकहरुमा ब्यस्त रहनु भएको छ ।

मन्त्री रोकाले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबसँगको भेट्घाटमा क्लबले प्रबासमा नेपाल र नेपालीको लागि १२ बर्षको इतिहास बोक्दै गरेको कार्यको खुलेर प्रशंसा गर्दै क्लबले आयोजना गर्न लागेको E-SAF-C खेलको लागि नेपाल सरकारको तर्फबाट सहयोग गर्न आफुले खेलकुद मन्त्रालय लगायत सरकारसँग सक्दो चाँडो पहल गर्ने बचन दिनुभयो । कुवेतनेपाल डट कममा राखिएको “MESC परिचय” वहाँहरुलाई वितरण गरिएको थियो ।

बर्तमान नेपालको राजनीतिक परिवेश र खेलकुद मन्त्रालयमा हुने गरेको राजनीतिकरण सम्बन्धी मन्त्री मगरसँग कुवेतनेपाल डट कमले राखेको एक जिज्ञासामा बिगतका दिनहरुमा एकलौटी हुँदै गएपनी अब प्रजातान्त्रिक तरिकाले अगाडि बढ्ने र शुद्धिकरण गर्दै अगाडि लैजाने योजनामा आफु रहेको बताउँदै खेलक्षेत्रको सुधारको लागि र खेलकुदलाई मानब जीबनको स्वास्थ्यसँग जोड्दै हरेक गाबिसमा समेत खेलकुद समिति निर्माण गर्ने जानकारी दिनुभयो ।

पटक-पटक संबिधान सभाको समय बढाउँदा पनि संबिधान र शान्ति प्रकृया निष्कर्शमा पुग्न नसकेको भन्ने हाम्रो अर्को प्रश्नमा अहिले सम्पूर्ण पार्टिका शिर्ष नेताहरु अति नै सम्बेदनशील भएर लागि परेकोले थपेको समय भित्रमा संबिधान बन्नेछ र त्यो शिवाय अर्को बिकल्प पनि नभएको मन्त्रीले स्पष्ट पार्नुभयो । यस्तै, युद्दकालिन जटिल समय पार गर्दै खुला राजनीतिमा आईपुगेर मन्त्री समेत हुँदा कस्तो लागेको छ र फरक के पाउनु भयो भन्ने कुवेतनेपाल डटकमको अन्तिम प्रश्नमा अझै पूर्णरुपमा सपना पुरा नभएको र यो खुला राजनीति पनि संघर्षकै एउटा पाटो भएकोले नेपाली जनताको पूर्णरुपमा मुक्तीको लागि धेरै कार्य गर्न बाँकी रहेको मन्त्रीले बताउनु भएको छ ।

मन्त्री रोका आज बेलुकी नै नेपाल फर्कने कार्यक्रम रहेको छ भने गएको रात्री मन्त्रीसँगको भेटमा महामहिम राजदूत मधुवन प्रसाद पौडेल, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष धर्मराज गिरी, पुर्वाध्यक्ष किरण पौड्याल, सचिव ईन्द्र भुषाल, सदस्य शिला गिरी, सदस्य सरिता पौड्याल, जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली, मजदुर सँघका अध्यक्ष टिन्डुप शेर्पा, जन-जाग्रिती युवा समाजका कोषाध्यक्ष छत्र कार्की लगायत कुवेतनेपाल डट कमको सहभागीता रहेको थियो । सो अवसरमा वाईसियल अध्यक्ष तथा मन्त्रीका श्रीमान गणेशमान पुन र ओलम्पिक एसोसियसनका अध्यक्ष तथा पुर्व प्रहरी महानिरिक्षक ध्रुव बहादुर प्रधानसँग पनि कुवेतनेपाल डट कमले राम्रै भलाकुसारी गर्ने मौका पाएको थियो ।

भेटघाटका केही झलक कुवेतनेपाल डट कमको क्यामेरामा..,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.