बलिउडका चर्चित कलाकार नेपाल आउने


काठमाडौं दशरथ रंगशालामा सलमान खान र प्रियंका चोपडाको  नृत्य…

नेपाल पर्यटन वर्ष सकिनै लागेको बेला सिनेमा ‘टुरिजम’को अवधारणा खोज्न थालिएको छ । सिनेमाको माध्यमवाट पर्यटनको विकास र राष्ट्रलाई चिनाउने उद्देश्यले बिभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । यसैक्रममा, नेपालमा आउँदो अपि्रल महिनामा ‘बलिउड नाईट’ कार्यक्रम आयोजना गर्न लागिएको छ ।

बलिउडको चर्चित फिल्म कम्पनी साईबाबा टेलिफिल्मस्ले कार्यक्रमआयोजना गर्न लागेको हो । बलिउडकी चर्चित नायिका अनुष्का शर्मा र बलिउडका चर्चित कार्यक्रम संचालक रणविजयले कार्यक्रम संचालन गर्ने बताईएको छ ।

कार्यक्रममा बलिउडका चर्चित नायक सलमान खानले ‘एक्रोभेटिक डान्स’ प्रस्तुत गर्ने बताईएको छ । यस्तै, भारतीय चर्चित संगीतजोडी शंकर एसान लोय र फरान अख्तरले समेत कार्यक्रममा आफ्नो प्रस्तुति राख्नेछन् । कार्यक्रममा भारतीय चर्चित नायिका पि्रयंका चोपडा समेत उपस्थित हुने आयोजकको भनाई छ । उनले केही गीतमा आफ्नो नृत्य गर्नेछिन ।

बलिउडका अहिलेका चर्चित कलाकार जोडी रणविर सिंह र सोनाक्षी सिंहले बलिउड तड्कामा आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । बलिउड गीतसंगितका पारखीहरुका लागि बलिउड चलचित्रका चर्चित पाश्र्व गायिकाद्वय श्रेया घोषाल र ऐलिसा चेन्नाईले समेत कार्यक्रममा गीत गाउने बताईएको छ । यसका साथै, बलिउड कमेडी कलाकार वोमन ईरानी र श्रेयष तालपडेले ‘ह्युमरस याक्ट’ गर्नेछन् । यस्तै, कार्यक्रममा बलिउडका चर्चित नायक शाहिद कपुरले माईकल ज्याक्सनको डान्स गर्नेछन् । उनले, हिन्दी चलचित्रको गीतमा माईकल ज्याक्सन डान्स गर्नेछन् ।

कार्यक्रममा अन्य बलिउडका सुपरस्टारहरु पनि आउने छन् । जहाँ, भारतीय चर्चित नायक जोन ईव्राहिम, अर्जुन रामपाल र ऋतेष देशमुखले आफ्नो विशेष प्रस्तुति राख्ने बताईएको छ । कार्यक्रमको अन्त्यमा बलिउड ‘डान्सर क्वीन’ माधुरी दीक्षितले केही उनी अभिनित सिनेमाका चर्चित गीतमा नृत्य गर्नेछिन् । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा यो कुराको जानकारी गराईएको हो । कार्यक्रममा थट वेभ मिडियाका प्रमुख क्लिस सालुङ्खे, व्यवसायी धिरज रैना, भारतीय सेन्सर वोर्डका अजिके देसाई र व्यवसायी छत्र भट्ट लगायतका व्यक्तिहरु उपस्थित थिए । यो कार्यक्रम नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा हुन लागेको हो ।

कार्यक्रममा नेपाली सिनेमाका चर्चित निर्देशकहरु तुलसी घिमिरे, नारायण पुरी, नरेश पौड्याल लगायतका व्यक्तिरुको समेत सहभागिता थियो । कार्यक्रममा बोल्दै नेपाली सिनेमाका निर्देशकहरुले नेपालमा यस्तो कार्यक्रम गर्नका लागि सुरक्षाको प्रत्याभुति हुनुपर्ने सल्लाह दिएका थिए ।

Posted By: Narayan Nepal

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.