Daily Archives: 15/12/2011

हार्दिक श्रद्धाञ्जली !!!


तमू समाज, कुवेतका कार्यसमिति सदस्य श्री केश बहादुर गुरुङ्को कर्तब्यनिष्ट पिता जिबन बहादुर गुरुङ्को ५८ बर्षको उमेरमै पोखरा नेपालमा हुन गएको असामयिक देहावसानले हामीलाई अत्यन्तै मर्माहत तुल्याएको छ ।

यस दु:खद घडीमा दिवंगत आत्मको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारमा धैर्य-धारणताको लागि प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली एवं संवेदना अर्पण गर्दछौं ।

तमू समाज, कुवेत परिवार

Advertisements

प्रबासमा क्लबले गरेको कामप्रति खेलकुद मन्त्री रोकाद्वारा खुशी ब्यक्त


ईन्द्र भुषाल, कुवेत

“खेलकुद मन्त्रालयलाई राजनीतिकरण र बिबादरहित बनाउने मन्त्री रोकामगरको प्रतिबद्दता”

डिसेम्बर १५ । नेपालका कुनै कलाकारहरु मात्र होईन खेलाडीहरु आउँदा पनि अग्रिम प्रचार हुने र कुवेतको बिमानस्थलमा बिभिन्न नेपाली सँघ-संस्थाहरु स्वागतको लागि भिड लाग्ने गरेको रमाईलो इतिहास ताजै रहँदा बिना कुनै सूचना युवा तथा खेलकुद मन्त्री कमला रोकामगर अचानक कुवेत आउँदा प्रबासी नेपाली जनमानस दङ्ग रह्यो । पढ्नेक्रम जारी राख्नुहोस्

कसम खायौ किन ??


जगन आचार्य, साउदी अरब


सँगै जिउने मर्ने कसम खायौ किन आखिर धोका दिनु नै थियो भने
बसन्तको बहार ल्यायौ किन आखिर सिसिरे तुषारो पार्नु नै थियो भने
प्रेमकि प्रतिमुर्ती बनेर आयौ किन आखिर नागिन भै डस्नु नै थियो भने
बाँच्ने अभिलाषा दिलायौ किन आखिर मृत्‍युशैयामा पार्नु नै थियो भने पढ्नेक्रम जारी राख्नुहोस्