नेपालकी युवा तथा खेलकुद मन्त्री ‘कमला रोका’ कुवेतमा


जय आले, कुवेत 

डिसेम्बर १४ । नेपालकी युवा तथा खेलकुद मन्त्री कमला रोकामगर ओलम्पिक एसोसियसन नेपालका अध्यक्ष तथा पुर्व प्रहरी महानिरिक्षक ध्रुव बहादुर प्रधान र माओबादी युवा नेता तथा वाईसियल अध्यक्ष गणेशमान पुनको साथमा तिन दिने भ्रमणमा कुवेत आउनु भएको छ । वहाँहरु कतार एअरको फ्लाईटबाट हिजो राती ११.०० बजे कुवेत आईपुग्नु भएको हो ।

मन्त्रीको स्वागतार्थ कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेल कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल पुग्नु भएको थियो । श्रोतकाअनुसार, वहाँ कुवेतमा आज हुने ओलम्पिक सँघको बैठकमा सहभागीता जनाउन नेपालको प्रतिनिधित्व गर्दै आउनु भएको हो ।

मन्त्रीसँग आएका माओबादी युवा नेता तथा वाईसियल अध्यक्ष गणेशमान पुन मन्त्री रोकाका श्रीमान हुनुहुन्छ । वहाँहरुको आज कुवेतका खेलकुद मन्त्री, ओलम्पिक सँघका अध्यक्ष लगायत राज परिवारका सदस्यहरुसँगको भेटघाट कार्यक्रम रहेको श्रोतले जनाएको छ । भोली बिहान ११.०० बजे नेपाली दूतावास कुवेतमा गैर-आबासिय नेपाली संघ लगायत खेलकुद क्षेत्रका ब्यक्तित्वहरुसँग वहाँहरुको छोटो भेटघाट कार्यक्रम रहेको पनि बताईएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.